माछापोखरीमा ३०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भ पारेर नेपाल मेडिकल व्यवसायी संघले शनिवार माछापोखरीमा आयोजना गरेको स्वास्थ्य शिविरबाट झण्डै २९५ जनाले स्वास्थ्य सेवा लिएका छन् । 

शिविरमा आएका व्यक्तिको रगत, रक्तचापलगायत परीक्षण गरी विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको संघका उपाध्यक्ष विश्व शेरचनले जानकारी दिए । स्वास्थ्य शिविरको राष्ट्रियसभा सदस्य उदया शर्माले उद्घाटन गरेका थिइन् ।


Advertisement

स्वास्थ्य परीक्षणका क्रममा वैदेशिक रोजगारी वा स्वदेशमै भएपनि स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने उपायबारे परामर्श दिइएको थियो । 

आप्रवासी कामदार दिवस–२०१९ को सन्दर्भ पारेर विश्वभर प्रवासी कामदाको हकहितका विषयमा विविध कार्यक्रम गरिँदैछ । नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।


Advertisement

संयुक्त राष्ट्रसंघीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर २ का दिन आप्रवासी कामदार दिवस मनाउने गरिन्छ ।

आप्रवासी कामदार सप्ताहको अवसर पारेर शनिवार नेपाल स्वास्थ्य व्यवसायी संघले काठमाडौंको माछापोखरीमा स्वेदश तथा विदेशमा रहँदा स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने तरिकाबारे जानकारी दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

कमेन्ट गर्नुहोस्