पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कारागार जुम्लाका कैदीबन्दी हातमा धागो र सुइडा समातेर बसेका हुन्छन् । कारागारमा २ महिला र ८६ पुरुषसहित ८८ कैदीबन्दी रहेका छन् ।
पुरुष कैदीबन्दीले स्वीटर र मोजा बनाउने काम गरेका छन् । घरपरिवार र आफ्ना लागि उनीहरूले स्विटर र मोजा बनाउने गरेका हुन् ।
सजाय भोग्न कारागार आएका उनीहरू सीपयुक्त भएर घर फर्कंदै छन् । ८८ मध्ये झण्डै १ दर्जनभन्दा बढीले स्वीटर र मोजा बुन्ने काम गरेका छन् । परिवार भेट्न आउनेलाई उनीहरूले खाली हात फर्काउँदैनन् ।
कोही स्वीटर बुनिरहेका, केही टोपी र सल बुन्दैमा दिन बिताउने गरेका छन् । कैदी जीवनलाई मेहनतसँग साटेका उनीहरूसँग भेट्न आएका आफन्तलाई समय दिने फुर्सदसमेत छैन ।
जिल्ला कारागार जुम्लाभित्र बुनेका मोजा, स्वीटर तथा अन्य सामान जिल्लामै सबैभन्दा राम्रो र बलियो मानिन्छ ।
उत्पादित स्थानीय उत्पादन जिल्लाको सदरमुकाम जुम्लामा मात्र प्रयोग हुने गरेको जिल्ला कारगार जुम्लाले जनाएको छ । कारागारमा रहेका कैदीबन्दीले मोजा, स्वीटर तथा अन्य सामान बुनेर आयआर्जन गर्न थालेको कैदी दलबहादुर कार्कीले बताए । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका कारगारका कैदीबन्दीले फुर्सदको समयको सदुयोग गर्दै मोजा, स्विटर बिक्री गरी आत्मनिर्भर बन्दै आएको कार्कीले जानकारी दिए ।
कागारामा बुन्दै आएका सामानहरू बिक्री गर्ने उचित बजार व्यवस्थापन नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । ८०० रुपैयाँसम्म बेचिने सामानहरू ३ सयदेखि ५ सयसम्म बेच्न बाध्य भएको उनको गुनासो छ ।
कारागारमा कैदीबन्दीलाई घरेलु लगायतका सरोकारवालाले तालिमको व्यवस्था गरिदिएको नयाँ मोडलका सीपहरू सिक्ने अवसर हुने कैदी टेकजंग हमालको भनाइ छ । तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णुमाया बुढाले कारागारमा बसे पनि सीप सिकेपछि बाहिर निस्कँदा आफ्नै खुट्टामा उभिन सकिने बताए । जिल्ला कारागार जुम्लामा ढाका उद्योग जरुरी भएको भन्दै सबै स्थानीयसँग समन्वय गरेर खोल्न सकिने उनले बताए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...