इजरायली नियोगसँग ऊर्जामन्त्रीको आग्रहः ऊर्जामा लगानीका लागि प्रेरित गरिदिनुस्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले  नेपालमा लगानीका लागि आह्वान गरेका छन्।

ऊर्जा मन्त्री पुन र इजरायली विकास नियोगका प्रमुख गील हसकेलबीच सोमबार भेट भएको थियो। भेटमा मन्त्री पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागि प्रेरित गरिदिन आग्रह गरेका हुन्।


Advertisement

मन्त्री पुनले प्रशारण लाइन विस्तार, जलविद्युत र सौर्य ऊर्जाको विकासमा सहकार्य गर्न पनि आग्रह गरे।

भेटमा प्रमुख हसकेलले स्मार्ट ग्रीड, पावर स्टेशन र स्मार्ट सोलुशनका क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्