×

NMB BANK
NIC ASIA

हिजो दिनभर : साग ऐतिहासिक रूपमा सम्पन्न, शान्तिसुरक्षा कायम गर्न सहयोग गर्न गृहमन्त्रीको अपिल

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

साग सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दियो नेपालले
नेपाल सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अधिकृतलगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले साग सम्पन्न गर्न योगदान दिने मूल आयोजक समिति, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् तथा सम्पूर्ण नेपाली जनताका साथै काठमाडौँ, पोखरा र जनकपुरवासीप्रति कृतज्ञता व्यक्त गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलबार बेलुका साग समापन समारोह  सम्पन्न भएको घोषणा गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले छिमेकीहरुबीचको मित्रता अझ वृद्धि भएको तथा क्षेत्रीय एकतामा योगदान दिएको बताए। ‘आगामी दिनमा खेलकूद नेपाललाई चिनाउने आधार पनि बनेको छ,’ रक्षामन्त्रीले भने।


Advertisment
SBL

सो अवसरमा युवा तथा खेलकूदमन्त्री तथा मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले खेलाडीहरुको खेल जीवन अझ उज्यालो होस् भन्दै उनीहरुको सफलताको कामना गरे। राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले राष्ट्रको शिर उँचो बनाएकामा अभिनन्दन गर्दै नेपाल र नेपालीले चाहे भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्नो लक्ष्य र योजना सफल बनाउन सक्ने उदाहरण साग भएको विचार राखे। उनले प्रधानमन्त्रीले खेलाडीहरुसँग खुशी साटासाट गर्ने र केही प्याकेज घोषणा गर्ने जानकारी पनि दिए।

Vianet communication
Laxmi Bank

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनुशासितरुपमा उत्कृष्ट खेल प्रदर्शन गरी खेलाडीले एकता र मित्रता प्रदर्शन गरेको बताउँदै खेल सम्पन्न गर्ने काठमाडौँ, पोखरा र जनकपुर नगर तथा नगरवासीलाई  धन्यवाद दिए।


राजनीतिमा सदाचारका निम्ति हरेक पार्टीले ध्यान दिन जरुरी : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकारले निर्माण गरेका नीतिनियम तथा कानुन प्रभावकारी ढंगले कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार यहाँ आयोजित अन्तरक्रियामा उनले नेपाली राजनीतिमा सदाचार प्रवर्द्धनका लागि हरेक पार्टीले ध्यान दिनुपर्नेमा जोड दिँदै जनताको सेवा गर्छु भन्ने भावनाको जागृत हुनु आवश्यक रहेको बताए।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले देशबाट भ्रष्टाचारलाई उन्मूलन गर्न आयोगले पाँचवर्षे रणनीति सार्वजनिक गरेको जानकारी दिँदै आयोगसँग रहेको अहिलेको कार्य क्षेत्रलाई फराकिलो पार्न सरकारले सहयोग गर्नुपर्ने बताए।

उनले सरकारमा बस्नेहरुले विधिको अधिनमा रहेर पारदर्शी रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै गत वर्ष आयोगले ३५१ मुद्दा अदालतमा दायर भएको र यो वर्षको साउन १ गतेदेखि हालसम्म १७० मुद्दा दर्ता भएको जानकारी दिए।


प्रधानमन्त्री ओली फेरि डायलासिसका लागि अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई  मृगौलाको डायलासिसका लागि त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अस्पताल लगिएको छ। 

प्रम ओलीको मृगौलाको डायलासिसका मंगलबार बेलुका अस्पतालमा लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई बताए।

उनका अनुसार प्रम ओलीलाई नियमित डायलासिसका लागि अस्पताल लगिएको हो।  डायलासिसपछि उनी बालुवाटार फर्कनेछन्।
 
 प्रम ओलीको यसअघि मंसिर १० मा सोही अस्पतालमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

अपेन्डिसाइटिस फुटेपछि उनको पेटमा समेत संक्रमण भएको थियो। गत बिहीबार अस्पतालबाट डिस्चार्ज भएका प्रम ओली बालुवाटारबाटै सरकार चलाइरहेका छन्।

बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले साग समापन समारोहमा पठाए भिडियो सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)को समापन समारोहमा भिडियोमार्फत सम्बोधन गरेका छन् ।

एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएर आफ्नो निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्रीले भिडियोमार्फत समापन समारोहमा सम्बोधन गरेका हुन् ।

'यसपल्ट पहिला भन्दा बढी खेल भएका छन्, पदकहरू पनि धेरै राखिएका छन्,' प्रधानमन्त्री ओलीले भने, 'समग्रमा तेह्रौं साग ऐतिहासिक खेलकूद प्रतियोगिताका रूपमा रह्यो । सागले दक्षिण एसियाली देश र जनताका बीचमा एकता, मित्रता अभिवृद्धि गर्ने अपेक्षा गरिन्छ र त्यो अपेक्षा यसपटकको खेलकुदले सफलतापूर्वक पूरा गरेको छ ।'

प्रधानमन्त्रीले सम्बोधनका क्रममा खेलकुद प्रतियोगिताका सबै पक्षलाई धन्यवाद र बधाई पनि दिए ।

शान्तिसुरक्षा कायम गर्न सहयोग गर्न गृहमन्त्री थापाको अपिल

गृहमन्त्री रामबहादुर थापाले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा आज राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले नागरिकको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र संवर्द्धनमा सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई यस कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।

गृहमन्त्री थापाले भने, 'नेपाल ‘समृद्ध नेपाल : सुखी नेपाली’को अभियानमा छ, मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ ।'

उनले मानव अधिकार आयोगले कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेर पठाएका निर्णयहरु केही कार्यान्वयन गरेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

पश्चिमी वायुको प्रभाव : भोलिबाट हिमपातको सम्भावना

भोलिबाट देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी वायुको प्रभावले हिमपात तथा वर्षा हुनसक्ने महाशाखाले जनाएको हो ।

'बुधबार साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात र वर्षा हुने र अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने छ । यो प्रणाली बिहीबार अझै सशक्त हुनेछ,' महाशाखाले गरेको ट्वीटमा भनिएको छ ।

घुसकाण्डमा मुछिएका सीडीओ रिजाललाई निलम्बन गर्न आयोगको पत्र

सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

नेपाल सरकारका उपसचिवसमेत रहेका रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ ।

प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए । आरोपी रिजालमाथि भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा छानबिन जारी छ । 

उपसचिव रिजाल पदमा रहिरहँदा आफूमाथि लागेको अभियोगको प्रमाण लोप गर्न सक्ने भएकाले तत्काल निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई विजयबाबु स्मृति पत्रकारिता पुरस्कार

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट लोकान्तर सञ्चार प्रालिका अध्यक्ष तथा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी सम्मानित भएका छन् ।

नेपाल समाचार केन्द्रले न्युज कारोबार डटकमको तेस्रो वार्षिकोत्सवको अवसरमा अधिकारीलाई मंगलवार पुरस्कार प्रदान गरेको हो ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पुरस्कार हस्तान्तरण गरे । प्रमुख अतिथि नेपालले वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे । स्व. पत्रकार विजयबाबुको स्मृतिमा स्थापना भएको पुरस्कार पहिलो पटक वरिष्ठ पत्रकार अधिकारीलाई प्रदान गरिएको छ ।

स्व. विजयबाबु खत्रीले नेपालमा चलिरहेको पत्रकारिताको धारमा नयाँ क्षेत्र आर्थिक क्षेत्रमा कलम चलाउने प्रयत्न गरेको स्मरण गर्दै राष्ट्र बैंकका गभर्नर नेपालले भने, ‘अहिले कहाँबाट कतिबेला के छापिन्छ भन्ने त्राहीयुक्त वातावरण छ । पत्रकारिता क्षेत्र सबैभन्दा बढी अध्ययन गरिने क्षेत्र भएकाले समाजलाई कुन बेला के राम्रो हुन्छ, त्यो गर्नुपर्छ ।’


संसदको हिउँदे अधिवेशन पुस ४ गतेबाट शुरू

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेकी छन् ।

मंगलवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै पुस ४ गते दिउँसो ४ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको जानकारी दियो ।

'राष्ट्रपति भण्डारीज्यूबाट संविधानको धारा ९३ को उपधारा १ बमोजिम २०७६ साल पुस ४ गते ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ,' प्रवक्ता हरिप्रसाद दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधि सभाको पहिलो बिजनेश सभामुखको चयन हुने सम्भावना रहेको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू यौनप्रकरणमा मुछिएपछि असोजको दोस्रो साता राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखबिहीन बनेको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिलाई संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।


आर्थिक समृद्धिको आधार पर्यटन विकास : मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औंल्याएका छन् ।

प्रदेशको १० पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान (राइनो पार्क) को मंगलवार चितवनमा शिलान्यास गर्दै उनले पर्यटन प्रवद्र्धन गर्न सबै जुट्नुपर्ने बताए ।

मेघौलीलाई रोमञ्चकारी जंगल यात्राका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप पहिचान एवं प्रवद्र्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

‘चितवनलाई प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । सबै जिल्लाका सबै पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा काम गर्ने छौं,’ उनले भने ।

मुख्यमन्त्री पौडेलले पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार र जनताको लगानी आवश्यक रहेकोमा जोड दिए । करीब ५५० बिघाहा क्षेत्रफलमा निर्माण हुन सो उद्यानको प्रवेशद्वारमा ३३ फिट उचाई र ४० फिट लम्बाइको २ तले गैंंडाको मूर्ति निर्माण हुनेछ । मूर्तिको भित्र पहिलो तल्लामा पर्यटक सूचना केन्द्र, दोस्रो तल्लामा अखेटो पाहार संग्रहालय र बहुजातीय संग्रहालय तयार हुनेछन् ।

गैंडाको मूर्ति तयार गर्न मात्र २ करोड ८९ लाख ४४ हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ । उद्यान सम्पन्न गर्दा २३ करोड रुपैयाँ खर्च हुने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

उद्यानभित्र भ्यूटावर, २५ बिघाहामा ताल, ५० बिघाहामा घाँसे मैदान, टाईगर टावर, जंगल सफारी, असहाय वन्यजन्तु उद्धार केन्द्र लगायतका संरचना निर्माण हुनेछन् । प्रदेश सरकारको मुख्य सहयोगमा पार्क निर्माण गर्न लागिएको हो । 
कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण भूर्तेलले मेघौली क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको चर्चा गर्दै राईनो उद्यानले समग्र जिल्लाको पर्यटन विकासमा सहयोगी हुने बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर महानगरपालिका–२७ का अध्यक्ष गोविन्द तामाङ, वडा नम्बर–२८ का अध्यक्ष आशबहादुर कुमाल, थारु सांस्कृतिक संग्रहालयका अध्यक्ष मायाराम चौधरी लगायतले मेघौली क्षेत्रको पर्यटनबारे चर्चा गरेका थिए ।

सो अवसरमा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञविश्व सुवेदीले शिलान्यास भएको मेघौली गैंडा उद्यान र यस क्षेत्रका पर्यटकीय गन्तव्यबारे जानकारी गराएका थिए ।

कार्यक्रममा ब्राह्मण, थारु, गुरुङ, कुमाल र तामाङको झाँकी एवं सारंगी प्रस्तुत गरिएको थियो । मेघौली चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो ।

सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि धर्ना

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सीमा अतिक्रमणको विरोध गर्दै भारतीय दूतावास लैनचौर अगाडि धर्ना प्रदर्शन गरेको छ ।

भारतले नक्सा सार्वजनिक गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेको विरोधमा समाजले दूतावास अगाडि प्रदर्शन गरेको हो ।

धर्नामा ‘हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल–भारत मैत्री अमर रहोस्’ लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएका छन् ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, उपसभापति रेनुका पौडेल, सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्य गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल पौडेल, श्यामप्रसाद लामिछाने, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारासहित दर्जनौं अधिकारकर्मीको सहभागिता थियो ।

भारतीय अतिक्रमणको विरोध गर्दै शान्ति समाजका जिल्ला शाखाले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन दर्जनौं जिल्लामा प्रदर्शन गरेका समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।


'पुरुष फूटबल फाइनल : नेपाली रोनाल्डो' जसले गरे भुटानविरुद्ध पहिलो गोल


१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबल फाइनल खेलमा नेपालले भुटानलाई पहिलो गोल गरेको छ ।

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलको १६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका हुन् ।

अभिषेकलाई समर्थकहरूले 'नेपाली रोनाल्डो' भनेर सम्बोधन गर्ने गरेका छन् ।

उसो त उनी चर्चित पोर्चुगिच फूटबलर क्रिष्टियानो रोनाल्डोको 'डायहर्ट' फ्यान हुन् ।

बंगलादेशविरुद्धको खेलमा अभिषेकले गोल गरेपछि रोनाल्डोको स्टाइलमा सेलेब्रेसन गरेका थिए । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

उनी रोनाल्डोको फ्यान मात्र होइनन् उनीहरूको जर्सी नम्बर पनि सात नै हो ।

तलको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

डिग्रीमा नाप-नक्सासम्बन्धी पढाइ हुने मन्त्री अर्यालको घोषणा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाइ स्‍नातकोत्तर तहमा पनि गरिने बताएकी छिन् ।

भूमि प्रशिक्षण केन्द्रले 'नापनक्सासम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन' विषयमा मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले अब नाप पक्सा सम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताएकी हुन् ।

नाप नक्सा सम्बन्धी प्रविधी अन्तराष्ट्रिय स्तरको बनाइने बताउदै मन्त्री अर्यालले अन्तराष्ट्रिय गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नविनतम प्रविधि एवं अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदानप्रदानबाट सबै सहभागीहरू लाभान्वित हुने बताइन् ।

गोष्ठीबाट अन्तराष्ट्रिय सहकार्य र पाठ्यक्रम विकासको विषया अझ बढी चासोको विषय हुने भन्दै उनले केन्द्रले केन्द्रित गर्नुपर्ने क्षेत्रको पाठ्यक्रम विकासमा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

साग खेलकुद : स्वर्णमा नेपालको अर्धशतक

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदकमा अर्धशतक लगाएको छ । 

मंगलवार बक्सिङको ६० केजी तौल समूहमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका हुन् । 

उनले भारतीय खेलाडी भिरेन्द्रर सिंहलाई हराउँदै नेपालको स्वर्ण संख्या ५० पुर्‍याएका हुन् । 

 
मंसिर सकिनै लाग्दा सुनको मूल्य घट्यो

पछिल्लो १ सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ ।

गत बुधवारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । महासंघले मंगलवारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० रुपैयाँ निर्धारण गरेको छ ।

पछिल्लो १ साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको छ । 

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । मंगलवार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले घटेर ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

गत बुधवार छापावाला सुन प्रतितोला ७२ हजार २०० रुपैयाँ र तेजाबी सुन ७१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य बिहीवार प्रतितोला २०० रुपैयाँ, शुक्रवार ३०० रुपैयाँ, आइतवार ५०० रुपैयाँ र सोमवार प्रतितोला २०० रुपैयाँले घटेको थियो । 

अब काठमाडौंमा माग्न पनि नपाइने

काठमाडौं महानरपलिकाले मंगलवारदेखि तीन दिनभित्र सडक छेउमा बसेर माग्नेलाई कारवाही गर्ने जनाएको छ । माग्ने गतिविधि रोक्न महानगरपालिकाले सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने  चेतावनीसमेत दिएको छ । 

मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजार रुपैयाँसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने संहितामा रहेको छ । 

कामपा प्रमुख विद्यासुन्दर शाक्य भन्छन्, माग्ने पेशा गर्न नपाइने कानूनलाई कार्यान्वयन गर्न लागेका छौं, माग्ने पेशा बनाउनेलाई हटाउँछौं, एक छाक खान नपाएर सडकमा बस्नुपर्ने बाध्यता भएकाको संरक्षण गर्नेछौं ।' उनका अनुसार वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ । उनीहरूमध्ये परिवार पत्ता लागेकालाई पुनर्मिलन गराइने छ । उक्त कार्यमा कामपाले आश्रमसँग सहकार्य गरेको प्रमुख शाक्यले जानकारी दिए ।

कामपाले कानूनले निषेध गरेको भिक्षा माग्ने पेशा नअपनाउन र अपनाए कारवाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ । नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको व्यवस्था रहेको छ । प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने स्पष्ट व्यवस्था छ । कानून कार्यान्वयन गर्ने काम स्थानीय तहको हो । महानगर, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचपक्षीय सम्झौता गरेर अभियान अघि बढाउँदै छ । अभियानका लागि ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा तय गरिएको छ ।

टिकट नपाएपछि रंगशालामा तनाव, प्रहरी भन्छ- भीडभाड हटाएका हौं

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तनाव भएको छ । 

मंगलवार दिउँसो ३ बजे हुने नेपाल र बंगलादेशबीचको पुरुष फूटबल फाइनल हुँदैछ । फाइनल हेर्न टिकट नपाएको भन्दै दर्शकले होहल्ला गरिरहेका छन् । 

भीड नियन्त्रण गर्न प्रहरीले लाठीसमेत चार्ज गरेको छ । प्रहरीको लाठीबाट पत्रकार सुमन चापागाईं घाइते भएका छन् । 

यद्यपि एसएसपी उत्तमराज सुवेदीले टिकट नपाएको भन्दै होहल्ला गर्ने भीडलाई हटाएको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x