साताको शेयर बजारमा २ अर्ब ५६ करोडको कारोबार

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ ।

साताभर नै बजारले उकालोको यात्रा तय गर्‍यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर २ अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ मूल्यमा खरिदबिक्री भए ।


Advertisement

कारोबारका आधारमा २ अर्ब माथि पुगेको यो धेरै पछि हो । 

पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा शेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोबारको शुरूआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो ।


Advertisement

साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ विन्दुले बढेर १ हजार १३५.३७ विन्दुमा पुगेको थियो । कूल १७१ कम्पनीका ९ लाख ८७ हजार ७३९ कित्ता शेयर २८ करोड ७५ लाख २७ हजार ८२५ रुपैयाँ मूल्यमा खरिदबिक्री भए । 

साताको दोस्रो दिन सोमवार नेप्से १३.५१ विन्दुले बढेर १ हजार १४८.८९ मा पुग्यो । सो दिन कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर ४६ करोड ४२ लाख २० हजार ३९२ रुपैयाँ मूल्यमा खरिदबिक्री भए । 

उकालोको यात्रा तय गरेको नेप्सेले मंगलवार पनि सोही गति पछ्यायो । सो दिन नेप्सेमा २.४८ विन्दुले सुधार भई १ हजार १५१.३६ विन्दुमा पुग्यो । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर ५० करोड ३ लाख २८ हजार ९१५ रुपैयाँ मूल्यमा खरिदबिक्री भए । 

बुधवार नेप्से परिसूचक १० अंकले बढ्यो । कूल १०.११ अंकले बढेर १ हजार १६१.४७ मा नेप्से पुग्दा कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर ५५ करोड १३ लाख ७७ हजार ८५२ रुपैयाँमा खरिदबिक्री भए । 

साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भई बजार बन्द भयो । सो दिन नेप्से ११.१७ अंकले बढेर नेप्से १ हजार १७२.६४ पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि बढोत्तरी भयो । कूल १६८ कम्पनीका २१ लाख २ हजार ६१ कित्ता शेयर ७६ करोड ४० लाख २५ लाख २१३ रुपैयाँमा खरिदबिक्री भए ।

कमेन्ट गर्नुहोस्