×

NMB BANK
NIC ASIA

नेकपा स्थायी कमिटीमा नेता साह– ‘जनजीविकाबाट सरकार बिमुख हुँदा अलोकप्रियता बढ्यो’

मंसिर ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनताको जनजीविकाका दैनिक समस्या समाधान नगर्दा सरकार र पार्टीप्रति जनताको विश्वास घट्दै गएको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पहिलो दिनको छलफलमा भाग लिँदै सदस्यहरूले जनताका दैनिक समस्यामा समाधानकेन्द्रित हुन सरकार र पार्टीको ध्यानाकर्षण गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थायी समिति सदस्य गणेश साहले सरकार र पार्टीबीच समन्यय हुन नसक्दा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए । 


Advertisment
Nabil box
Kumari

‘सरकारले ठूला ठूला आयोजना र परियोजनाको कुरा त गरेको छ तर जनताका दैनिक सरोकारका विषयमा ध्यान नदिँदा सरकारको लोकप्रियता खस्किएको छ,’ साहले बैठकमा भने, ‘सरकार र पार्टीबीच समन्वय गरेर जनजीविकाका मुद्दा सम्बोधन गरेमा सरकारको लोकप्रियता बढ्छ ।’

Vianet communication
Laxmi Bank

धूलोधूवाँ र महंगीबाट सर्वसाधारण आजित भएको भन्दै उनले जनसरोकारका विषयमा ध्यान दिन आग्रह गरे ।

नेता साहले पार्टीलाई विधिसम्मत् ढंगले सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए । ‘एक वर्षसम्म स्थायी समिति नबस्दा पार्टीमा कस्तो कूप्रभाव पर्यो ? यसबारे समीक्षा गर्न जरुरी छ,’ नेता साहले भने । 

सोमवारको बैठकमा वामदेव गौतम, अष्ठलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देवेन्द्र पौडेल, पम्पा भुसाल र  देव गुरुङले धारणा राखेका छन् । 

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेद र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि मंगलवार पनि छलफल जारी रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x