×

NMB BANK
NIC ASIA

प्रमाण ऐनमा ‘डाइङ डिक्लेरेसन’को नयाँ शब्द ‘मृत्युकालीन घोषणा’

मंसिर २४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

व्यक्तिले मृत्युपूर्व व्यक्त गरेको कुरालाई प्रमाणमा लिन सकिने प्रमाण ऐनको दफा ११ का केही शब्द हेरफेरसहित प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले प्रमाण ऐन दोस्रो संशोधन विधेयक पारित गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएको विधेयक शब्दावलीमा सामान्य संशोधनसहित समितिबाट पारित भएको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमाण ऐन २०३१ को दफा ११ मा ‘कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस् छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ’ भन्ने उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

यो व्यवस्थालाई प्रमाण ऐनमा ‘मरेको व्यक्तिले होस् छँदै व्यक्त गरेको कुरा’ भनिएको थियो । 

Vianet communication
Laxmi Bank

सरकारले राष्ट्रिय सभामा पेश गरेको संशोधन विधेयकमा ‘मृत्युकालीन उद्घोषण’ भनेर प्रस्ताव गरिएको थियो । 

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘डाइङ डिक्लेरेसन’ लाई २०७६ असाार २० गते शब्द फेरेर ‘मृत्युकालीन अभिव्यक्ति’ भनेर विधेयक पारित गरेको थियो । 

‘डाइङ डिक्लेरेसन’को व्याख्यामा राष्ट्रिय सभाको समितिले पारित गरेको दफामा लेखिएको छ, ‘कुनै व्यक्तिले आफू मर्न लागेको अवस्थामा मृत्यु हुनुअघि होस् छँदै निजको मृत्युको कारण सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ ।’ 

प्रतिनिधि सभाको कानून समितिले भने ‘डाइङ डिक्लेरेसन’ लाई ‘मृत्युकालीन घोषणा’ भनेर नामाकरण गरेको छ । 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु सम्बन्धमा ‘मृत्युकालीन अभिव्यक्ति’बारे व्यापक चर्चा भएको थियो । 

पुडासैनीले सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाको नाम लिएपछि उनीहरूले केही दिन प्रहरी हिरासतमा बिताउनु परेको थियो ।

लामिछाने लगायत ३ जनासम्बन्धी मुद्दा जिल्ला अदालत चितवनमा विचाराधीन छ ।

मुलुकी अपराध संहितामा रहेका समस्याबारे कार्यदल गठन गर्न सुझाव

समितिले मुलुकी अपराध संहितामा भएका समस्याबारे समय सापेक्ष सुधार र संशोधनका लागि कानून ल्याउन सरकारलाई सुझाव पनि दिएको छ । 

उपप्रधान एवं कानून मन्त्री उपेन्द्र यादवलाई कार्यदल गठन गरेर संशोधन विधेयकमार्फत संहितामा समयानुकूल सुधारका लागि आग्रह गरिएको समिति सभापति पोखरेलले जानकारी दिए । 

फौजदारी संहिता कतिपय प्रावधानका विषयलाई लिएर चिकित्सकहरूले आन्दोलन गरेका थिए । 

चिकित्सकको आन्दोलपछि उनीहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपनि ऐन संशोधन भने भएको छैन ।

यीलगायत अन्य क्षेत्रका सरोकार समेट्ने कार्यदल गठन गर्न सुझाव दिइएको पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x