नेपालले सिक्ला पाठ ? ३४ वर्षीया मरिन विश्वकै कान्छी प्रधानमन्त्री

नाम : सन्ना मरिन। उमेर : ३४ वर्ष । फिनल्यान्डकी यी युवा नेतृ विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दैछिन्।

सोसल डेमोक्र्याटिक पार्टीकी उपाध्यक्ष मरिन अन्ति रिन्नेको सरकारकी मन्त्री पनि हुन्। तर, अन्तिले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उक्त दलले मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।
मरिनसँग पार्टी हाँकेको अनुभव छ।  उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टी चलाएकी थिइन्।


Advertisement

गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि  मरिनलाई सरकारको नेतृत्व गर्न पठाउनेगरी चयन गरेको छ । 

कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन्, भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षको छन्।


Advertisement

सोसल डेमोक्र्याटिक संसदीय समूहमा उनले ३७ बर्षीय अन्ति लिन्डमानलाई तीन मतले पराजित गर्दै प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गरेकी छिन्। लिन्डमानले २९ मत ल्याउँदा मरिनले ३२ मत ल्याइन्।

गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाईन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

फिनल्याण्डका राष्ट्रपति सौली निनिस्तोले मरिनलाई प्रधानमन्त्रीका रूपमा मंगलबार नियुक्त गर्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आमाले एक्लै हुर्काएकी मारिनले प्रशासनशास्त्रमा स्नातकोत्तरको अध्ययन पूरा गरेकी छिन्।  एजेन्सी

कमेन्ट गर्नुहोस्