पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा

पल्सर डेयर भेन्चरका राइडर्सले नेपाल र बंगलादेशबीच भएको फूटबल खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् ।

पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।


Advertisement

पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ रियालिटी शो हो र यसको सफलतापूर्वक ३ वटा सिजन सकिसकेको छ र चौथों सिजन शुरू भएको छ, जुन एपी१ एचडी टीभीमा हरेक शनिवार राति ९ बजे प्रसारण हुँदै आइरहेको छ ।

पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी शो मात्र नभएर यसले राइडरहरूलाई एउटा नम्र र सम्मानित नागरिक बन्नका लागि कौशल र अनुशासन विकास गर्न सहयोग गरेको छ । सरसफाईको प्रयास जहाँ कहीँ जुनसुकै बेला कायम गर्नुपर्ने अनुशासन कौशल मध्येको एउटा पाटो हो ।


Advertisement

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र अधिकृत वितरक सदैव आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको हिस्साको रुपमा ग्राहकको हितका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

नेपालले दक्षिण एसियाली खेलकुद २०१९ आयोजना गरिरहेको छ, जहाँ ७ देशका सहभागी द्विवार्षिक बहुखेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले तेस्रो पटक दक्षिण एसियाली खेलकुद आयोजना गरेको हो ।
पल्सर डेयर भेन्चरका राइडरहरूमध्ये एक जना राइडरले आफ्नो भावना व्यक्त गर्दै भने, ‘हामी जथाभावी फोहोर फाल्नुहुन्न भन्ने कुरामा ज्ञात छौं तर पनि जथाभावी फोहोर फाल्छौं । यो पहलसँगै हामी उचित स्थानमा मात्र फोहोर फाल्नुपर्छ भन्ने जनचेतना फैलाउन चाहन्छौं र सम्पूर्णलाई यो पहल आफैंबाट र आजैबाट शुरू गर्न अनुरोध गर्न चाहन्छौं ।’

कमेन्ट गर्नुहोस्