×

NMB BANK
NIC ASIA

राजधानीको सकस

राजधानीको प्रस्तावले ल्याएको तरंग : सर्ला त बुटवलबाट प्रदेश राजधानी ?

पुस १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस समितिले प्रदेशको नाम लुम्बिनी र राजधानी रुपन्देहीको पश्चिम क्षेत्र, कपिलवस्तु र दाङ सिफारिस गर्ने गरी प्रतिवेदन तयार पार्‍यो ।

Muktinath Bank

समितिका एक सदस्यले प्रतिवेदन संसद सचिवालयमा नबुझाउँदै प्रतिवेदनमा समावेश प्रस्तावहरू मिडियासामु बोलेपछि यस क्षेत्रमा प्रदेश राजधानीका विषयमा तरंग नै फैलियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानी बुटवलमा अन्यत्र जाने त होइन ? साँच्चै बुटवलबाट सर्ला त प्रदेशको राजधानी ? राजधानी र नामाकरणको विषयमा सांसदले नै गोटी फालेपछि बुटवलका स्थानीदेखि राजनीतिक दलसम्म स्थायी राजधानी कहाँका होला भनेर चासो व्यक्त गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

समितिले जहाँसुकै प्रस्ताव गरेपनि राजधानी र नामाकरणको अन्तिम टुंगो लगाउने अधिकार प्रदेश सभालाई नै छ । प्रदेशको नाम ‘लुम्बिनी’ सबैलाई स्वीकार गर्ने देखिएपनि साविक लुम्बिनी अञ्चलदेखिका सांसदको बुटवल र पश्चिमी जिल्लाका सांसदको दाङ राजधानी हुनुपर्ने दाबी रहँदै आएको छ ।

Vianet communication
Laxmi Bank

समितिले डेढ वर्ष लगाएर तयार पारेको अन्तिम प्रतिवेदन सोमवार प्रदेशसभा सचिवालयमा बुझाएको छ । प्रदेश अन्तर्गत पर्ने १२ वटै जिल्लामा पुगेर लिइएका राय सुझाव, विज्ञहरू सम्मिलित समितिले दिएको सुझाव र हालै भएको भारतको चण्डीगढको अध्ययनलाई समेटेर प्रतिवेदन तयार गरिएको प्रतिवेदन सचिवालयमा बुझाएको समितिका सभापति दिपेन्द्रकुमार पुनले लोकान्तरलाई जानकारी दिए । 

समितिमा विज्ञ सहितका सुझाव समावेश गरिएको बताए । ‘प्रतिवेदन सभामा पेश भएपछि विस्तृत विवरण आउँछ । अहिले सबै कुरा सार्वजनिक गर्न मिल्दैन,’ उनले भने । संविधानको धारा २९५(२) मा प्रदेशको नामाकरण सम्बन्धित प्रदेश संसदको दुईतिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । धारा २८८(२) मा सरकारले तोकेको अस्थायी केन्द्र (हालका मुकाम) लाई प्रदेश सभाको दुईतिहाइ बहुमतले परिवर्तन गर्न पनि सक्ने व्यवस्था छ ।

हल्लाका पछाडि नलागौं : सरकारका प्रवक्ता

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश राजधानी र नामाकरणको विषयमा सरकार प्रवेश नै नगरेको बताए । ‘मिडियामा प्रदेशको नाम र राजधानीको विषय टुंगो लाग्यो भन्ने जस्तै गरी समाचार आए,’ चौधरीले भने, ‘राजधानी र नामाकरण प्रदेश सभाले टुंग्याउने विषय हुन् । प्रदेश सभाको बैठक बसेपछि प्रतिवेदनमाथि छलफल होला । अहिले यो विषय कहीँकतैबाट आएको छैन ।’ 

बुटवलबाट राजधानी सर्दैन : सांसद श्रेष्ठ

प्रदेश सभाका नेकपा सांसद भोजप्रसाद श्रेष्ठले बुटवलमा राजधानी कुनै हालतमा पनि सर्न नसक्ने बताएका छन् । बुटवल सबै क्षेत्रबाट राजधानीका लागि उपयुक्त रहेको भन्दै कसैले भ्रम सिर्जना गर्न बोल्दैमा राजधानी बुटवलबाट यताउता हुनै नसक्ने बताए । ‘बुटवल बढी भीडभाड भयो भनेर राजधानी सार्ने भन्ने हँुदैन ।  काठमाडौं भीड भयो भनेर अब सगरमाथाको टुप्पोमा लाने ? यो हुन सक्दैन,’ श्रेष्ठले भने । शिक्षा, स्वास्थ्य, यातायात लगायतको सुविधा हुन्छ त्यहीँ राजधानी हुने श्रेष्ठको भनाइ छ । 

राजधानी सार्न सम्भव छैन : पोखरेल 

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा बुटवलका स्थानीय टंक पोखरेलले बुटवलबाट राजधानी अन्यत्र सार्न असम्भव जस्तै भएको बताए । ‘समितिले प्रस्ताव गरेको ठाउँमा प्रस्ताव लोलोपोतो देखिन्छ । यहीँ ठाउँ भन्ने भनिएको छैन,’ पोखरेलले भने, ‘राजधानी सार्न दुईतिहाइ चाहिन्छ । त्यो सम्भव छैन । राजधानी बुटवल नै हुन्छ । कसैको हल्लाले सर्दैन ।’

राजधानी सार्न खोज्नु तातो आलु मुख हाल्नु जस्तै : अर्याल

बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले राजधानी बुटवलमा सार्नु अदुरदर्शी हुने बताए । ‘राजधानी यहाँबाट सार्न खोज्नु तालो आलु मुखमा हाले जस्तै हुन्छ । त्यो कल्पना गर्न पनि सकिँदैन । दूभाग्यपूर्ण हुन्छ । कुनै नयाँ ठाउँलाई शहरको रुपमा विकास गर्नका लागि राजधानी बनाइन्छ भन्ने हुँदैन,’ उनले भने । राजधानीका मन्त्रालय र प्रदेश सभाका कार्यालयका लागि निजी क्षेत्रले आफ्नौ भौतिक संरचना प्रदेश सरकारलाई उपलब्ध गराएका छन् ।

राजधानी सार्नु भन्ने कुरा झन्झट : विश्लेषक 

राजधानी जानकार तथा विश्लेषक मनिकर कार्कीले एक ठाउँमा स्थापित गरेर अगाडि बढिसकेको ठाउँमा अन्यत्र केन्द्र मुकाम सार्ने कुुरा झन्झटिलो हुने बताए । ‘राजधानी सार्न वाञ्छित छैन । शुरूमै यो विषय सकेर प्रदेशमा अगाडि बढेको भए हुन्थ्यो, अब संवेदनशील बनेर यो विषय टुंगो लगाएर अगाडि बढ्नुपर्छ,’ विश्लेषक कार्कीले भने । 

राजधानी सरे आन्दोलन

बुटवलका स्थानीय विसन पराजुलीले राजधानी बुटवलमा अन्यत्र जाने कुरा आए आन्दोलन हुने बताए । साविक प्रदेश ५ लाई विभाजन गर्ने षड्यन्त्रविरुद्ध यहाँ निस्किएको आन्दोलन जस्तै आदोलन चर्किने बताए ।

समितिले प्रतिवेदन तयार गर्न सक्यो झण्डै ६० लाख

विशेष समितिले प्रतिवेदन तयार गर्ने कामका लागि झण्डै ६० लाख रुपैयाँ खर्च गरेको छ । समितिले विभिन्न शीर्षकमा ५० लाख र गएको मंसिर २१ गते भारतको चण्डीगढमा ‘आइडिया’ लिन जाँदा ७ लाख रुपैयाँ लिएर गएको थियो । भारत भ्रमणमा समितिका १२ सदस्यीय टोली र ४ जना कर्मचारी गरी १६ सदस्यीय टोली १ हप्तासम्म बसेका थिए ।

मुख्यमन्त्री र महासचिव पौडेलको लडाइँ

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बुटवल साँघुरो भइसकेको भन्दै नयाँ ठाउँलाई राजधानी बनाउनुपर्ने बताउँदै आएका छन् तर बुटवलबाट निर्वाचित नेकपा महासचिव विष्णु पौडेले बुटवलबाट राजधानी सर्न नसक्ने बताउँदै आएका छन् । नेकपाकै २ नेताको आ–आफ्नै दाबीले राजधानीको विषयले अन्तिम रुप लिन नसकेको बुझिन्छ । प्रदेशवासीले राजधानीको विषय २ नेताको लडाइँ भन्ने बुझेका छन् । 

यस्तो छ अंकगणित

प्रदेश सभाका ८७ जना सांसदले राजधानी र नामाकरणको टुंगो लगाउने छन् । ८७ जना सांसद रहेको प्रदेश ५ मा दुईतिहाइ समर्थनका लागि ५८ जनाको समर्थन चाहिन्छ । प्रदेश नम्बर ५ मा नेकपाका ६१, कांग्रेसका १९, संघीय समाजवादी फोरम ५, राजपा र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद छन् ।

कुन जिल्लाबाट कति सांसद

जिल्लागत विवरण अनुसार नवलपरासी पश्चिममा ५ जना, रुपन्देहीमा १९ जना, कपिलवस्तुमा १२ जना, पाल्पामा ७ जना, गुल्मीमा ५ जना, अर्घाखाँचीमा ४ जना, प्यूठानमा ३ जना, रोल्पामा २ जना, रुकुम पूर्वमा ३ जना, दाङमा १० जना, बाँकेमा ९ जना र बर्दियामा ८ जना सांसदले प्रदेश सभामा प्रतिनिधित्व गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x