कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ ।
महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिए।
यसअघिका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आएका बताउँदै उहाँले यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई महोत्सवमा ल्याउन लागिएको जानकारी दिए। महोत्सवमा ११० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये एक दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए।
महोत्सवमा अन्तरराष्ट्रिय लेखकलाई पनि ल्याउन लागिएको र त्यसले यहाँको साहित्यलाई अन्तरराष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखिएको उहाँले जानकारी दिए। महोत्सवमा ४० भन्दा बढी सत्र समावेश गरिएका छन् । महोत्सवको पहिलोदेखि चौथो संस्करण काठमाडौँमै गरिएको थियो भने पाँचौँ संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको छ ।
निर्देशक बरालले तत्कालीन समयमा काठमाडौँमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै महोत्सव भएको सुनाउनुभयो । भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेको र अहिले पोखरा नै उत्तम ठाउँ भएको बताउँदै उहाँले यो पोखरेलीको पनि महोत्सव भएको उल्लेख गरे।
अर्काे आयोजक संस्था र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सवले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गर्नुभयो । यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन पाउँदा आफूहरू खुशी भएको उहाँले बताउनुभयो । नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकका रुपमा आएको ह्वाट द बुक क्लबका उपाध्यक्ष अनिषा बराइलीले बताए।
महोत्सवमा दक्षिण एशियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (रु २७ लाख ५० हजार) राशि बराबरको उक्त पुरस्कार दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...