×

NMB BANK
NIC ASIA

भ्रमण वर्ष लक्षित ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरू गरिएको छ ।

Muktinath Bank

‘भिजिट नेपाल २०२०’ मा धेरैभन्दा धेरै पर्यटकलाई काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भित्र्याउन नगरपालिकाले विभिन्न योजना ल्याउने तयारी थालिसकेको पनौती पर्यटन विकास समितिले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन विकास समितिको आयोजनामा भएको बैठकमा पर्यटन वर्ष केन्द्रित पनौतीको चिनारीसहितको ब्रोसर र पर्यटन गाइडबुक निकाल्ने तयारीमा नगरपालिका योजनाका साथ अगाडि बढेको जानकारी दिइएको हो ।


Advertisment
Nabil box
Kumari

नगर भ्रमणका लागि आउने पर्यटकले पनौतीको सांस्कृतिक सम्पदा, ऐतिहासिक, धार्मिक, भौगोलिक वातावरणीय अवस्थासहित त्यहाँका सबैखाले सम्भावना रहेको विषयमा उक्त गाइडबुक र ब्रोसरबाट धेरै जानकारी लिन सकिनेगरी निकाल्ने तयारीमा रहेको नगरप्रमुख भीम न्यौपानेले बताए। 

Vianet communication
Laxmi Bank

पनौती पर्यटन विकास समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले यही महिनाको अन्तिमसम्ममा ती सामग्री तयार भइसक्ने जानकारी दिए। 'नगरपालिकाले नगरभित्रका सबै वडामा रहेको पर्यटन सम्भावित क्षेत्र वा भूगोलको पहिचान गरी गाइडबुक र पनौतीको चिनारी ब्रोसरमा समेट्ने गरी आवश्यक तयारी गर्दैछौँ', उनले भने, 'जसले गर्दा पर्यटकले एउटा गाइडबुक वा ब्रोसर अध्ययन गरेकै भरमा पनौतीको बारेमा सबै जानकारी लिन सकोस् ।'

गाइडबुकमा सकेसम्मको जानकारी सङ्कलन गरेर समेट्ने तयारीमा रहेको र यसै महिनाको अन्त्यसम्ममा ब्रोसर र गाइडबुकमा पनौतीमा प्याराग्याइडिङ, पदमार्ग, साइक्लिङ, हाइकिङलगायत पर्यटन सूचना केन्द्र तथा नगरभित्र सञ्चालनमा रहेका विभिन्न जात्रा, सांकृतिक सम्पदाका बारेमा जानकारी दिनेलगायतका जानकारीमूलक सन्देश समावेश हुने समितिले जनाएको छ ।

पर्यटन विकास समितिको छलफलमा नगरप्रमुख न्यौपाने, उपप्रमुख गीता बन्जारा, वडा नं ५ का अध्यक्ष श्रीधर उपाध्यय, वडा नं ११ का अध्यक्ष तारामान लामा, वडा नं १२ का अध्यक्ष ईश्वार जङ्गम, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलगायत पर्यटन क्षेत्रका विज्ञको उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x