भीरबाट लडेर महिलाको मृत्यु

पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा भीरबाट लडेर १ महिलाको मृत्यु भएको छ । 

स्थानीय २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भीरबाट लडेर ज्यान गएको हो ।


Advertisement

स्थानीय बासे ओढार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

बुधवार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीवार बिहान मृतावस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।


Advertisement

दाउरा बोकेर फर्किने बेला भीरबाट लडेर ज्यान गएको अनुमान प्रहरीको छ । मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । 

कमेन्ट गर्नुहोस्