×

NMB BANK
NIC ASIA

उपनिर्वाचनमा लज्जास्पद हारपछि सीके राउतको अर्काे रणनीति : ‘मधेश नेतृत्व पुञ्ज’

पुस १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपनिर्वाचनमा भाग लिएर लज्जास्पद हार व्यहोर्दै मूलधारको राजनीतिमा प्रवेश गरेको जनमत पार्टीले मधेशवादी भनिने राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने रणनीति अगाडि ल्याएको छ ।

Muktinath Bank

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अध्यक्षतामा पर्साको वीरगञ्जमा मंसिर २७ देखि २८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकबाट नयाँ रणनीति तय गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रणनीति अनुसार छुट्टै खुला ‘लूज फोरम’ अर्थात् ‘मधेश नेतृत्व पुञ्ज’ गठन गरिएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिक ‘सानु’लाई ‘मधेश नेतृत्व पुञ्ज’को संयोजक बनाइएको छ ।


Advertisment
Nabil box
Kumari

मधेश आधारभूमि रहेका राजनीतिक दलहरू समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा लागेर असन्तुष्ट बनेका, उपेक्षामा पारिएका नेता तथा कार्यकर्तालाई एउटा छुट्टै मञ्च ‘मधेश नेतृत्व पुञ्ज’ उपलब्ध गराउने उद्देश्यले गठन गरिएको जपाका केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादव ‘स्वराजी’ बताउँछन् ।

Vianet communication
Laxmi Bank

‘मधेशवादी पार्टीमा लागेका इमान्दार तथा स्वच्छ छविका युवालाई एक ठाउँमा गोलवद्ध गराउन तथा मधेशको पक्षमा काम गर्नका लागि पुञ्ज गठन गरिएको हो । मधेश आन्दोलनमा लागेका आन्दोलनकारी युवाहरूलाई केन्द्रित गरेर पुञ्ज गठन गरिएको हो,’ यादवले भने, ‘त्यो एउटा छुट्टै संगठन हो, जसबाट युवा नेतृत्वको विकास गरिने छ । जनमत पार्टीमा आवद्ध हुन समस्या हुने तर छुट्टै लूज फोरममा आवद्ध भई कार्यक्रम सञ्चालन गर्न समस्या नहुने तथा तिनका मूल पार्टीले समेत रोक्न नसक्ने हुनाले पुञ्जको गठन गरिएको हो ।’

पुञ्चमा ४५ वर्षभन्दा कम उमेरका युवालाई समावेश गरिने लक्ष्य राखिएको छ । ४५ वर्षभन्दा माथिको उमेर समूहका नेता तथा कार्यकर्तालाई उच्च मर्यादा साथ जनमत पार्टीको विधान अनुसार गठन गरिएको ‘वरिष्ठ नेतृत्व मण्डल’मा राखिने यादवले बताए ।

आप्रवासी मधेशीमा जोड

जपाले आउँदो दिनमा आप्रवासी मधेशीमा समेत ध्यान केन्द्रित गरेर मधेशको मतदातालाई जपामा आकर्षित गर्ने अर्को रणनीति ल्याएको छ । त्यसका लागि गैरआवासीय मधेशी संघका केन्द्रीय अध्यक्ष बसन्तकुमार कुशवाहाको संयोजकत्वमा १९ सदस्यीय अन्तर्राष्ट्रिय समन्वय समिति (विदेश विभाग) समेत गठन गरेको छ । केन्द्रीय कमिटीले गठन गरेको विभागमा सुरेन्द्रनारायण यादवलाई उपप्रमुखको जिम्मेवारी दिएको छ ।

अमेरिकामा अभिषेक झा, यूएईमा विनोद पासवान, कुवेतमा धनवीर ठाकुर, अमेरिकामा धिरज साह, इन्द्रजित यादव, मलेशियामा कपिलेश्वर यादवलाई विदेश विभागको सदस्य बनाइएको छ । भारतमा डा. लोकेन्द्र यादव, साउदी अरेबियामा निर्मल मण्डल, अस्ट्रेलियामा डा. प्रमोद ठाकुर, रुसमा रविन्द्रकान्त मण्डल, यूकेमा राम राय, यूएईमा सञ्जय कर्ण, कतारमा शम्भुनाथ साह, सिंगापुरमा डा. श्याम महतो, भारतमा सुजितकुमार ठाकुर र साउदी अरेबियामा उपेन्द्र अधिकारी यादवलाई विदेश विभागको सदस्य बनाइएको छ । 

जनमत पार्टीका ४७ वटा देशमा संगठन रहेको केन्द्रीय सदस्य सञ्जय यादवले बताए । मधेशबाट वैदेशिक रोजगारीमा जानेको हकहितका लागि जनमत पार्टीले वैदेशिक विभागमार्फत काम गर्ने उद्देश्यले विभाग गठन गरेको उनले बताए ।

मधेशवादी दलले वैदेशिक रोजगारीमा रहेका आप्रवासी मधेशी नेपालीका लागि कुनै पनि काम नगरेको हुँदा जपाले त्यसतर्फ ध्यान केन्द्रित गरेको उनी बताउँछन् ।

उपनिर्वाचनको समीक्षा

गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनबारे जपाले केन्द्रीय कमिटीको बैठकबाट समीक्षा गरेको छ । चुनावमा सहभागी भएर जपाले मुलधारको राजनीति र लोकतान्त्रिक प्रक्रियामा एक सशक्त पाइला चालेको बैठकले ठहर गरेको उनले बताए । उपनिर्वाचनमा महोत्तरी जिल्लामा संगठन विस्तार गर्दै उत्कृष्ठ भूमिका निभाएको कारण पार्टीको केन्द्रीय कमिटीको बैठकबाट ‘स्टार परफर्मर अफ द क्वार्टर’ भन्दै सम्मानित समेत भएका यादवले भने, ‘हामीले विगतमा संगठन नै नरहेको १० वटा स्थानमा उम्मेदवारी दिँदा पार्टीले उत्साहजनक मत हासिल गरेको तथा चुनावी अनुभव समेत बटुल्नु ठूलो उपलब्धीको रुपमा रहेको निष्कर्ष निकालेका छौं ।’

आउँदो दिनमा हुने आमनिर्वाचनमा धेरै स्थानमा जीत हासिल गर्नका लागि अब युद्धस्तरमा संगठन विस्तार गर्ने रणनीतिका साथ विभिन्न ठाउँमा नै सशक्त उम्मेदवारको खोजी गर्ने, जनसम्पर्क बढाउँदै आवश्यक तयारी गर्दै जाने रणनीति बनाइएको छ ।

जनमत पार्टीको विद्यार्थी जनमत संघ, महिला जनमत संघ, मुस्लिम जनमत संघको संगठन विस्तारलाई तीब्रगतिमा अगाडि बढाउने निर्णय गरिएको छ । हरेक स्थानीय तहमा समेत आक्रामक ढंगले पार्टी सदस्यता वितरण अभियानलाई अगाडि बढाउने रणनीतिका साथ तदर्थ समिति गठन गर्दै प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

पुसदेखि फागुनसम्ममा जपाले मधेशका विभिन्न जिल्लाको १४ स्थानमा आमसभा गर्ने निर्णय समेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x