कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
जिल्लाको घुम्टे युवा परिवार जिल्लाकै पुरानो सामाजिक संस्था हो । विक्रम संवत् २०४१ सालमा स्थापना भएको संस्थाले सामाजिक क्षेत्रमा थुप्रै उदाहरणीय काम गर्दै आएको छ ।
सामाजिक विकृति विसंगति न्यूनीकरणसँगै खेलकुद, कला र संस्कृति संरक्षण सम्वद्र्धनमा परिवारले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
युवा जागरण, तालिम, गोष्ठी, अन्तक्र्रियासँगै अन्य सामाजिक जागरणका काममा संस्था सक्रियतापूर्वक अगाडि बढिरहेको छ । संस्थाले रोजगारीको सिलसिलामा जापानमा रहेका संस्थाका आजीवन सदस्य, शुभेच्छुक तथा सहयोगीसँगको सहकार्यमा डेढ वर्ष पहिले जापान शाखा समेत स्थापना गरेको छ ।
घुम्टे युवा परिवारले गाउँठाउँको विकास र सामाजिक क्रियाकलापमा आर्थिक भौतिक तथा नैतिक सहयोग गर्दै आइरहेको छ । शाखा स्थापना हुनुपूर्व पनि जापानसहित अन्य देशमा रहेका युवाको उत्तिकै सहयोग आउने गर्दथ्यो । बिहीवार घुम्टे युवा परिवारले जापान शाखाका पदाधिकारीलाई केन्द्रीय कार्यालयमा स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, शाखा सचिव दिनेश थापा, शाखा कोषाध्यक्ष संग्राम साहानी र घुम्टे युवा परिवारका सल्लाहकार संयोजक एवं गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले घुम्टे युवा परिवार स्थापनाकालदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै गलकोट क्षेत्रकै अग्रणी सामाजिक संस्थाको रुपमा परिचित रहनु प्रशंसनीय विषय भन्दै प्रशंसा गरेका छन् । आगामी दिनमा केन्द्रीय कार्यालय र जापान शाखाबीचको सहकार्यमा थप सामाजिक कार्यमा सक्रिय रहने प्रतिवद्वता जनाए । संस्थाले आफ्नो कार्यालय आसपासमा सीसीटीभी क्यामेरा जडानदेखि सभाहल निर्माणको लागि जग्गा समेत व्यवस्थापन गरेको छ ।
जापान शाखाको सहकार्यमा संस्थाले बेसहारा, विपन्न परिवारलाई खाद्यान्नसँगै आर्थिक सहयोग गरेको छ भने वडाभित्रका धार्मिकस्थलमा सोलार बत्ती जडान गरेर झलमल्ल पारेको छ ।
समृद्व समाज निर्माणमा संस्थाले सबै क्षेत्रसँग हातेमालो गरी अगाडि बढिरहँदा शाखाको पनि महत्त्वपूर्ण सहयोग हुँदै आएको छ । केन्द्रीय कार्यालयमा आयोजित स्वागत तथा अन्तर्क्रियामा जापानबाट बिदामा नेपाल आएका घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, सचिव दिनेश थापा, कोषाध्यक्ष संग्राम साहानी, आजीवन सदस्य तथा शुभेच्छुक नेत्र चोखाल, कमल थापा, दिपिन खत्री मिन थापा, प्रकाश थापा लगायतलाई दोसल्ला तथा फुलमाला अविरद्वारा स्वागत तथा सम्मान गरिएको थियो ।
सो अवसरमा आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने, सामाजिक क्रियाकलापमा संस्थाको भूमिका तथा समृद्व समाज निर्माण कसरी गर्ने लगायतका विषयमा अन्तक्र्रिया गरिएको थियो । कार्यक्रममा घुम्टे युवा परिवार गलकोट नगरपालिका–७ मल्मका कार्यसमिति पदाधिकारी, सल्लाहकार सदस्य, घुम्टे युवा परिवार जापान शाखाका प्रतिनिधि, शुभेच्छुक लगायतको उपस्थिति थियो ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...