बेमौसमी झरीले इँटा सखाप

प्रतिकात्मक तस्वीर

दुई दिन परेको सिमसिमे पानीले यहाँ पोल्न ठिक्क पारिएका काँचो इँटामा क्षति पगेको छ । जिल्लामा १८ वटा इँटा भट्टा छन् । 

नेपाल इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही उद्योगले इँटा बनाएर सुकाएका थिए भने केहीले पोल्न भट्टीमा राखेका थिए । त्यसै समयमा पानी परेपछि इँटा बिग्रिएको हो । काँचो माटोमा पाँगो मिसिएकाले माटोसमेत पुनः प्रयोगमा नआउने उनले बताए ।


Advertisement

पानीका कारण कम्तीमा रु दुई करोड नोक्सान भएको सापकोटाको भनाइ थियो । बल्ल तल्ल जुटाएको  माटो र मजदूर फेरि जुटाउनुपर्ने उनको भनाइ छ ।

नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहेका सापकोटाले पानीले चितवनदेखि पश्चिमतर्फका जिल्लामा रहेका इँटा भट्टामा नोक्सान पुर्‍याएको जानकारी दिए । नेपालमा एक हजार २५० हाराहारी इँटा उद्योग छन् । 


Advertisement

कमेन्ट गर्नुहोस्