दशगजामा भारतले राख्यो चौकी

फाइल तस्वीर

सीमा जडिएको पश्चिम नवलपरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेकपोस्ट स्थापना गरेको छ । 

दशगजा क्षेत्र जेपाल-भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भएपनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियमविपरीत स्थापना गरेको हो । 


Advertisement

भारतको उत्तर प्रदेश र बिहारसँग जिल्लाको सीमा जोडिएको छ । 

पाल्हीनन्दन गाउँपालिका-५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट निर्माण गरेको बताए । 


Advertisement

'अधिकांश स्थानमा दुवै पक्षबाट पालना गर्नुपर्ने नियम पूरा भएको छ,' उनले भने, 'एक/दुई स्थानमा दशगजा छुने गरेर अस्थायी पोस्ट भएको भेटिएपछि तत्काल हटाउन भनिएको छ ।' यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्