महरापछि अब सभामुख को ?

सत्तारूढ नेकपाले सभामुख आफूले नै राख्ने अभिप्रायले उपसभामुखलाई राजीनामा गराउने सहमत गराए पनि ‘सभामुख उम्मेदवार कसलाई बनाउने ?’ भन्ने विषयमा निर्णय लिन सकेको छैन । 

आफूलाई सभामुखका रूपमा पार्टीले अघि बढाउनुपर्ने अडानमा रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि पहिला उम्मेदवार टुंग्याउनुपर्ने अडानमा छिन् । उनले आफूले राजीनामा दिएर पार्टीका तर्फबाट सभामुखको उम्मेदवारलाई सहयोग गर्ने जनाएकी छन् । 


Advertisement

सभामुखले नै बोलाउने व्यवस्था भएको संसद्को कार्य व्यवस्था समिति बैठक भने उपसभामुखको हैसियतमा उनले नै बोलाउने भएकी छन् । ‘कसले अध्यक्षता गर्ने ? अधिवेशन कसरी अघि बढाउने ? भन्ने कार्यव्यवस्था बैठकपछि थाहा हुन्छ,’ उनले भनिन् । राजधानी दैनिकमा खबर छ । 
 


Advertisement

कमेन्ट गर्नुहोस्