नेकपाको स्थायी कमिटी बैठक शुरू, प्रत्येक सदस्यलाई २० मिनेट बोल्न दिइने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन सोमवार अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरू भएको छ । 

पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेछन् । आइतवारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार गरेको प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्दै सरकार र पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिएका थिए ।


Advertisement

प्रतिवेदनमा राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका कामकारवाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन र पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय उल्लेख छ । 

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावसमेत पेश गरेका थिए ।


Advertisement

प्रत्येक सदस्यलाई २० मिनेट बोल्न दिइने 

स्थायी कमिटीको बैठकमा सदस्यहरूलाई बढीमा २० मिनेट बोल्न दिइने भएको छ । यसअघि १० मिनेट दिइएकोमा भीम रावल लगायत नेताहरूले समय कम भएको भन्दै आपत्ती जनाएका थिए ।

स्थायी समिति सदस्यहरूको असन्तुष्टिपछि बोल्ने अवधि १० मिनेट थपेर २० पुर्‍याइएको हो ।

कमेन्ट गर्नुहोस्