नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध

यही २०७६ साल पुस ४ गते हुने भनिएको नाडाको २०औं अध्यक्षलगायत केन्द्रीय कार्यसमितिको निर्वाचन निर्विरोध रूपमा सम्पन्न हुने निश्चित भएको छ ।

नाडाले अनुसार २०७६ साल मार्ग २९ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने मिति तोकिएको थियो ।


Advertisement

उक्त निर्वाचनका लागि अध्यक्ष पदमा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालको मात्र उम्मेदवारी परेकाले कृष्णप्रसाद दुलाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा १७ जनाको उम्मेदवारी दर्ता भएकोमा ३ जना उम्मेदवारले आफनो उम्मेदवारी फिर्ता लिएको अवस्थामा १४ जना केन्द्रीय कार्य समितिका सदस्यहरूको पनि निर्विरोध निर्वाचित हुने अवस्था बनेको हो ।


Advertisement

नाडाको ४ वटा संस्थागत सदस्यहरूको पनि निर्विरोध उम्मेदवारी परेको नाडाले जानकारी दिएको छ ।

नाडाको अब बन्ने केन्द्रीय कार्यसमिति यस प्रकार हुनेछ । नाडाको विधानअनुसार पदाधिकारीहरूको चयन ४३औं वार्षिक साधारण सभापछि बस्ने पहिलो केन्द्रीय कार्य समितिको बैठकले गर्नेछ

  
अध्यक्षको उम्मेदवार
१. कृष्णप्रसाद दुलाल, पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.

संस्थागत सदस्यको उम्मेदवार
१. ऋषि कुमार ढकाल, हेटौंडा अटोमोबाईल्स एसोसिएसन
२. ध्रुव बहादुर थापा, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन
३. नवराज डल्लाकोटी, चितवन अटोमोवाईल्स एसोसिएसन
४. सुवास आचार्य, मोरङ अटोमोबाईल डिलर्स एसोसिएसन

निर्विरोध निर्वाचित भएका साधारण सदस्यहरू :

१. करण कुमार चौधरी, के.एम.सि.अटोमोबाईल्स
२. आकाश गोल्छा, जि.ओ.अटोमोवाईल प्रा.लि.
३। सुनिल रिजाल, भावना विजनेश लिंक प्रा.लि.
४. अनुपकुमार वराल, नारायणी अटो विजनेश प्रा.लि.
५. सुरेन्द्र कुमार उप्रेती एस ट्रेडिङ कन्सर्न 
६. विक्रम सिंघानीया, गणपति टायर इन्टरनेशनल
७. राजनबाबु श्रेष्ठ, सिप्रदी ट्रेडिङ प्रा.लि.
८. अभिक ज्योति, नेपाल जनरल मार्केटिङ
९. मिलन बाबु मल्ल, रिसिक अटोमोवायल्स प्रा.लि
१०. दिपक कुमार अग्रवाल, जगदम्वा मोर्टस प्रा.लि.
११. निराकार श्रेष्ठ, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.
१२. सुरज भटट्टराई, आई एम ई मोटर्स प्रा.लि
१३. पंकज अग्रवाल, डि सी बि एण्ड ट्रेडर्स 
१४. निलमणि पाठक(राम), त्रिशूल अटोमोबाइल्स ट्रेडर्स
 

कमेन्ट गर्नुहोस्