भारतीय राष्ट्रपतिले १२ वर्ष पूरानो साथीलाई भीडमा देखेपछि...

संसारमा साथित्व यस्तो सम्बन्ध हो, जसले पद, कद र पैसाले महत्व राख्दैन। आइपर्दा साथीले हरेक पल सहयोग गर्छ भन्ने गरिन्छ।  यस्तै एउटा दृष्य सोमबार भारतमा देखिएको छ। 

भारतीय राष्ट्रपति रामनाथ कोविन्द एक कार्यक्रमका लागि जाँदै थिए, भीडमा  १२ वर्ष  पूरानो साथीलाई देखे र चिनिहाले। र, तत्काल अधिकारीहरुलाई आदेश दिए, ‘उनलाई बोलाएर ल्याउ र मञ्चसँगै कुर्सीमा बस्न लगाए।


Advertisement

रामनाथ ओडिशाको राजधानी भुवनेश्वरमा उत्कल विश्वविद्यालयको जयन्ती समारोहमा भाग लिन पुगेका थिए।  उनले त्यहाँ आफ्ना साथी तथा ओडिशाका पूर्वराज्यसभा सदस्य वीरभद्र सिंहलाई देखेका थिए।

रामनाथ  आफ्नो पोर्टकल बिर्सेर साथीलाई बोलाउन  केन्द्रीय मन्त्री ध्रमेन्द्र प्रधानलाई पठाएका थिए। र, कार्यक्रम समाप्त भएपछि दबैले भेटेर कुराकानी गरेका थिए। अनि तस्बिर पनि खिचाए।
 


Advertisement

कमेन्ट गर्नुहोस्