प्रेममा धोका पाएको भन्दै किशोरीले काटिदिइन् प्रेमीको लिंग, बौद्ध प्रहरीले गर्यो पक्राउ

फाइल तस्वीर

प्रेमीको गुप्तांग (लिंग) काटेको अभियोगमा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया किशोरीले २१ वर्षीय युवकको लिंग काटेकी हुन् ।


Advertisement

घाइतेको उपचार ओम अस्पतालमा भइरहेको छ । उनी एक होटलमा काम गर्ने कर्मचारी हुन् ।

एक वर्षदेखिको प्रेममा धोका पाएपछि घटना गराएको बयान अभियुक्तले दिएकी छन् । युवतीले प्रयोग गरेको चक्कु प्रहरीले बरामद गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्