सडक यात्रामा नागरिककाे जीवनको रक्षा गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनाका घाइतेको उचित उपचारको माग गरेको छ।

आइतबार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।


Advertisement

 केन्द्रीय कार्यसमितिको  बैठकले गत कात्तिक र यही मंसिरमा बाग्लुङ, सुनसरी, अर्घाखाँची, सिन्धुपाल्चोकलगायत जिल्लामा भएका सडक दुर्घटनामा परी पाँच दर्जनभन्दा बढी व्यक्तिको निधन भएको साथै सडक दुर्घटनामा देशव्यापीरुपमा मृत्युको तथ्यांक बढेको भन्दै  चिन्ता व्यक्त गरेको छ।

यस्तो अवस्थामा सडक यात्रामा नागरिक जीवनको रक्षा गर्नुपर्ने सरकार कहाँ छ भन्ने प्रश्न उब्जिएको बैठकले उल्लेख गरेको छ ।


Advertisement

 
 
  
 

कमेन्ट गर्नुहोस्