×

NMB BANK
NIC ASIA

सूर्य ग्रहणका कारण सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

पुस ९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १० गते बिहीवार गते बस्ने भनिएको केन्द्रीय समिति बैठक ११ गते शुक्रवार सारेको छ । 

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले सहमतिका लागि एकदिन थप गरिएको रूपमा बुझ्न आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सहमतिका लागि समय थप गरिएको छ,' उनले भने, '१० गते सूर्यग्रहण पनि छ । त्यसैले सहमतिमै बैठक ११ गते बस्ने भनिएको हो ।'


Advertisment
Nabil box
Kumari

१४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ र तरुणदलको नेतृत्वका बारेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद चर्किएपछि केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन । 

Vianet communication
Laxmi Bank

मंसिर २६ गतेदेखि बोलाइएको केन्द्रीय समितिको बैठकलाई वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूले निरन्तर बहिष्कार गर्दै आइरहेका छन् । 

पौडेल पक्षको बहिष्कारका बावजुद २६ र २७ गते २ पटक केन्द्रीय समिति बैठक बसेको थियो । त्यसपछि मंसिर ३० र पुस २ गते बोलाइएका बैठक स्थगित भएका थिए ।

त्यसयता सहमतिको प्रयासका दुवै पक्षका नेताहरू सम्मिलित लागि ४ सदस्यीय वार्ता समिति गठन गरियो ।

समितिमा सभापति देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता पौडेल पक्षबाट प्रकाशमान सिंह र दुई केन्द्रीय सदस्य दिलेन्द्र बडू र हृदयराम थानी रहेका छन् । 

उपसभापति निधिले केन्द्रीय समिति बैठकअघि नै मुख्य विषयमा द्विपक्षीय सहमति हुने दाबी गरेका छन् । 

'सहमतिका लागि दुवै पक्ष लचिलो देखिएको छ,' निधिको भनाइ उदृत गर्दै स्रोतले भन्यो, '११ गते केन्द्रीय समितिको बैठकअघि सबै विवादहरू समाधान हुने दिशातर्फ उन्मुख छन् ।'

वरिष्ठ नेता पौडेलले तरुण दल या नेविसंघमध्ये कुनै एकको सभापति माग गरेका छन् ।

नेविसंघको पुरानै संरचना ब्युँताउने भए ७ जना महामन्त्री राख्नुपर्ने र ३ आफूलाई चाहिने पौडेलपक्षले माग राखेको छ भने ४० प्रतिशत विभागको नेतृत्वको दाबी पनि पौडेल पक्षले गर्दै आइरहेको छ । 

देउवापक्ष भने महाधिवेशन कार्यतालिकाको बारेमा छलफल गर्न तयार देखिएको छ ।

'उहाँहरू महाधिवेशन कार्यतालिकाको बारेमा छलफल गर्न तयार छौं, भन्नुहुन्छ तर अन्य विवादमा प्रवेश नै गर्न चाहनुहुन्न । यसरी कसरी सहमति हुन्छ ?' पौडेलपक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग गुनासो गरे । 

देउवा पौडेलबीच छैन बोलचाल !

केन्द्रीय समितिको बैठक बहिष्कार गरेका पौडेललाई भेट्न मंसिर २८ गते सभापति देउवा पौडेलनिवास बोहोराटारमै पुगेका थिए । 

'सहमति कसरी हुन्छ त, खोज्नु परेन ? बैठक बहिष्कार गरेर मात्र सहमति हुन्छ ?' निधिलगायत केही नेतासहित बोहोराटार पुगेका देउवाले भेट्नेबित्तिकै पौडेललाई प्रश्न गरे । 

दुई नेताबीच वार्ता समिति बनाउने सहमति भयो । वार्ता समितिमार्फत समस्या समाधान गर्ने भन्दै देउवाले निधिलाई अघि सारे भने पौडेलले प्रकाशमान सिंहलाई अघि सारे, त्यसयता पौडेल र देउवाको संवाद भएको छैन । 

बुधवार लोकान्तरसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने, 'त्यसयता हामीबीच कुराकानी भएको छैन ।' 

पौडेलले वार्ता समितिमार्फत सबै कुरा हल हुने बताए । 'हामीबीच डाइरेक्ट कुरा किन हुनुपर्‍यो ? वार्ता समिति छ त !' पौडेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x