×

NMB BANK
NIC ASIA

भोलि बुटवलमा एनसेल मेला हुँदै

पुस ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेल प्राइभेट लिमिटेडले मनोरञ्जनले भरीपूर्ण ‘एनसेल मेला २०७६’ बुटवलका सिद्धेश्वरी स्कूल मैदान दीपनगरमा शनिवार आयोजना गर्ने भएको छ ।

Muktinath Bank

मेला एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’को अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजना गर्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुती, किड्स जोन, गेम स्टल, फूड स्टल विभिन्न फिजिकल एक्टिभिटी बुथ, स्थानीय पर्यटन गन्तव्यको प्रवद्र्धन र एनसेलका विभिन्न सेवा तथा सुविधामा आर्कषक अफर र उपहारहरू मेलामा समावेश गरिएका छन् । मेला ११ बजे शुरू भई कन्सर्टसहित साँझ ६ बजे आयोजना हुनेछ । 


Advertisment
Nabil box
Kumari

मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कार पाउन सक्नेछन् । मेलामा आउने सबै उमेर समूहका दर्शकको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन् । 

Vianet communication
Laxmi Bank

चर्चित कलाकार तथा सांगीतिक समूहको सांगीतिक प्रस्तुती, बालबालिकाका मनोरञ्जनका विविध गतिविधि तथा गेम स्टल, विदेशी कलाकारको सुटिङ स्टार एक्ट, थिम गेमहरू र ओकुलस भर्चअल जोन यो मेलाको केही आकर्षण हुन् । 

मेलामा गायकहरू दिपक बज्राचार्य र रिदम ब्याण्ड, आशिष राना (लाउरे), कालिप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुती राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।

किड्स जोनमा पेन्टिङ, प्लेडो, लेगो, प्री गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधि हुनेछन् । युवाका लागि पनि विभिन्न आकर्षक गेमहरूजस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् । 

मेलामा आगन्तुकले एनसेलको फोरजी र अरु प्रोडक्टका थिम गेमहरुको मजा लिँदै आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाबारे पनि जानकारी लिन सक्नेछन् । 

दर्शकले मेलामा नै आवश्यक कागजात बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । एनसेलका ग्राहकले मेला सम्बन्धी थप जानकारीका लागि १७१३३ मा डायल पनि गर्न सक्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x