माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
पुस ९, २०७६
संघीय सरकारबाट समाजवादी पार्टीको बहिर्गमनसँगै धेरैको ध्यान राष्ट्रिय जनता पार्टी (राजपा) तिर सोझिएको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नै नियमित पत्रकार सम्मेलनमा राजपा सरकारमा आए आफूहरू मन्त्री पद छाड्न तयार रहेको बताएका थिए ।
राष्ट्रियसभा निर्वाचनका लागि २ नम्बर प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच तालमेल भएपछि नेकपा–राजपा निकटताको चर्चा प्रकाशमा आएको हो तर उपेन्द्र यादवले ओली सरकारलाई दिएको समर्थन फिर्ता दिँदै राजपालाई सत्तारोहणको बाटो छेक्ने गरी अभिव्यक्ति दिएका छन् ।
समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरणका लागि पहिल्यैदेखि छलफल चल्दै आएको थियो । पार्टी एकीकरणका लागि राजपाले राखेको एक प्रमुख शर्त थियो – समाजवादीले सरकार छाड्नुपर्ने । पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुग्न रोक्ने त्यो शर्तलाई देखाउँदै बुधवार आयोजित पत्रकार सम्मेलनमा उपेन्द्र यादवले भने, ‘सरकार छाड्नुपर्छ भन्ने राजपाको माग थियो, यो माग पनि पूरा भएको छ । अब पार्टी एकीकरण गर्न सजिलो हुन्छ ।’
केही प्राविधिक (पद बाँडफाँड) बाहेक अन्य सबै कुरा मिलिसकेको अवस्थामा समाजवादीले सरकार छाड्दा पार्टी एकीकरणको वातावरण बनेको उपेन्द्रले बताए । ओली सरकारले जनताको माग अनुसार संविधान संशोधन गर्ने अवस्था नरहेको दाबी गर्दा समेत राजपालाई सरकारमा जान सहज हुने देखिँदैन । उपेन्द्रले सरकार छाडेपछि अब राजपासामु २ विकल्प देखिएका छन् – समाजवादीसँग पार्टी एकीकरण गर्ने वा ओली सरकारमा जाने ।
राजपाले समेत संविधान संशोधनको माग राख्दै आएकाले राजनीतिक एजेन्डा र अडानका आधारमा ओली सरकारमा सहभागी हुने विकल्प त्यति सहज देखिँदैन । अरु पदको बाँडफाँड मिलेमा समाजवादी–राजपा एकीकरण हुने सम्भावनाको पल्ला भारी हुन्छ ।
राजपा ओली सरकारमा जानु ‘आत्महत्या’ हुनेसम्मको अभिव्यक्ति नेता उपेन्द्र यादवले दिए । यादवले प्रश्न गरे, ‘राजपा सरकारमा गएर आत्महत्या गर्ला र ?’ राजपासँग पार्टी एकीकरणका क्रममा समाजवादीले सरकार छाड्नुपर्ने शर्त राखिँदै आएकाले राजपा सरकारमा जाने सम्भावना नरहेको समेत यादवले बताए । ‘सरकारमा जाने/नजाने उहाँहरूको स्वतन्त्रताको विषय पनि हो तर जानीजानी आत्मघाती कदम उठाएर जानीजानी आत्महत्या त गर्दैनन् होला नि !’ उनले भने ।
उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादवले राखेको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने प्रस्ताव अस्वीकृत भएपछि समाजवादीको बहिर्गमन सम्भव भएको हो ।
समाजवादी पार्टीले अब प्रतिपक्षमा रहेर संविधान संशोधन र जनताका एजेन्डालाई स्थापित गर्न सदन र सडकबाट आवाज उठाउने समेत अध्यक्ष यादवले पत्रकार सम्मेलनमार्फत बताएका छन् । राजपाले समेत संविधान संशोधन प्रक्रिया अगाडि नबढेको भन्दै ओली सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ । अब समाजवादी–राजपा दुवै प्रतिपक्षमा पुगेका छन्, संविधान संशोधनको एजेन्डासहित ।
राजपाले संसद बैठकमै चर्काेसँग उठाउँदै आएको रेशम चौधरीको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग समेत पूरा भएका छन् । रेशम चौधरीलाई अदालतबाटै सजाय निर्धारण भइसकेकाले यो विषय झनै जटिल बनेको अवस्थामा राजपालाई ओली सरकारमा जानु सहज छैन ।
राजपाले समाजवादीलाई सरकारबाट बाहिर पुर्याउन ‘एकीकरण कार्ड’ प्रयोग गर्न खोजेको थियो तर उपेन्द्रले त्यो शर्तलाई तुरुन्तै स्वीकार गरेनन् । अहिले त्यही ‘एकीकरण कार्ड’लाई उपेन्द्रले राजपालाई सरकारमा जानबाट रोक्न प्रयोग गर्ने देखिएको छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...