×

NMB BANK
NIC ASIA

आयातित तरकारी निरुत्साहित गर्दै नगरपालिका

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रामपुर नगरपालिकामा बुटवल, भैरहवालगायतका विभिन्न बजारबाट ठूलो परिमाणमा तरकारी भित्रने गर्छ । बाहिरबाट विषादी प्रयोग गरिएका तरकारी भित्रन थालेपछि स्थानीय उत्पादनले बजार पाउन सकस परेको छ ।

यसलाई मध्यनजगर गर्दै नगरपालिकाले बाहिरी बजारबाट भित्रने तरकारीमा निरुत्साहित गर्ने भएको छ । आउँदो पुस १ गतेदेखि अभियान नै शुरु गरी बाहिरी उत्पादनलाई निरुत्साहित गर्ने नगरपालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई जोड दिँदै कृषकलाई व्यवसायमा हौसला बढाउँदै जाने कार्यक्रम रहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् ।

“बाहिरबाट भित्रने विषादीयुक्त तरकारी सेवनले मानव स्वास्थ्यलाई असर पारिरहेको छ, अर्कोतर्फ स्थानीय उत्पादनले बजार नपाउने समस्या, कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न बुटवललगायत विभिन्न बजारबाट आउने तरकारी रोक्ने अभियानमा छौँ”, नगर प्रमुख थापाले भने। रामपुरमा ६० प्रतिशत बाहिरी बजारबाट, २० प्रतिशत छिमेकी निस्दी गाउँपालिका र २० प्रतिशत रामपुरमा उत्पादित तरकारी बजारमा खपत हुने गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।

Sagarmatha Cement
Muktinath Bank

हप्तामा बुटवललगायतका बाहिरी बजारबाट २० देखि ४० टनसम्म तरकारी रामपुर बजारमा भित्रने गरेको उनी बताउँछन्। 'सस्तो मूल्यमा आएका बाहिरी उत्पादनले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनले बजार पाएनन्, बाहिरी उत्पादनमा रोक लगाउन सके व्यावसायिक कृषिमा कृषकको आकर्षण बढ्नेछ', शाखा प्रमख पाण्डेयले भने।

पछिल्लो समय नगरपालिकाभित्र तरकारी उत्पादन तथा केरा, च्याउखेतीतर्फ कृषकको आकर्षण बढेको छ । लागत र परिश्रमअनुसार मौसमी तरकारीले मूल्य नपाउँदा कृषकले खेतबारीमै कुहाएर फाल्ने गरेको पाइएको छ । कच्चा सामग्री भएकाले लामो समयसम्म टिकाउन नसक्दा कृषकले नोक्सान बेहोर्नुपरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले यहाँ उत्पादन नहुने कृषिउपजबाहेक अरु उत्पादनलाई निरुत्साहित गर्ने भएको हो । नगरपालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादनमा जोड दिइएको छ । कृषि उत्पादनका हिसाबले पाल्पा जिल्लाकै उपयुक्त भूभाग रहेको रामपुरलाई नमूना कृषिका रुपमा चिनाउन र यसैबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन अभियान कार्यक्रम अगाडि बढाइएको छ ।

नगर कार्यपालिकाको बैठकले दशवटै वडामा उत्पादनशील कृषिउपज तथा पशुपालनको क्षेत्र निर्धारण गरेको वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताए । 'नगरको विकास भनेको नै कृषि हो, जबसम्म कृषिमा विकास हुँदैन, तबसम्म रामपुरको विकास गर्न सकिँदैन', उनले थपे, 'कृषि उत्पादन बढाउन सकिएन भने हामी आर्थिक क्षेत्रमा बलियो बन्न सक्दैनौँ, एक वडा एक उत्पादन गरेर आर्थिक समृद्धि बढाउने कार्यमा नगरपालिकाले प्राथमिकता दिएको छ', उनले भने ।

एक वडा एक उत्पादनलाई जोड दिएर नगरको भौगोलिक अवस्था अध्ययन गरेर पकेट क्षेत्र निर्धारण गरिएको छ । वडा नं १ मा पहिलो प्राथमिकता कागती, दोस्रोमा मौरी, तेस्रोमा अदुवा, वडा नं २ को कार्यालयले बाख्रा, खुर्सानी, गोलभेँडा, ३ मा एभोकाडो, बाख्रा र आलु, वडा नं ४ मा काक्रा, बाख्रा, बन्दा, बङ्गुर, वडा नं ५ मा गोलभेँडा, केरा र दूध निर्धारण गरिएको छ ।

त्यस्तै वडा नं ६ मा आलु, मौरी, बाख्रा र केरा, ७ मा घिरम्ला, करेला, कागती, कुखुरा, वडा नं ८ मा कुखुरा, सिमी, दूध र सुन्तला, वडा नं ९ मा कफी, अदुवा, बाख्रा र कुखुरा, १० मा सुन्तला, लिची, प्याज र दूध उत्पादनलाई मुख्य पकेट क्षेत्र छुट्याइएको छ । पकेट क्षेत्र निर्धारण नहुँदा कृषकले लथालिङ्ग तरिकारले चार पाँच बालीसम्म लगाउने गरेका छन् भने यसले गर्दा सोचेअनुसार आम्दानी हुन सकेको छैन । पकेट क्षेत्र निर्धारणपछि खेती गर्न सहज, उत्पादन पनि बढ्ने आशा गरिएको छ । सुशीला रेग्मी,रासस


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x