कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको बताउछन ।
एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटानमा ३८ परिवारले आफूसित भएको खेतमा तरकारी फलाएर भीमदत्तनगर बजार, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएका छन ।
गत वर्ष तरकारीबाट रु दुई लाख आम्दानी भएको बताउँदै तुलसीरामले तरकारीबाटै आएको आम्दानीले माइलो छोरा कपिललाई भीमदत्तनगरमा इन्जिनीयरिङ विषय पढाइरहेको बताए । “जेठो छोरा मजदुरीका लागि वैदेशिक रोजगारीमा छ”, उनले भने, “माइलो र कान्छो छोरोको खर्च तरकारी बेचेरै टरेको छ ।”
उनले अहिले काउली, बन्दा, हरियो खुर्सीनी, बैगुन र रायोलगायतका तरकारी फलाएको बताए । “वर्षमा हिउँदे र लहरे गरी दुई पटक तरकारी खेती हुन्छ”, रानाले भने, “विगत वर्षको तुलनामा तरकारीले राम्रो मुल्य पाउँदै गएको छ ।”
विसं २०६१ देखि चार कठ्ठा बारीमा तरकारी खेती गर्दैआएका उनले तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट दुई पटक गरी रु १ लाख २० हजार अनुदान रकमसमेत पाएको बताए । “कृषि कार्यालयको सहयोगले पनि व्यावसायिक खेती गर्न प्रेरणा मिल्यो”, उनले भने, “समयक्रम अनुसार आधुनिक प्रणालीबाट खेती पनि गरिरहेका छौँ ।”
तरकारी जोगाउन खेतमै बास
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका नयाँ कटानका किसानहरुलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन भने सकस छ । निकुञ्जबाट आउने चित्तल, बँदेल र तुम्लीलगायतका वन्यजन्तुले बाली खाएर हैरान गरेको किसानहरुको भनाइ छ ।
त्यसैगरी तीन बिघा जमीन भएका स्थानीय नाथुरामले करिब दश कठ्ठा खेतमा तरकारी फलाएका छन । विसं २०६३ देखि तरकारी खेती गर्दै आएका नाथुरामले तरकारी जोगाउन हरेक वर्ष समस्या हुने गरेको बताए। “धान काटिसकेपछि मलाई गत भदौ महिनादेखि खेतमै बास बस्नुपर्ने बाध्यता छ”, तरकारी खेतको बीचमा बनाएको झोपडी देखाउँदै उनले भने, “झोपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।”
सो बस्ती क्षेत्रमा करिब सात सय मिटर क्षेत्रमा निकुञ्जको तारजाली नलगाइएका कारण वन्यजन्तु बस्ती पस्ने गरेको उनको भनाइ छ । उनले पनि जेठी छोरीलाई क्याम्पसमा कृषि विषय पढाइरहेको बताए । “रोजगारी पाउन यहाँ गाह्रो छ”, उनले भने, “बेरोजगार बस्नुभन्दा आफ्नै खेतबारीमा मेहनत गर्लान् भनेर कृषि विषय पढाउने निधो गरेँ ।”
निकुञ्जले सो क्षेत्रमा वन्यजन्तु आउन नदिन तारजाली र पक्की पर्खालसमेत बनाउँदै आएको छ । “बीचको भागमा पनि तारजाली बनाइदिएको भए खेती गर्न ढुक्क हुनेथियो”, रानाले भने, “मध्यवर्ती क्षेत्र भएकाले उपभोक्ता समितिमार्फत तारजाली जडान गर्न माग गरेका छौँ ।”
उनले भारतीय तरकारी आयातले यहाँका किसानहरुको उत्पादन खपतमा समय–समयमा समस्या हुने गरेको बताए । “अहिले भारतको तरकारी आयात कम हुँदा किसानले उचित मूल्यमा सहजै तरकारी बिक्री गर्न सकिरहेका छन”, उनले भने, “स्थानीय उत्पादनको खपतमा पनि ध्यान दिनु आवश्यक छ ।”
त्यसैगरी गाउँमा रहेको राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले होमस्टे (घरबास) सञ्चालन गर्ने स्थानीयवासीहरुले पनि तरकारी खेती गरिरहेको बताए । “होमस्टेमा आउने पाहुनाहरुले पनि ताजा तरकारी उपभोग गर्न पाउँछन”, सचिव रानाले भने, “विगतको भन्दा तरकारीको खपत यहाँ बढ्दै गएको छ ।” – शेरबहादुर सिंह/रासस
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...