कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
विद्यालय तहमा अध्ययन गर्दादेखि नै उनीमा फोटा खिच्ने ठूलो रहर थियो । स्कूलमा हुने विभिन्न फङसन (कार्यक्रम) मा बाबासँग लुकाएर भए पनि घरमा रहेको क्यामेरा लगेर उनी फोटो खिच्न लैजान्थे । सरकारी जागिरे उनका बाबा पुस्कर पन्थले घरमा एउटा ‘यसिका’ क्यामेरा ल्याएका थिए ।
तिलोत्तमा–१ रुपन्देहीका मनिष पन्थ शंकरनगर सारदा स्कूूलबाट एसएलसी दिएपछि खाली समयको उपयोग गर्न भन्दै उनलाई बाबाले बुटवलमा कम्प्युटर सिक्न पठाए । कम्प्युटर सिक्नको लागि भर्ना हुन बुुटवल आएका उनले ट्राफिकचोकमा यहाँ फोटोग्राफी सिकाइन्छ भन्ने बोर्ड देखेर त्यहाँ गए । कम्प्युटर सिक्न आएका उनलाई फोटोग्राफी तालिमले मोड्यो ।
सानैदेखि फोटा खिच्ने रहरमा रहेका मनिषलाई एक महिना फोटोग्राफी तालिम लिए जेसिसचोकका प्रेम सरसँगबाट । यो २०५३ सालतिरको कुरा हो ।
मनिषका बाबाका साथी समेत रहेका सरकारी जागिरे भास्कर आत्रेयले बुटवलका श्रीनगर फोटो स्टुुडियो खोलेका थिए । पन्थका बाबाले मेरो छोरा मनिषले पनि फोटोग्राफीको काम सिकेको छ भनेपछि उनी त्यहाँ गए । सरकारी जागिरे आत्रेयलाई फोटोग्राफी सञ्चालन गर्न अफ्टयारो भएपछि पन्थलाई सुम्पे । पुस्करले छोरा मनिषलाई ३५ हजार रुपैयाँ लगानी गरेर श्रीनगर फोटो स्टुडियो लिइदिए । एसएलसीको रिजल्ट आयो उनी बुटवल बहुमुखी क्याम्पसमा आइए भर्ना भएपछि पढदै फोटोको कामहरू अगाडि बढाउँदै गए ।
बुटवल बहुमुखी क्याम्पसको विद्यार्थी मनमोहन अधिकारी आएका थिए । उनी पनि फोटो खिच्न त्यहाँ पुगेका थिए । मनमोहन बोल्ने बेला त्यहाँ एक जना व्यक्ति पनि भिडियो खिच्न गएका एक जना व्यक्ति भिडियो त्यही राखेर शौचालय गए । त्यही बेला मनमोहनले रोचक भाषण गरेर विद्यार्थीले ताली बजाए । पन्थलले त्यहीँ भिडियो क्याम्मेराले उचालेर आफैले भिडियो खिचे । त्यहीँ मौका छोपेर खिचेको उनको पहिलो भिडियो छायाँकन थियो ।
२०५४/०५५ तिर बुटवल तथा यस आसपासको क्षेत्रहरूका फिल्महरू छायाँकन हुन्थे । सोही बेला चलचित्र वास्तविकता बुटवलमा सुटिङ गर्न आउने निश्चित भएको थियो । चलचित्रका निर्देशक तेजेन थापा, नायक इश्वर थापा र सुरेन्द्र बराल बुटवल आए । फोटोग्राफरमा स्थापित भइसकेका मनिषलाई निर्देशक तेजेनले फिल्मको छायाँकन गर्न दिउँ भने । फिल्म निर्माता टीम सबै राजी भए । पन्थ र बुटवलकै शुवर्णमान शाक्य फिल्म छायाँकनका लागि अनुबन्धित भए । पन्थ सम्झिन्छन्, ‘झण्डै ६ महिना लगाएर चलचित्र छायाँकन गरियो । राम्रो छायाँकन गरेपछि सबैले धन्यवाद दिए । चलचित्र पनि राम्रो चल्यो ।’
वास्तविकता सबै छायाँकन गर्न नपाउँदै गोपाल सुवेदीले बनाउन लागेको चलचित्र औठा छापको फोटोग्राफी गर्न अफर आयो । त्यो पनि सहस्र स्वीकार गरी उनले उक्त चलचित्रको पनि सफल फोटोग्राफी गरे । उनलेको काम देखेर सबै दंग परे । दुवै चलचित्रको काम गरेपछि पन्थलाई फिल्महरूले पच्छाइरहे । धमाधन उनलाई चलचित्रको छायाँकनका लागि अफरहरू आइरहे ।
त्यसपछि उनले बाल अधिकार, पराइकी चेली, लुुकेको स्वर्ग, के नाता होला, कस्तो समपर्ण, आफन्तको माया, मेरो साथी, देशको खातिर (भोजपुर चलचित्र) वल्ड कप इन नेपाल, जिन्दगानी दपर्णछाँया, रिक्सावाला न्यायदाता, उर्बसी, डिर्भोस लगायत दजनौं चलचित्रको छायाँकन गरे ।
छायाँकनको लागि उनी भारतका विभिन्न सहरदेखि नेपालका धेरै जिल्ला पुुगेका छन् । जिन्दगानी दर्पणछाँया चलचित्र पहिलो पटक नारायणहिटी दरबारमा पहिलो पटक पन्थले नै खिचे । पन्थले नै कसैले हिम्मत गर्न नसकेको नारायणहिटी दरबारमा आँटका साथ फिल्म छायाँकन गरे । उनले भने, ‘चलचित्र छायाँकन त भयो । तर, रिलिज भएन । एक वर्षपछि मात्र प्रदर्शनमा आयो । उक्त चलचित्रको कथा लेखन, निर्देशन र छायाँकन पन्थले नै गरेका हुन् । जिन्दगानी दर्पण छायाँ पन्थलाई कोषेढुङ्गा सावित भयो । युवा पुस्ताको रोजाइमा परेको चलचित्र डिर्भोस पनि उनले नै बनाए । त्यस पनि उनकै लेखन छायाँकन र निर्देशन रहेको छ । उर्बसी चलचित्रमा पनि उनले लेखन, छायाँकन र निर्देशन गरेका हुन् ।
उनले जिन्दगानी दर्पणछाँया, उर्बशी, डिर्भोस र हाम्री चेल आफैले लेखन, छायाँकन र निर्देशन गरेका चलचित्र हुन् । पछिल्लो पटक गुल्मेली दाई पनि उनैले छायाँकन गरेका छन । फिल्ममा उनले नयाँपन र नयाँकलाकार खोज्छन् । नयाँ छायाँकनस्थल खोज्छन् । १५ वर्षको उमेरदेखि फिल्म क्षेत्रमा लागेका पन्थका फिल्मले बजार तताए । उनलाई फिल्म क्षेत्रमा कान्छो छायाँकार, फुच्चे निर्देशक समेतले पनि चिन्छन । त्यस्तै पन्थले चर्चित डकुुमेन्ट्रीहरू नर्सिङ, अन्टारटिका पहिलो पटक पुग्ने नेपाली भुवनसिंह विश्वकर्माको अन्टारटिकामा नेपाली माटो, तिनाउ नदीको तिर, लुकेको स्वर्ग, क्रिस कान्छा लगायत सयौ वृत्तचित्र उनले बनाएका लोकप्रिय छन् । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा ठूूलो रुपमा आर्थिक फड्को मार्न नसके पनि नाम भने कमाइयो । म यहीँ क्षेत्रबाट सन्तुष्ट छु । भारतबाट पनि छायाँकनका लागि मलाई अफर आयो तर, म गइन । देशमै केही गरी कलाक्षेत्रको विकासमा लागे ।’
उनले निर्माण गरेका हरेक फिल्म श्रीनगर फिल्म प्रोडक्सबाट बनेका हुन् । उनीसँग अझै पनि धेरै स्क्रिटहरू छन् । उनले बनाएका अझै केही फिल्महरू प्रदर्शनमा आउने तयारीमा पनि छन् । उनी भन्छन्, ‘राजधानी काठमाडौं मात्र होइन हरेक क्षेत्रमा बुटवल सक्षम छ । यहीँ उत्कृष्ट चलचित्र देखि गीत भिडियो र वृत्तचित्र पनि छायाँकन हुन्छ ।’
उनले थपे, मैले दर्जनौं फिल्म, सयाैं डकुमेन्ट्री र १ हजार ५ सय भन्दा बढी गीत यहीँ सुटिङ गरे । लगाव र दृढ इच्छाशक्ति र समय अनुसार आफूलाई परिमार्जन गर्दै जान सके सबै क्षेत्रमा सफल भइन्छ । यहीँ सबै सम्भव छ । अहिलेको स्थितिमा मोफसलमा सबै फिल्मका काम हुन्छन् ।’
छायाँकन संगै उनले इडिटिङदेखि वेभसिरिज पनि पन्थ आफै गर्छन । पन्थले नै बनाएको मीना केसीको तीजगीत वर्ष दिनको तीज उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको थियो । एनलक क्यामेराबाट शुरू भएको उनको छायाँकन डिजिटल सिने क्यामेरासम्म आइपुगेको छ । अहिलेको प्रविधि अनुुसारको डिजिटल प्रविधिका उपकरण सबै उनीसँग छन । उनी यतिमा सन्तुष्ट हुँदैनन् । नयाँ प्रविधिको क्यामेरा आए त किनिहाल्छन् । उनले प्रत्येक वर्ष नयाँ नयाँ क्यामेरा थपेकै हुन्छन् । छायाँकनमा गर्न क्यामेराको एंगल र लाइटमा बढी ध्यान दिनुपर्ने पन्थ बताउँछन् ।
उनीसँग धेरैले फोटोग्राफी र भिडियोग्राफी सिक्नेहरू पनि आउँछन । धेरैले उनीबाट फोटोग्राफी पनि सिकेर विभिन्न क्षेत्रमा काम पनि गरिरहेका छन् । पछिल्लो पटक उनले नेशनल फिल्म बक्स अफिस म्यूजिक अवार्डबाट एवं म्यूजिक भिडियो निर्देशक एवं सम्पादकका रुपमा समेत सम्मानित भएका छन् । जुुन कार्यक्रम थाइल्याण्डमा सम्पन्न भएको थियो । उनीसँग २०/२२ वर्ष अगाडि आफैले खिचेका नेताहरूदेखि बुटवल शहरका पुुराना तश्विरहरू पनि सुुरक्षित छन् । ति तश्विरहरू प्रदर्शन गर्ने सोच पनि बनाएका छन् । आउँदो माघमा रुपन्देहीमा चलचित्र महोत्सव पनि हुँदैछ । त्यसको स्थानीय स्तरको समितिका अध्यक्ष पनि हुन पन्थ ।
उनीले श्रीनगर अनलाइन मिडिया पनि सञ्चालनमा ल्याएका छन् । उनी सम्झिन्छन्, ‘म अहिलेको स्थानमा आउन जीवनसंगिनी कमला तिवारी र घरपरिवारको ठूलो साथ र सहयोग रहयो ।’ उनीसँगै बुटवलमा पछिल्लो समय चार/पाँच वटा स्टुडियोहरू व्यवसायिक रुपमा काम भिडियो र फोटोको काम गरिरहेका छन् ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...