फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६५ वर्ष पूरा भएर ६६ वर्षमा लाग्दैछन् ।
वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड बिहीवारबाट ६६औं वसन्तमा प्रवेश गर्न लागेका हुन् ।
पूर्व माओवादी पृष्ठभूमिका नेकपाका कार्यकर्ताले समाजिक सञ्जालमा प्रचण्डलाई बुधवारदेखि नै जन्म दिनको शुभकामना दिइरहेका छन् ।
६६ वर्षमा पनि तन्दुरुस्त !
दिनभर राजनीतिक कार्यक्रम र भेटघाटमा व्यस्त रहने प्रचण्ड बिहानीको समयमा नियमित शारीरिक व्यायाम गर्ने गर्छन् ।
प्रचण्डका सहयोगीहरूका अनुसार उनले बिहान एक घण्टा ब्याडमिन्टनमा समय बिताउने गरेका छन् ।
स्वास्थ्यमा सचेत प्रचण्ड काठमाडौं बाहिर गएको समयमा बिहान बेलुका हिँड्ने गर्छन् । गृहजिल्ला चितवन जाँदा भने उनी नारायणी नदी किनारमा पुग्ने गरेका छन् ।
उनले केही महिनाअघि विवाहको ५०औं वर्षगाँठ पनि मनाएका थिए । प्रचण्ड र पत्नी सीता दाहालले सो अवसरमा पुनः विवाह समेत गरेका थिए ।
ढिकुरपोखरी २ कास्कीमा जन्मिएका प्रचण्डले चितवनको गीतानगरमा पढेका थिए । उनले केही समय गोरखाको स्कूलमा अध्यापन समेत गरेका थिए ।
लामो समय अर्धभूमिगत राजनीति गरेका प्रचण्डले २०५२ सालदेखि २०६३ सालसम्म भूमिगत माओवादी आन्दोलनको नेतृत्व गरेका थिए ।
२०६५ र २०७३ सालमा गरी प्रचण्ड दुईपटक देशको प्रधानमन्त्री समेत बनसिकेका छन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...