कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
चिनी मिलहरूले दिनुपर्ने भुक्तानी तोकिएको मितिमा उपलब्ध गराउने सरकारी प्रतिबद्धता लिखितरूपमा नआएसम्म उखु किसानहरूले आन्दोलन नरोक्ने भएका छन् ।
आन्दोलनका लागि सर्लाहीबाट काठमाडौं आएको उखु किसान संघर्ष समितिले बुधवारको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेको प्रतिबद्धता सकारात्मक भएपनि सरकारका तर्फबाट लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेको हो ।
‘हिजो उद्योग मन्त्री लेखराज भट्टसँग भएको वार्ता सकरात्मक थियो । समयसीमा तोकिएको लिखित सहमति आउनुपर्यो भन्ने हाम्रो माग छ,’ उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले लोकान्तरसँग भने ।
मन्त्री भट्टको प्रतिबद्धता लिखितरूपमा आएमा आन्दोलन रोकेर घर फर्कने तयारीमा उखु किसानहरू छन् । ‘मुख्य कुरा उखु किसानले पाउनुपर्ने रकम पाउनुपर्छ भन्ने हो, सरकारले ग्यारेन्टी लिन्छ भने त हामीलाई भैहाल्यो नि !’ मिश्रले थपे ।
सरकारसँग लिखित सहमति भएमा तोकिएको दिनसम्म आन्दोलन स्थगित गर्न सक्ने मिश्रको भनाइ छ । तोकिएको समयसीमामा भुक्तानी उपलब्ध नभए फेरि आन्दोलन शुरू गर्ने उनले बताए ।
उखु मिलबाट पाउनुपर्ने भुक्तानी तत्काल पाउनुपर्ने मागसहित काठमाडौं आएका सर्लाहीका उखु किसानले झण्डै २ सातादेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् ।
हिजो बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसमक्ष किसानहरूले आफ्ना ११ बुँदे माग राखी वार्ता गरेका थिए ।
मन्त्री भट्टले किसानहरूको बक्यौता भुक्तानीको माग तत्काल सम्बोधन गर्ने र बाँकी मागहरूलाई निश्चित समयभित्र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...