×

NMB BANK
NIC ASIA

रंगशालाभित्र सांसद र कर्मचारीको रमिता, बाहिर सर्वसाधारणमाथि प्रहरीको बर्बरता

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

साग फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिस्पर्धाको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । बहुप्रतीक्षित फुटबल खेल्न खेलाडी र हेर्न फुटबलप्रेमी उत्सुक थिए । तर, यति महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हुनुअघि दशरथ रंगशाला सांसद र कर्मचारीलाई रमाइलोका लागि खुला गरियो । उनीहरूलाई फुटबल खेल्न आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नै व्यवस्थापन गरिदियो । 

Muktinath Bank

‘फुटबलको स्वर्ण पदकअघि नै दर्शक र पाहुनाले रमाइलो खेल हेर्न पाउनुहुनेछ, यसका लागि हामीले सांसद र संसद्का कर्मचारीलाई खेलाउँदै छौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव रमेश सिलवालले नै भनेका थिए । यसरी मैदानमा रमिता गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत हो । खेल हुनुअघि मैदान पूर्ण रूपमा खाली हुनुपर्छ । ‘अन्तर्राष्ट्रिय मात्रै होइन, राष्ट्रिय प्रतियोगिता चलिरहँदा पनि मैदान अन्य प्रयोजनका लागि खुला गर्नु गलत हो,’ फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘आयोजकले नै मैदानको संवेदनशीलता बुझेको देखिएन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राखेपले सांसद–कर्मचारीलाई मैदानमा हुलेकोमा म्याच कमिस्नर मिन्डु दोर्जीले असन्तुष्टि जनाएका थिए । तर, आग्रह अस्वीकार गर्दै राखेपले खेल गराएको थियो । भित्र सांसदको रमिता चलिरहेका वेला बाहिर दर्शकमाथि प्रहरीले लाठीचार्ज सुरु भएको थियो । यो क्रम रंगशालाबाहिर साँझसम्म जारी रह्यो । आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री र पास वितरण गर्दा खेल सकिने वेलासम्म पनि दर्शकहरू भित्र छिर्न प्रयासरत थिए ।


Advertisment
Nabil box
Kumari

सांसद र कर्मचारीको खेल हेर्न उनीहरूका आफन्त पहिले नै भित्र छिरेका थिए भने हातमा टिकट भएका दर्शकलाई व्यवस्थित रूपमा भित्र छिराउनुको सट्टा उल्टै लाठीचार्ज गरिएको थियो । कालीमाटीका डिएसपी रुगम कुँवर आफैँले लाठी हातमा लिएर दर्शकलाई कुटेका थिए भने सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौर दर्शकलाई लात हान्दै थिए । प्रहरीको कुटाइबाट नागरिक दैनिकका पत्रकार सुमन चापागाईं अस्पताल भर्ना भएका छन् ।  नयाँ पत्रिकामा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x