हृदयघातका कारण वडा सदस्यको मृत्यु

तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ ।

वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोख्रेलको उपचारका लागि दमौली अस्पतालमा पु¥याउने वित्तिकै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।


Advertisement

'बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा प्रवेश गर्ने तरखर हुँदै थियो,' ब्यासनगरपालिका—१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भने, 'कुर्चीमा बस्नु भएका पोख्रेल अकस्मात बेहोस हुनुभयो । वडा सदस्य पोख्रेल शुरुदेखि नै प्रेसर र दमको समस्या रहेछ ।'

 


Advertisement

कमेन्ट गर्नुहोस्