×

NMB BANK
NIC ASIA

वन आयस्रोतको माध्यम बनेपछि सरकारको आँखा लाग्यो - उपभोक्ता

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तीनै तहको सरकारले सामुदायिक वनमाथि लगाइएको करको विरोधमा धनगढीमा विरोध प्रदर्शन भएको छ ।

Muktinath Bank

सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशले सोमबार धनगढीमा विरोध प्रदर्शन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विरोध ¥यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वन तथा पर्यावरण संरक्षण गरेबाफत राज्यले सामुदायिक वनलाई सम्मान गर्नुको सट्टा मनपरी रुपमा करैकर थोपारेको आरोप लगाइन् ।


Advertisment
Nabil box
Kumari

तीनै तहको सरकारलाई कर बुझाउनु पर्ने बाध्यकारी व्यवस्थाको अन्त्य नगरे कडा आन्दोलन देशव्यापी रुपमा चर्काउने समेत उनले चेतावनी दिइन् ।

Vianet communication
Laxmi Bank

संघीय सरकारले १५, प्रदेश सरकारले १५, स्थानीय तहले १० देखि १५ प्रतिशत, मूल्य १३ प्रतिशत अभिवृद्धि कर र २५ प्रतिशत आयकर तिर्नु बाध्यकारी व्यवस्था थोपारिएको बताउँदै उनले तीनै तहले लगाएको तेहोरो कर प्रणालीलाई खारेज गरेर एकद्धार प्रणालीमा लैजानुपर्ने माग गरिन् ।

‘जब तपाई उपभोक्ताहरु वन हरियाली बनाउनुभयो । जब वन आयस्रोत बन्यो । तबदेखि सरकारको आँखा लागेको छ । के गरेको छैन सामुदायिक वनले ? सामुदायिक वनको आम्दानीको ३५ प्रतिशत गरिब, विपन्नमाथि लगानी लगाएको छ । २५ प्रतिशत वन विकास कोषमा र ४० प्रतिशत विकासमा खर्च गरेको छ’, उनले भनिन्, 'कुन सरकारले कति राजश्व उठाउने भन्ने प्रतिष्ठाको लडाईको मारमा वन उपभोक्ता परेका छौ ।’

त्यस्तै, महासंघका केन्द्रीय सदस्य ठाकुर भण्डारीले सामुदायिक वनले मात्रै वन जोगिएको बताउँदै सरकारले ल्याएको वैज्ञानिक वन व्यवस्थापनको नाममा वनको विनाश मात्रै भएको दाबी गरे ।

विरोध सभामा महासंघका केन्द्रिय सदस्य मोहमद कर खाँ, कमला बिष्ट, धर्मनन्द कुँवर, नेत्रप्रसाद खनाल, वसन्ता संरक्षित वनका अध्यक्ष पुष्कल बमलगायतले बोलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x