फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
प्रिय (डियर) लक्ष्मी, एक करोड यूएस डलर चिठ्ठा परेकामा बधाई छ’ भाइबरबाट यस्तो सूचना आएपछि नयाँ बानेश्वर निवासी लक्ष्मी राईका लागि खुसीको सीमा रहेन । भाइबर अपलोड गरेको हप्ता दिन नबित्दै यस्तो खबर पाउँदा सामान्य गृहिणी राईले आफ्नो भाग्य चम्किएको अनुभूति गरिन् । अज्ञात व्यक्तिको निर्देशन अनुसार, उनले चिठ्ठा रकम प्राप्त गर्न बैङ्क खाता खोल्नेदेखि राजस्व शुल्कका नाममा एक लाख भारु आईएमई गरी भारत पठाइन् ।
यतिको शुल्क तिर्दा पनि चिठ्ठा वापतको रकम पाउनु त कता हो कता उल्टै खातामा रहेको रकमसमेत अर्कैले निकालेको चाल पाएपछि भने उनका लागि भाइबरमा आएको सूचना खुसीमा नभई पीडामा परिवर्तन भयो ।
त्यस्तै मखनमा सैलुन पसल सञ्चालन गर्दै आएका प्रवीन ठाकुरलाई पनि तीन महिनाअघि इमोबाट यस्तै सूचना आयो । अज्ञात व्यक्तिले अङ्ग्रेजी भाषामा पठाएको सूचना पढ्न उनले अर्कैको सहयोग लिनुपर्ने बाध्यता पर्यो । इमोको सूचना अनुसार ठाकुरलाई सुरुमा एक सय डलर जम्मा गर्न लगाइएको थियो । उनले भने, 'पसलको भाडा तिर्न बाँकी राखी एक सय डलर बेलायतमा रहेको अज्ञात व्यक्तिलाई आईएमई गरी पठाइदिएँ ।'’
त्यसपछि पनि चिठ्ठाको रकम भारतमा रोकियो भनेपछि सोही निर्देशन अनुसार थप ५० हजार भारु मुम्बईमा रहेको अर्को व्यक्तिलाई आईएमई गरी पठाइदिए । चिठ्ठा कुर्दा कुर्दै ऋण लाग्यो तर नगद आएन । पीडित ठाकुर भन्छन्, 'नमज्जाले ठगिएछु ।' सामाजिक सञ्जाल भाइबर, वाट्सएप, इमो, फेसबुक र इमेल प्रयोग गरी अनलाइन चिठ्ठाका नाममा शान्ति राई र प्रवीन ठाकुरजस्तै १४ जना पीडितहरू आफू ठगिएको उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुगेका छन् ।
अपराध महाशाखाका अनुसार, चिठ्ठा ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ । यो समूहले यसअघि कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याक गरी चार करोडभन्दा बढी रकम झिकेको थियो । विशेष गरी सामाजिक सञ्जालबाट साथी बन्नेहरू बढी ठगिएका छन् ।
महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जाल तथा अनलाइन ठगीको अनुसन्धान गर्दै जाँदा कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याकिङमा संलग्न थप अर्को समूह पक्राउ गरिएको जानकारी दिए । यो समूहको पक्राउसँंगै बैङ्क ह्याकिङका मुख्य योजनाकार पिटर भन्ने नाइजेरियाली नागरिक पिटर हरमान असङ्गा र ब्रिटिस नागरिक स्मिथ मोरिसको पहिचान भएको छ । उनीहरूले नेपाल तथा भारतमा ‘एजेन्ट’ नियुक्त गरी अनलाइन ठगी र बैङ्क ह्याकिङ गर्दै आएका छन् ।
पक्राउ पर्नेहरूमा पिटरका सहयोगी ठमेलमा होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गर्दै आएका दोलखा फुलपाका रमेश खड्का, नवलपरासी रामग्रामका विश्वेश्वरप्रसाद तिवारी र सन्दिप कलवार छन् । यसअघि बैङ्कको लाहान शाखा प्रमुख सुनील झासहित १२ जना पक्राउ परेका थिए । अभियुक्त खड्का र पिटरबीचको सम्बन्ध १० वर्ष पुरानो भएको अनुसन्धानले देखाएको छ । फूटबल खेलाडीका रूपमा नेपाल प्रवेश गरेका पिटरले अभियुक्त खड्का र यसअघि पक्राउ परेका लवाङ तामाङ र सञ्जय घलेको सहयोगमा पाँच करोड झिकेका थिए ।
१० वर्षको अवधिमा धेरै सर्वसाधारणलाई ठगी गर्नुका साथै बैङ्क अफ काठमाण्डु, प्रभु, हिमालय, सनराइज, सिटिजन्स, नबिल, लुम्बिनी, माछापुच्छ्रे, नेपाल बङ्गलादेश, ग्लोबल, एनआईसी, एनएमबी, सिद्धार्थ, लक्ष्मी र एसबीआई गरी १६ बैङ्क ह्याकिङ गरेको हुनसक्ने थापाको भनाइ छ । तर बैङ्क सञ्चालकहरू भने ग्राहकको नभई बैङ्ककै रकम ह्याकिङ भएको भन्दै घटनाको ढाकछोप गर्न उद्यत छन् ।
महाशाखाले अनलाइन ठगीमा संलग्न अभियुक्तले बैङ्कको भन्दा व्यक्तिको खाताबाट रकम ह्याक गरी चोरी गरेको जनाएको छ । पिटर र स्मिथका सहयोगी खड्का, तिवारी, कलवार, लवाङ र घलेलगायत ३४ जना नेपाली एजेण्टले परिचित व्यक्तिसँंग सञ्जाल विस्तार गरी नयाँ खाता खोल्न लगाउने तथा खोलिएका खाता नम्बर सङ्कलन गर्दै आएका छन् । पक्राउ परेका खड्का, तिवारी र कलवारको संलग्नतामा १४ करोड ६७ लाख ९१ हजार रुपियाँ शङ्कास्पद ढङ्गले कारोबार भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...