×

NMB BANK
NIC ASIA

सक्षम कार्की : तेक्वान्दो खेलेर अनपेक्षित उचाइ चुम्ने खेलाडी

पुस १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोटेश्वरका सक्षम कार्की (२३) लाई बाल्यकालमा तेक्वान्दो खेल रमाइलो लाग्थ्यो । घरनजिकै ब्याडमिन्टन कोर्ट थियो । त्यहाँ सेतो ड्रेसमा सानादेखि ठूलासम्मले किक हानिरहेको देख्दा उनलाई बडो चाख लाग्दो रहेछ । बच्चा तथा आफूभन्दा ठूलाहरूले किक हानेर कराइरहेका देख्दा सक्षमलाई पनि लाग्दो रहेछ- म पनि हान्न सक्छु कि क्या हो !

Muktinath Bank

उनलाई सानोमा तेक्वान्दो खेल्न मन लागेपनि चोटपटक लाग्छ भनेर बुवाले खेल्न दिएका रहेनछन् । 'मलाई सानोमा तेक्वान्दो खेल्न मन लागेपनि इन्जुरी हुन्छ बाबाले खेलाउनु भएन । मैले पनि त्यति चासो दिइनँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उमेर बढ्दै गएपछि सक्षमलाई ममीले खेल्दा हुन्छ भन्नुभएछ । शुरूआती सिकाइका दिनबारे सक्षमले लोकान्तरसँग भने, 'फिटनेस नि हुन्छ, उमेर नि बढ्यो । अब खेल्दा हुन्छ भनेर म १४ वर्षको हुँदा ममीले कोटेश्वर तेक्वान्दो डोजाङमा भर्ना गरिदिनुभयो ।'


Advertisment
Nabil box
Kumari

सक्षमका बुवा पनि तेक्वान्दोका खेलाडी थिए पहिला । त्यसकारण पनि सक्षमका गुरुले उनका बुवालाई राम्रोसँग चिन्थे । त्यसैले पनि उनलाई गुरुहरूले भन्थे रे- राम्रो खेल्नुपर्छ है !

Vianet communication
Laxmi Bank

तेक्वान्दो शुरू गरेपछि गुरूहरूले पनि आफूलाई एप्रिसिएट गर्न थालेको उनी बताउँछन् ।

'सिधै नेसनल टीममा पर्छु भन्दा पनि हराएर जानेभन्दा पनि राम्रोसँग खेल्छु भनेर शुरू गरेको थिएँ,' उनले तेक्वान्दो खेल्नुको कारण प्रष्ट पारे । *****

इन्जुर हुन्छ भनेर उनलाई बुवाले धेरै गेम खेलाउनुहुन्नथ्यो रे ! तर पनि उनले जुनियरमा कोरियन एम्बासडर खेले । त्यसमा मोहम्मद वेस्ताइसँग हारे । गेम हारे पनि उनी हतोत्साहित भएनन् । अझ बढी मेहनत गरे । लगातार सिकाइमै जुटिरहे । 

'फोकटमा पाएको गोल्ड मेडल फोकटमै गयो'

उनी कोटेश्वर डोजाङमा रहँदा 'डोर टु डोर'मा  काठमाडौं जिल्लाबाट को खेल्ने भन्ने भयो । 'नविन गुरुले तिमी माथिल्लो वेटमा खेल । कोही मान्छे छैन । सिधै गोल्ड मेडल आउँछ भन्नुभयो,' उनले सुनाए, 'त्यत्तिकै गोल्ड मेडल आउँछ भने म किन दु:ख गर्नु भन्ने भयो ।'

नभन्दै उनले आफ्नो वेटमा कोही पनि सहभागी नभएपछि सिधै गोल्ड मेडल पाए ।

गोल्ड मेडल पाएपछि उनी औधी खुशी भए । तेक्वान्दो खेलेर पहिलोपटक गोल्ड मेडल पाएका थिए । उनले 'सान देखाउन' गोल्ड मेडल घाँटीमा भिरेरै हिँडे । 'पहिलो मेडल हो घरमा देखाउँदा त हातमा डोरी मात्र थियो, मेडल छैन । बाटोमै खसिसकेछ,' पहिलो गोल्ड मेडलबारे उनले भने । आफूले पाएको मेडल उनले घरमा देखाउन पाएनन् । फोकटमा पाएको मेडल फोकटमै गयो ।

त्यसपछि उनले ठ्याक्कै यही सोचे- केही नगरी जितेको मेडल फोकटै जाँदो रहेछ ।

*****

सक्षमको भनाइ मान्ने हो भने उनले शुरूआती दिनमा तेक्वान्दो मेडलका लागि भन्दा पनि रमाइलोको लागि खेले । तर पनि सक्षम आफूलाई 'अनएक्सपेक्टेड प्लेयर ' भन्न रुचाउँछन् । कारण- अनुभवी खेलाडीलाई हराएर चर्चा बटुल्नु । उनी डोर टु डोर खेलिरहेका थिए । त्यसैबीच सन् २०१३ मा एउटा नेसनल गेमको सेलेक्सन भयो । आशिष महर्जनसँग उनी भिड्नुपर्ने भयो । सक्षमका अनुसार आशिष एकदमै राम्रो खेल्थे अति नै अनुभवी पनि । तर सक्षमले आशिषलाई जिते । 'मैले उहाँलाई जित्नु अनएक्सपेक्टेड थियो,' संघर्षका दिनबारे उनले भने, 'जितेपछि थाहा भयो कि आशिष दाई त वर्ल्ड च्याम्पियनशिपदेखि हरेक म्याचमा एकदमै राम्रो पर्फर्मेन्स थियो । उहाँलाई जित्नु चानचुने कुरा थिएन ।' त्यसपछि तेक्वान्दोको सर्कलमा उनको चर्चा चुलियो । एउटा राम्रो तेक्वान्दो खेलाडीको 'इन्ट्री' भयो ।

साग छनोट

उनको हात भाँच्चिएको थियो । शल्यक्रियापछि घरमा आराम गर्दै थिए । यसैबीचमा साग सेलेक्सन हुने भयो । उनले सेलेक्सन खेल्न सकेनन् । तर पनि उनलाई गुरूहरूले नआत्तिउ अर्को सेलेक्सन हुन्छ भनेका रहेछन् । उनी सम्झिन्छन्, 'गुरुहरूले यो लास्ट होइन सेकेन्ड सेलेक्सन हुन्छ नआत्तिउ भन्नुभयो ।' सेकेन्ड सेलेक्सनमा उनले अनोज पुजारीसँग खेले र जिते पनि । त्यसपछि उनी साग खेल्न 'रेडी' भए ।

उनले तेक्वान्दोबाट गोल्ड मेडल ल्याउनेमा गुरु तथा तेक्वान्दो संघ पनि आशावादी थियो । 'सबैले तिमीले जित्न सक्छौं । राम्रो गर्नु भन्नुभएको थियो,' उनले सुनाए ।

शुरूमा उनले बंगलादेशका खेलाडीसँग भिडे । उनी निकै पुरानो खेलाडी थिए । 'दीपक गुरूको पालाको खेलाडी भनेपछि कुरै छोडुम्, उहाँ अनुभवी खेलाडी हुनुहुन्थ्यो,' फस्ट फाइटबारे उनले भने । अनुभवी खेलाडीसँग भिडेपनि उनलाई फस्ट फाइट अफ्ट्यारो भएन । उनले बंगलादेशलाई हराए । उनले दोस्रो फाइट चाहिँ अलि गाह्रो हुन्छ भनेर सोचेका थिए । किनकी उनलाई साथीहरूले श्रीलंकाका शेरन भन्ने खेलाडीले राम्रो खेल्छ भनेका थिए । 'उसको हाइट पनि राम्रो थियो । त्यसैले मैले उसको गेमहरू यूट्युबमा हेरेर रिभ्यू गरिरहेको थिएँ,' उनले भने ।

जब एरिनामा पुगे, शुरूमा चाहिँ अलि अफ्ट्यारो भयो रे ! 'कसरी खेल्ने भनेर आत्तिरहेको थिएँ । खेललगत्तै उसले दुई वटा फेस किक खायो,' उनले गेम सम्झिए, 'त्यहाँपछि उ आत्तियो । अनि मैले लीड गरेँ । त्यसपछि केही गाह्रै भएन । लगभग २० अंकले मैले उसलाई लीड गरेको थिएँ । उसलाई हराएँ । अनि फाइनलमा पुगेँ ।'

फाइनल पाकिस्तानी खेलाडीसँग भयो । उ पनि राम्रो खेलाडी भएपनि आफूले गोल्ड मेडल जित्नेमा सक्षम ढुक्क थिए तर मनमा हार्छु कि भन्ने थोरै चिन्ता पनि उनमा थियो । 'मैले जित्छु भन्ने त फिक्स नै थियो तर गेम हो भित्र के हुन्छ कसो हुन्छ भन्न सकिन्नँ नि,' उनले भने । उ पनि राम्रो खेलाडी हो भन्ने सोचेर फस्ट राउन्ड चाहिँ सम्हालिएर खेले सक्षमले ।  फस्ट राउन्ड स्कोर ड्र भयो ।

'त्यसपछि दीपक गुरुले फाइनल हो खेल नआत्तिकन खेल । होम ग्राउन्ड हो भन्नुभयो । अनि मैले जोश निकालेँ,' एरिना र बाहिरको वातावरण व्याख्या गर्दै  उनले भने, 'यस्सो बाहिर हेरेको सब जना जोस्सिइरहेका थिए । शुरूमा बचेर खेलिरहेको थिएँ । त्यसपछि ब्याक किक दुई वटा लागेपछि एउटा पञ्च हानेँ । अनि स्कोर ह्वात्तै बढ्यो । अनि पञ्च हान्दै सेफ भएर खेलेँ ।'

१०० औं स्वर्ण

गोल्ड मेडल जितेपछि सक्षमले इन्टरभ्यु दिइरहेको थिए तर पछाडि एक जना पत्रकारले दाईले 'भाई तिमीलाई थाहा छ तिमीले जितेको यो गोल्ड नेपालको साग इतिहासको १०० औं गोल्ड मेडल हो नि' भनेछन् ।

उनलाई १०० औं स्वर्णबारे थाहा थिएन ।

उनले 'लौ, हो र ?' भने ।
पछि 'सयौं गोल्डको इतिहासमा मेरो नाम पनि रह्यो' भन्ने उनलाई लाग्यो । अनि एकछिन आफैं छक्क परे ।

फाइनल जितेर सक्षमले बुवा खुशीले उफ्रिरहेको देखे । भन्छन्, 'अनि ममीलाई हेरेँ । उहाँ पनि उफ्रिरहनुभएको थियो ।' त्यसपछि बुवाममीले एक्कासी सक्षमालई अंगालो मारे । सबै जना खुशी भए ।

(सक्षम कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद 'साग'मा ८७ केजी तौल समूहमाथिको तेक्वान्दोमा पाकिस्तानी खेलाडी वाकर अली हराएर स्वर्ण पदक जितेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x