×

NMB BANK
NIC ASIA

१३ औं साग : आयोजना अस्तव्यस्त खेलाडीको प्रदर्शन उत्कृष्ट

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२० वर्षपछि घरेलु मैदानमा फर्किएको दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीले ऐतिहासिक प्रदर्शन गरेका छन् । खेलाडीले देशलाई अहिलेसम्मकै बढी अन्तर्राष्ट्रिय पदक दिलाएका छन् । 

Muktinath Bank

संख्याको दृष्टिकोणले नेपालले यसपटक साग इतिहासकै सर्वाधिक ५१ स्वर्णपदक जित्यो । तर, औसतमा यो उपलब्धि नेपालले २० वर्षअघि आठौँ सागमा हात पारेभन्दा कम हो । आठौँ सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो, त्यतिवेला जम्मा १२ खेलमा १६२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यसपटक २६ खेलमा ३२४ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपालले ५१ स्वर्ण जितेको हो । यसरी आठौँ सागमा नेपालले कुल स्वर्णको १९ दशमलव १४  प्रतिशत आफ्नो भागमा पारेको थियो । यसपटक कुल स्वर्णको १५ दशमलव ७४ प्रतिशत मात्रै नेपालको भागमा परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले केही खेलमा ऐतिहासिक स्वर्ण जितेको छ । साइक्लिङ, कुस्ती, ट्रायथलन र गल्फमा नेपालले इतिहासमै पहिलो स्वर्ण जितेको छ । बक्सिङ, एथलेटिक्स, भारोत्तोलनलगायत खेलमा महिलातर्फ पहिलोपटक स्वर्ण पदक जितेको छ । गौरिका सिंहले साग इतिहासको एकै संस्करणमा चार स्वर्ण जित्ने नेपालीको कीर्तिमान बनाइन् । तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ, गल्फका सुवास तामाङले पनि एकै संस्करणमा दुई–दुई स्वर्णको कीर्तिमान बनाएका छन् । 


Advertisment
Nabil box
Kumari

रमेशकुमार सिलवालले राखेप सदस्यसचिव बनेको तीन महिनामै साग आयोजना गरेर देखाएका छन् । उनले नियुक्ति पाएलगत्तै साग आयोजनामा केन्द्रित रहने बताएका थिए । विगतमा तीनपटक साग आयोजनाको मिति सरेको थियो, तर सिलवाल आएपछि मिति सरेन । यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालले पनि ठूला प्रतिस्पर्धा आयोजना गर्न सक्छ भन्ने सन्देश दिएको छ । 

Vianet communication
Laxmi Bank

सन् १९८४ मा काठमाडौंबाटै सुरु भएको थियो साग । १९९९ दोस्रोपटक काठमाडौंमै भएको सागका खेल यसपालि काठमाडौंबाहिर पोखरा र जनकपुरमा पनि भए, यो सकारात्मक पक्ष हो । तर, आयोजकको हैसियतमा व्यवस्थित तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारी भने चुकेका छन् । यसअघि पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतमा भएका प्रतियोगिताभन्दा नेपालमा भएको आयोजना फितलो थियो । 

जबकी १२ औं सागको समापनकै दिन नेपाललाई १३ औं साग आयोजनका लागि झन्डा हस्तान्तरण गरिएको थियो । त्यसैले तीन वर्षमा नेपालले चाहेको भए पर्याप्त भौतिक संरचना तयार गर्न सक्ने थियो । तर, त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलभित्र भलिबल प्रतिस्पर्धा सुरु भइसक्दा बाहिरपट्टि सडकमा कालोपत्रे चल्दै थियो । अलकत्राको गन्धका कारण स्टेडियमभित्र प्रवेश गर्ने खेलाडीले मास्क प्रयोग गर्नुपर्‍यो । दुई वर्ष ढिलो गर्दा पनि तयारी नपुगेर उद्घाटनको अघिल्लो दिन रंगशालाको छानो हालिएको थियो । ढिला काम गर्दा प्यारापिटको छानो चीनबाट हवाई कार्गो गरेर ल्याउनुपर्‍यो, यसले राज्यलाई थप ५० लाख आर्थिक भार बढायो । अझ, तातो पानीसहितको  स्विमिङ पुल पनि प्रतियोगिता उद्घाटन भएपछि मात्र तयार भएको हो ।

साग आयोजनाका क्रममा झन्डै पाँच अर्ब रकम खर्च भएको छ । प्रतिस्पर्धा सुरु हुने दिनसम्म पनि १३ औं सागअन्तर्गतका खेल भेन्यूको मर्मत कार्य जारी नै थियो । आयोजक देशकै खेलाडीले खेलसामग्रीसमेत विदेशी खेलाडीसँग सापट माग्नुपर्‍यो । ५० र २५ मिटरको निशाना लगाउने इभेन्टमा सुटिङका खेलाडीसँग हतियार थिएन । १० मिटर एयर पिस्तोल र एयर राइफल नेपालीसँग हतियार थिए । तर आठौँ सागमा प्रयोग भएका २० वर्ष पुराना हतियार नपड्किएपछि नेपाली खेलाडी लज्जित हुनुपर्‍यो । त्यस्तै ट्रायाथलनका खेलाडीले पनि मागेर ल्याएको साइकल चलाएर देशलाई स्वर्ण दिलाए । 

आयोजकले प्रतियोगिता उद्घाटनको तीन दिनपछि मात्रै विदेशी पत्रकारलाई मिडिया किट्स उपलब्ध गराएको थियो । फुटबल, भलिबललगायत एकाध खेलबाहेक भेन्युमा मिडिया सेन्टरको व्यवस्था थिएन, जसकारण विजेताले आफ्ना प्रतिक्रिया सहज ढंगले स्वदेशी तथा विदेशी सञ्चारकर्मीसँग राख्न पाएनन् । ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भेन्युमै खेलअघि र खेलपछि पत्रकार सम्मेलन गरेर खेलाडीको प्रदर्शनबारे सञ्चारकर्मीलाई जानकारी दिइन्छ । 

तीन वर्षसम्म केही काम नगरेको राखेपले अन्तिममा समय नपुगेको भन्दै टेन्डर प्रक्रिया नै रद्ध गर्दै सिधैं कोटेशनमार्फत खेल सामाग्री खरिद गरेको छ । टेन्डरमार्फत आउँदा कम मुल्यमा पाइने सामान राखेपले कोटेशनमार्फत सिधै खरिद गर्दा आर्थिक हिसाबकितामा प्रश्न उठेको छ । 

२०७२ सालको भूकम्पपछि खेल संरचनामा क्षति पुग्दा नेपाली खेलकुदको भविष्यमा पनि लामो समय ग्रहण लागेको थियो, सागले केही हदसम्म खेलकुदको क्रेज फर्काएको छ । पूर्वाधारको पुनर्निर्माण भएको छ, तर यति ठूलो प्रतियोगिता आयोजना हुँदा पनि नयाँ पूर्वाधार निर्माण नहुनु बिडम्बना हो । जबकी, आठौं सागताका धेरै नयाँ संरचना तयार भएका थिए । 

राखेपका निर्माण शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले विगतको नेतृत्वले साग आयोजनाका लागि पर्याप्त तयारी नगर्दा समस्या देखिएको बताए । ‘यसका लागि कर्मचारीले मात्रै गरेर हुने थिएन, राखेपका जिम्मेवार पदाधिकारी नै तात्नुपथ्र्यो, मन्त्रालयले सुरुबाटै अग्रसरता लिनुपथ्र्यो, तर विगतको नेतृत्वले चासो दिएन,’ उपाध्यायले भने, ‘अन्तिम अवस्थामा आएर सबै काम गर्दा केही कमि–कमजोरी देखिनु स्वभाविक हो ।’ नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x