माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
काठमाडौंका सञ्जय विष्टले हालसालै खरिद गरेको प्रदेश ३ प ०२– ००८ प २५९ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल यही मंसिर ७ गते ललिपुरको कुपन्डोल क्षेत्रबाट चोरियो ।
बैंकमा काम परेपछि उनले त्यहाँनजिकै पार्किङ गरेका थिए । १० मिनेट बैंकभित्र भुले । बाहिर निस्किँदा उनको नयाँ मोटरसाइकल राखेको ठाउँमा थिएन ।
विष्टले तत्कालै महानगरीय प्रहरीको अस्थायी प्रहरी बिट कुपन्डोलमा खबर गरे ।
उजुरी प्राप्त भएलगत्तै महाशाखाअन्तर्गत चोरी शाखाका प्रहरी सादा पोशाकमा खटिए ।
प्रहरीले बाइक चोरी भएको स्थान नजिकको सीसीटीभी फूटेज मगाएर हेर्यो । दिउँसो ३ बजेको समयमा एक युवकले बाइकको लक फोरेर चोरी गरेको फूटेजमा देखियो, तर चोर्ने व्यक्तिको अनुहार भने पहिचान भएन ।
प्रहरीले उपत्यकाबाट बाहिरिने नाकाहरूमा निगरानी बढायो । सबै नाकामा प्रहरीलाई अलर्ट राखियो ।
यसबीचमा मंसिर ९ गते बिहान ८ बजे महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नम्बरमा एउटा फोन आयो ।
फोन गर्ने व्यक्तिले भने– ‘सानेपाको गल्लीमा २२० सीसीको पल्सर मोटरसाइकल हिजोेबाट शंकास्पदरूपमा पार्किङ गरेर राखिएको छ । लिन कोही पनि आउँदैन ।’
तत्कालै सादा पोशाकमा प्रहरी परिचालन भयो ।
कुपन्डोलबाट चोरिएको बाइक हुनसक्ने शंका प्रहरीलाई थियो किनकी यसअघि पनि कतिपय बाइक चोरेर उपत्यकाबाहिर लैजान राजधानीमै केही दिन पार्किङ गर्ने गरेको जानकारी प्रहरीलाई थियो ।
प्रहरी सहायक निरीक्षक (सई)सहित ३ जना फोनमा बताइएको लोकेसन पछ्याउँदै सानेपा पुगे ।
कुपन्डोलबाट चोरिएको पल्सर बाइक त्यहीँ थियो ।
प्रहरी तत्काल त्यो बाइक नियन्त्रणमा लिनुभन्दा बाइक लिन आउने मान्छे कुरेर बस्यो ।
दिनभरी कोही आएन, रात पनि यसै बित्यो । यो सिलसिला ३ दिन २ रातसम्म जारी रह्यो । प्रहरी कुरेरै बस्यो किनभने प्रहरीलाई बाइक मात्र नियन्त्रणमा लिनु थिएन, चोरलाई पनि समाउनु थियो ।
तेस्रो रात एक युवक बाइक लिन आए । बाइक स्टार्ट गर्न नपाउँदै प्रहरीले ती युवकलाई नियन्त्रणमा लियो ।
प्रहरीको नियन्त्रणमा परेका युवक थिए, बारा कोल्हबी नगरपालिका– १ का २७ वर्षीय प्रमोदकुमार पनुहर ।
मंसिर ११ गते पक्राउ परेका प्रमोदले प्रहरीसँगको बयानमा आफूले बाइक तराईसम्म पुर्याउने जिम्मा मात्र पाएको बताएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी साहयक निरीक्षक रमेश बजगाईंले लोकान्तरलाई जानकारी दिए ।
प्रमोदको बयान उद्धृत गर्दै बजगाईंले लोकान्तरसँग भने– ‘उसले बाइक चोरी गर्ने १ जना, बाइक तराइसम्म पुर्याउने १ जना र बिक्री गर्ने अर्कै हुन्छन्, म त बाइक पुर्याउने मात्र हो भन्ने बयान दिएको छ ।’
आफूलाई प्रहरीले पहिलोपटक नियन्त्रणमा लिएको भन्दै प्रमोदले घमण्ड पनि गरे । आफ्नो हातमा बाइक परेपछि हत्तपत्त प्रहरीको हात नलाग्ने अनुभवसहितको जिकिर उनको थियो ।
चोर्ने र नाका कटाउनेलाई १५/१५ हजार !
यसरी चोरिएका बाइक चोर्ने र निधारित गन्तव्यमा पुर्याउने दुवैले १५/१५ हजार रूपैयाँ पाउने गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।
‘बाराका प्रमोदकुमार पनुहर र पाँचखालका भीष्म घतानीले आफूहरूले बाइक चोरेर तराईसम्म पुर्याएबापत उक्त रकम पाउने गरेको बयान दिएका छन्,’ बजगाइँले भने ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा लिई मंसिर ११ गते सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएका थिए, बारा कोल्हबी नगरपालिका–१ का प्रमोदकुमार पनुहर, बाजुराको हिमाली गाउँपालिका– १ का १९ वर्षीय सुरेन्द्र मल्ल र काभ्रे पाँचखाल नगरपालिका ११ का २३ वर्षीय भीष्म घतानी ।
४ महिनामा हराए ५ सय ५४ मोटरसाइकल !
महानगरीय ट्राफिक प्रहरी महाशाखामा पछिल्लो ४ महिनामा ५ सय ५४ वटा मोटरसाइकल चोरीको उजुरी परेका छन् । यो चालू आर्थिक वर्ष २०७६/०७७ को अघिल्लो ४ महिनाको तथ्यांक हो ।
यसमध्ये १ सय ४७ वटा मोटरसाइकल चोरीसम्बन्धी उजुरीलाई प्रहरीले अनुसन्धानमा अघि बढाएको छ ।
पछिल्लो ४ महिनाको अवधिमा ९६ वटा मोटरसाइकल भेटेर धनीलाई बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमदत्त ढकालले लोकान्तरलाई जानकारी दिए ।
‘यसबीचमा १४ वटा मोटरसाइकलसहित २८ जना चोरलाई कारवाहीका लागि पठाएका छौं,’ ढकालले भने ।
बर्सेनि बढ्दै चोरी
मोटरसाइकल चोरीको समस्या बर्सेनि बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ३ सय ८२ मोटरसाइकल हराएका उजुरी महाशाखामा परेका थिए । जसमध्ये ३ सय ७६ मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो भने २ सय ५१ मोटरसाइकल खोजेर सवारी धनीलाई जिम्मा लगाएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ६ सय ११ मोटरसाइकल हराएको उजुरी परेका थिए, जसमध्ये ३ सय ६५ मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो । १ सय ८९ मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाएको प्रहरीको तथ्यांक छ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...