×

NMB BANK
NIC ASIA

संसद्भित्रै यौन हिंसा, यस्तो छ कहानी

मंसिर २४, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्तः गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’

Muktinath Bank

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी । उनले संसदभित्रै आफूहरूमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौनहिंसा भएको छ तर इज्जतको डरले सहन बाध्य छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँपिसएर ‘हग’ गर्ने गरेको उनले दावी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले भनिन् । 


Advertisment
Nabil box
Kumari

पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद् भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकोमा उनले उनासो गरिन् ।

Vianet communication
Laxmi Bank

‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौं,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन्, ‘हामी उनीहरूलाई सम्मान गर्छौं, सम्मानस्वरूप हात मिलाउने बानी छ । मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ, तर उनीहरूले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् ।’

उनले शिक्षित महिला पनि यौनहिंसाबाट पीडित बन्नुपरेको बताइन् । ‘यो उमेरमा, यो अवस्थामा आउँदा पनि किन यस्तो ?,’ भावुक बन्दै उनले प्रश्न गरिन्, ‘अनावश्यक मान्छे, बिनाकाम हामीलाई छुन आउँछन् । हामीलाई किन छुने भन्ने मेरो जिज्ञासा हो । हामीले राम्रोसँग हिंसा भएको अनुभव गरेका छौं तर भन्न भएन, भन्नैपरे पनि कोसँग कहाँ गएर भन्ने ? मौन बस्नुको अर्को कुनै विकल्प छैन ।’ यौनहिंसा र महिला हिंसा गर्ने यस्ता पुरुष सांसदविरुद्ध महिला सांसदले एक भएर आवाज उठाउनुपर्ने उनले बताइन् ।

पुरुष सांसदहरू बोल्ने क्रममा पनि जिस्किएर, हिंसात्मक रूपमा प्रस्तुत हुने गरेको अरू महिला सांसदले गुनासो गरे । ‘पुरुष सांसद हामीसँग बोल्दा सांसदको हैसियतभन्दा फरक ढंगले बोल्छन्,’ अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्ने, गफ गरेर बसेका छौं भने जिस्किँदै रफ शब्द बोल्ने, पुरुषले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’

उनले पनि यौनहिंसाविरुद्ध खुलेर सदनमै बोल्नुपर्ने बेला आएको बताइन् । ‘हामीले यौनहिंसा, महिला हिंसा सहनु हुँदैन भनेर आवाज उठायौं, महिला अधिकारको विषयमा लामो समयसम्म संघर्ष गर्‍यौं,’ उनले भनिन्, ‘ज्यान जोखिममा राखेर लड्यौं पनि । पहिलो पटक सदनमा पाइला टेक्दा स्वयं यौनहिंसामा परेका छौं ।’

आफूमाथि भएका हिंसाबारे बोल्न नसक्ने कमजोरीको फाइदा पुरुष सांसदले उठाइरहेको उनीहरूको बुझाइ छ । कैयौं पढेलेखेका, बुद्धिजीवी भनिने महिला पनि यौनहिंसाको सिकार बनेको उनले दाबी गरिन् । ‘बाहिर प्रस्तुत हुन नसकेका मात्र हुन्, उनीहरू दिनानुदिन सहकर्मीबाट हिंसा सहन बाध्य छन्,’ उनले थपिन् ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले राजनीतिक पार्टीले नै विभेद गरेको बताइन् । ‘हिजोका दिनमा बुझेर वा नबुझेर महिला अधिकारको विषयमा लडाइँ गर्‍यौं,’ उनी भन्छिन्, ‘अधिकार पायौं भनेर खुसी भयौं तर आफैंले कार्यान्वयन गर्न सकेनौं । अब हामीले अधिकार कार्यान्वयनका लागि लड्नुपर्छ ।’

गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिला र पुरुषप्रति गरिने व्यवहार फरक रहेको बताइन् । ‘महिलालाई हेरिने दृष्टिकोण बदल्न जरुरी छ,’ उनको भनाइ छ, ‘संसदीय अभ्यासमा निगरानी गर्न नसके महिला अघि बढ्न सक्दैनन् ।’ उनले महिलाले केही बुझ्दैनन् र जान्दैनन् भन्ने भ्रम हटाउनुपर्ने बताइन् ।
 

कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x