×

NMB BANK
NIC ASIA

राजधानी विवाद

प्रदेश सभाको अधिकारमा पार्टीको ‘हस्तक्षेप’ : प्रदेश ३ पछि १ र ५ मा लागू होला नजीर ?

पुस १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेशसभा गठन भएको २ वर्ष बितिसक्दा समेत बहुसंख्यक प्रदेशले आफ्नो नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश १, २, ३ र ५ का प्रदेश सभाले नाम र राजधानी तोक्ने आफ्नो मुख्य काममा समेत असफल भइरहेका बेला प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रबाटै हस्तक्षेप शुरू गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाले प्रदेश ३ को नाम बाग्मती राख्ने र राजधानी हेटौंडा नै कायम गर्ने निर्णयसहित सोही अनुसार गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको छ ।


Advertisment
Nabil box
Kumari

संविधानतः प्रदेशको नामाकरण र राजधानी तोक्ने काम प्रदेश सभाको हो । प्रदेश सभाको दुईतिहाइ बहुमतले मात्र यसको निर्णय लिनसक्छ । विशुद्ध प्रदेश सभाको अधिकार क्षेत्र हस्तक्षेप हुने गरी नेकपाले गरेको निर्णयको सोही पार्टीका सांसदहरूले समेत विरोध गरेका छन् ।

Vianet communication
Laxmi Bank

आइतवार लोकान्तरसँग कुराकानी गर्दै काभ्रेबाट प्रतिनिधित्व गर्ने नेकपा सांसद चन्द्रबहादुर लामाले भने, ‘पार्टी अलग हो, प्रदेश अलग हो । प्रदेशमा आफ्नै पार्लियामेन्ट छ, हामी त्यसका सदस्य हौं । संविधानले दिएको अधिकार प्रयोग गरेर हामी आफैं निर्णय लिन सक्छौं ।’

कार्यविधि समेत पास भइसकेर प्रक्रियामा जाने बेलामा पार्टीबाट यस्तो निर्देशन आउनु आपत्तिजनक रहेको उनको प्रतिक्रिया छ ।

‘कार्यविधि समेत पास भइसकेको र एक ढंगले प्रक्रियामा जानुपर्ने अवस्थामा पार्टीको यस्तो निर्देशन आउनु आपत्तिजनक छ,’ सांसद लामाले भने, ‘संविधानभन्दा माथि पार्टी छैन, हामी प्रक्रियाबाटै नाम र राजधानी टुंग्याउँछौं ।’
उनले थपे, ‘मैले त यो कुरा कुनै पनि हालतमा मान्नेवाला छैन । हाम्रो पनि आफ्नै विवेक छ । भोट हाल्ने हामीले हो, सचिवालय सदस्यहरूले हात समातेर भोट हाल्न लगाउने त होइन होला !’

नेकपाकै अर्का सांसद रत्नप्रसाद ढकालले पार्टीले संविधान मिचेर गल्ती गरेको बताए । ‘यो विषयमा प्रदेश सभाको दुईतिहाइ बहुमतले निर्णय गर्ने भनेर संविधानमै उल्लेख छ,’ सांसद ढकालले लोकान्तरसँग भने, ‘यस्तो विषयमा निर्देशन दिने निर्णय गरेर उहाँहरूले गल्ती गरिसक्नुभयो ।’ नेकपा उच्च स्रोत भने आफ्ना सदस्यहरूलाई मार्गदर्शन गर्न खोजिएको बताउँछ ।

‘प्रदेशमा पार्टीको सरकार र प्रदेश सभामा दुईतिहाइ बहुमत भएकाले आफ्ना सांसदलाई मार्गदर्शन गर्न खोजिएको हो, निर्णय गर्न सांसदहरू स्वतन्त्र छन्,’ नेकपा सचिवालय स्रोतले भन्यो । प्रदेश ३ मा नेकपाको स्पष्ट दुईतिहाइ बहुमत छ । 

नेकपा सचिवालयबाट प्रदेशको नाम प्रस्ताव गरिएकोमा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले पनि विरोध जनाएका छन् । आफ्नै अधिकांश सांसदको भावनाविपरीत हेटौंडा राजधानी कायम गर्ने नेकपाको निर्णय गरेर तत्काल हुनसक्ने आन्दोलन वा विरोधबाट बच्न खोजेको देखिन्छ तर नेकपा नेताहरू भने प्रदेशको राजधानीका रूपमा हेटौंडालाई निरन्तता दिने निर्णयको रणनीतिक महत्त्व रहेको बताउँछन् ।

अन्य प्रदेशको हकमा पनि लागू होला यो नजीर ? 

प्रदेश नम्बर २ बाहेक अन्यत्र नेकपाको एकल बहुमतको सरकार छ । नाम र राजधानी तोकिन बाँकी अन्य ३ प्रदेशको प्रदेश सभामा पनि नेकपा निर्णायक अवस्थामा छ ।

नेकपाकै सरकार रहेका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका प्रदेश सभाले भने नामाकरण र राजधानी तोक्ने काम सकिसकेका छन् । नेकपाको पछिल्लो निर्णयले प्रदेश १ र प्रदेश ५ मा पनि यस्तै नजीर स्थापित हुनसक्ने खतरा देखिएको छ । ती दुवै प्रदेश प्रदेश ३ जस्तै अनिर्णित अवस्थामा छन् ।

प्रदेश २ मा भने नेकपाको एकल निर्णयले हुने अवस्था छैन । यद्यपि उक्त प्रदेशमा पनि प्रदेश सभाको सबैभन्दा ठूलो दल भने नेकपा हो ।

संविधान सभाका पूर्व सदस्य एवं नेकपा नेता रेवतीरमण भण्डारी पार्टीको निर्देशन बाध्यकारी नभएपनि प्रदेशसभा सदस्यका लागि नीतिगत रूपमा मार्गदर्शन हुने बताउँछन् ।

‘संवैधानिक र कानूनीरूपमा पार्टीका सदस्यहरूले निर्णय गर्ने कुरा हो तर पार्टीले आफ्ना सदस्यलाई नीतिगतरूपमा निर्देश गर्न सक्छन्,’ पूर्व सभासद भण्डारीले लोकान्तरसँग भने, ‘यदि बाग्मती प्रदेश राख्ने पार्टीको निर्णय अनुमोदन भयो भने स्वाभाविक रूपले १ नम्बर प्रदेशको नाम पनि कोशी प्रदेश राख्ने सम्बन्धमा सहमति हुनसक्छ ।’

प्रदेश ३ को नाम सम्बन्धमा नेकपाले ‘गाइडलाइन’ दिएपछि अन्य प्रदेशका सांसदहरूले पनि पार्टीले विवादको गाँठो फुकाइदिने अपेक्षा राखेका छन् ।

‘हेटौंडालाई प्रदेशको राजधानी निरन्तता दिने हो भने पार्टीले बुटवललाई पनि ५ नम्बर प्रदेशको राजधानी प्रस्ताव गर्न कुनै किसिमको अप्ठ्यारो पर्दैन,’ प्रदेश ५ का नेकपा सांसद भोजप्रसाद श्रेष्ठले लोकान्तरसँग भने, ‘प्रतिपक्षी कांग्रेसले बुटवललाई राजधानी कायम गरौं भनेर सर्वसम्मत प्रस्ताव गरिसकेको अवस्थामा नेकपाले निर्णय गर्न ढिलो गर्नुपर्ने कारण छैन ।’

समाधानभन्दा विवाद बल्झाउने प्रयास

कतिपय प्रदेश सभाले भने विवाद बल्झाउने काम गरिरहेका छन् । प्रदेश नम्बर ५ को नाम र राजधानी सिफारिस गर्न गठित समितिले गरेको सिफारिस झनै विवादमा पर्‍यो । समितिले तोकिएको समयमा काम गर्न पनि सकेन । प्रदेश सरकारको खर्चमा समिति सदस्यहरू भारत भ्रमणमा गएर फर्केपछि तयार गरेको प्रस्ताव विवादमा परेको छ ।

प्रदेशको अस्थायी राजधानी बसिरहेको तथा पूर्वाधारले सम्पन्न प्रदेश सभाले गठन गरेको समितिले बुटवलबाहेकको ठाउँमा राजधानी बनाउने गरी प्रस्तावले तरंग ल्याइदियो । नेकपा सांसद भोजप्रसाद श्रेष्ठ प्रदेश ५ को राजधानीका लागि बुटवल सबै ढंगले उपयुक्त भएको तर्क गर्छन् ।

‘सर्भे गरेर मध्यभागमा प्रदेशको राजधानी राख्ने कुरा सामान्य नागरिकको कुरा मात्र हो, प्रदेशको राजधानीका लागि सुरक्षा, पूर्वाधार कर्मचारीको आवास लगायतका धेरै कुराले निर्धारण गर्छ,’ श्रेष्ठले भने, ‘यी सबै हिसाबले हेर्दा पनि बुटवल उपयुक्त हुन्छ । पार्टीले निर्णय गर्न हिच्किचाउनु पर्दैन ।’

रुमल्लिएको राजधानीको बहस

स्थापना भएको २ वर्ष पूरा हुँदा समेत प्रदेश सरकार र प्रदेश सभाहरू कता–कता अल्मलिएको भान हुँदैछ । गाउँ–गाउँमा कि स्थानीय सरकारको बहस छ, कि केन्द्र सरकारको । प्रदेश सरकारको कामप्रति आमजनताको चासो र सरोकार समेत देखिँदैन । 

पूर्व सभासद् भण्डारी भने प्रदेशहरूले नाम र राजधानी तोक्नमा गरिरहेको ढिलाइलाई अस्वाभाविक मान्न नहुने बताउँछन् । ‘संविधान सभाभित्रको द्वन्द्वको विषय नहोस् भनेर यो विषय प्रदेश सभालाई दिइएको हो,’ भण्डारी भन्छन्, ‘संविधान सभाले मुक्ति खोज्छ भने प्रदेशहरूले मुक्ति खोज्नु अस्वाभाविक भएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x