×

NMB BANK
NIC ASIA

खेलाडीहरूले पैसाका लागि खेलेका थिएनन् : प्रवक्ता बास्कोटा

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले खेलाडीहरूले पैसाका लागि नखेलेको भन्दै पुरस्कारका सन्दर्भमा असन्तुष्ट नहुन आग्रह गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले खेलाडीलाई प्रोत्साहन गर्ने धेरै विधि भएको भन्दै असन्तुष्ट नहुन आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामूहिक खेलमा रजत पदक प्राप्त गर्ने खेलाडीका लागि पुरस्कार घोषणा नभएको असन्तुष्टि आएको भन्दै बास्कोटालाई पत्रकारले प्रश्न सोधेका थिए ।


Advertisment
Nabil box
Kumari

‘उहाँहरू पैसाको लागि खेल्नुभएको थिएन,’ बास्कोटाले भने, ‘देशका लागि खेल्नुभएको थियो । मेहनत उहाँहरूको हो तर समर्पण देशका लागि गर्नुभएको छ । सम्माननीय प्रधानमन्त्री आफैंले अढाइ घण्टा गेम हेर्नुभयो । त्यो प्रोत्साहन थियो । समापनको दिन पनि प्राविधिक कारणले उहाँको भ्वाइस आएन तर पनि प्रोत्साहन नै भयो ।’ 

Vianet communication
Laxmi Bank

बास्कोटाले यत्रो ठूलो इभेन्ट सफलतापूर्वक रूपमा सम्पन्न भएको भएपनि सानोतिनो गल्तीमा खेल्ने प्रवृत्ति बढेको आरोप लगाए । ‘यत्रो इभेन्ट हुँदा सानोतिनो गल्ती भयो भने त्यसमा खेल्ने होइन, सल्लाह सुझाव दिने भए राम्रो हुन्थ्यो । उपलब्धीलाई ओझेलमा पार्ने र कमजोरीमाथि खेल्ने प्रवृत्ति छ, जुन गलत हो,’ उनले भने ।

उनले सबै खेलाडीलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्ने बताए । ‘हिजो प्रधानमन्त्रीले अर्को कुरा पनि बताउनुभएको छ, हामीले छलफल गर्दै प्रोत्साहित नै गर्छौं भन्नुभएको छ,’ उनले भने, ‘उहाँ आफैंले केही छुटेका छन्, हाम्रो ध्यान पुगेको छैनन् भने हामी सम्बोधन गर्छौं भन्नुभएको छ । यथोचित सम्बोधन सबै खेलाडीका हकमा हुन्छ ।’

प्रवक्ता बास्कोटाले प्रधानमन्त्रीले गरेको घोषणा नै अन्तिम भएको बताए । ‘प्रधानमन्त्रीले घोषणा गरेको कुरामा मन्त्रीहरूको के टाउको दुखाइ ?’ बास्कोटाले प्रश्न गरे, ‘प्रधानमन्त्रीले घोषणा गरिसक्नुभयो । खेलकुद मन्त्रीले दुखेसो गर्नुभएको छैन । उहाँकै घोषणाअनुसार हुन्छ ।’

प्रवक्ता बास्कोटाले प्रधानमन्त्री ओली अस्पतालमा हुँदा पनि निकै रुचिपूर्वक साग हेरेको बताए । ‘प्रधानमन्त्रीले अस्पतालमै पनि ठट्टा गर्नुभएको थियो,’ उनले भने, ‘मलाई किन थुनेको ? मलाई त्यहाँ गएर गोल गरौं गरौं भयो भन्नुभएको थियो । त्यो पनि एक किसिमको प्रोत्साहन नै हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x