×

NMB BANK
NIC ASIA

विद्यालयले हाजिर नगराएपछि तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका एक स्थायी शिक्षकलाई आइतवार हाजिर गराएको छ । प्रा.वि. तहका स्थायी शिक्षक जीवन पोखरेललाई तिलोत्तमा नगरपालिकाले मंसिर ८ गते पशुपति मावि, कोटिहवामा पदस्थापन गरेको थियो । 

Muktinath Bank

तर सो विद्यालयले अपाङ्गताको कारण देखाउँदै हाजिर गराएको थिएन । पोखरेल दृष्टिविहीन हुन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले मंसिर २ गते स्थायी नियुक्ति दिँदै उनलाई तिलोत्तमा नगरपालिका पठाएको थियो । तिलोत्तमा नगर शिक्षा समितिको बैठकले पशुपतिमा रिक्त दरबन्दीमा पोखरेललाई पदस्थापन गर्ने निर्णय गरेको थियो । नगर शिक्षा समितिको निर्णयअनुसार उनी हाजिर हुन विद्यालय पुगे पनि विद्यालय प्रशासनले व्यवस्थापन समितिको निर्णय भन्दै हाजिर गराएको थिएन । विद्यालयले हाजिर नगराई बेवास्ता गरेपछि उनी चौरमै बसेर घर फर्किँदै आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाको शिक्षा शाखाले हाजिर गराउन विद्यालयलाई पत्राचार गरे पनि त्यसलाई विद्यालयले वास्ता नगरी जवाफ पठाएको थिएन । आइतवार शिक्षा समिति संयोजक तथा नगर प्रमुख बासुदेव घिमिरे र समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्य विद्यालयमैं पुगेर निर्देशन दिएपछि पोखरेलले  हाजिर गर्न पाएका हुन् । विद्यालय जान थालेको २१ दिनपछि शिक्षक पोखरेललाई हाजिर गराइएको उप–सचिव गंगाराम आचार्यले बताए ।  


Advertisment
Nabil box
Kumari

पोखरेलले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका हुन् ।’ प्रचलित नियमअनुसार मात्र होइन मानवीयताको कारण पनि हाजिर गराउनुपर्थ्यो । त्यसो नभएपछि हामीहरू आफैं विद्यालय पुगेर हाजिर गरायौं । पदस्थापन गरिएका शिक्षकलाई हाजिर नगराउने कामलाई कदापी राम्रो मानिँदैन,' उनले भने । संविधानअनुसार मावि तहसम्मको शैक्षिक अधिकार स्थानीय तहमा छ । 

Vianet communication
Laxmi Bank

शिक्षक सेवा आयोग पास गरेका दक्ष र क्षमतावान शिक्षकलाई विद्यालयले अपाङ्गतालाई नै कारण बनाएर हाजिर गर्न नदिएकाले यो विषयमा आफूहरूको ध्यानाकर्षण भएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । पदस्थापनलगत्तै निकै हर्षित भएर स्कुल पुगे पनि पोखरेललाई प्रधानाध्यापक वेदनारायण भट्टराईले हाजिर गर्न दिएनन् । अपाङ्गता भएका कारण आफ्नो विज्ञतालाई बेवास्ता गरेकामा पोखरेलको दुखेसो छ ।

’म कसैको दयामायाले शिक्षक सेवा आयोग पास गरेको होइन । मेरो क्षमता र दक्षतामाथि नै आँच पुग्ने गरी अपमानित गर्दा म निकै दुःखी छ । भोलि अर्को स्कूलमा सर्न सकिन्थ्यो होला तर मलाई राज्यले नियुक्ति गर्दा पनि हाजिर हुन दिइएन,’ पोखरेलले भने,’ आज नगरपालिकाको पहलमा हाजिर हुन पाउँदा न्याय पाएको महसूस गरेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x