टर्की लिवियामा सेना पठाउन तयार

टर्की लिवियामा सेना पठाउन तयार भएको छ । त्यसका लागि लिवियाले सेनाको माग गर्नुपर्ने छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले विश्व समुदायद्वारा मान्यताप्राप्त लिवियाली सरकारलाई सहयोग गर्न यदि लिवियाली उच्च अधिकारीद्वारा आग्रह भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार रहेको बताए।
 हामीबाट सहयोगको अपेक्षासहित माग भएमा टर्कीले आवश्यक सेना तथा सैन्य सहयोग लिविया पठाउन तयार छ।


Advertisement

गत महिना लिवियासँग सैन्य सुरक्षा सहमति गरेको टर्कीले आवश्यकताअनुसार लिवियालाई सघाउन चासो देखाएको हो ।  लिवियामा सन् २०१४ मा शुरू भएको गृहयुद्धका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने द्वन्द्वका कारण ठूलो संख्यामा नागरिकहरू विस्थापित भएका छन्। 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्