×

NMB BANK
NIC ASIA

राजधानी वीरेन्द्रनगरमा रहेको चार लेनको सडकमा छाडा चौपायका कारण दिनानुदिन सडक दुर्घटनाहरू बढेका छन् । सडकको बाँगेशिमल देखि धुलियाविट सडक खण्डमा दर्जनौं गाईहरू निर्वाध रुपमा सडकमा ओहोर दोहोर गर्ने, बीच सडकमा बस्ने गरेका कारण सडक दुर्घटना बढेका हुन् ।

Muktinath Bank

वीरेन्द्रनगर नगरपालिकामा रहेको कान्जी हाउस फोहोर थुपार्ने स्थानको रुपमा परिणत भइसकेको छ । ‘नगरपालिकाले कम्तीमा अहिले भइरहेको कान्जी हाउस सञ्चालन गर्नुपर्ने थियो,’ वीरेन्द्रनगर ०७ का हर्क  शाही भन्छन्, ‘अहिले त्यो फोहोर थुपार्ने गृह बनेको देख्दा दुःख लाग्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगरकै अर्का पूर्व पशु चिकित्सक नारायण प्रसाद न्यौपानेले कान्जी हाउस बनेको करिब १६ वर्षभन्दा बढी भएको बताए । ‘कान्जी हाउस बनेको १६ वर्ष भन्दा बढि भएको छ । यसको समुचित प्रयोग गर्न नगरपालिकाले सकेको छैन,’ उनले भने, ‘सडकमा आएका छाडा पशु चौपायालाई नियन्त्रण गर्ने, जसको गाई हो उसैलाई जिम्मा लगाउने वा गाईबस्तुको लिलामी गर्न यो कान्जी हाउस बनाइएको हो । अनियन्त्रित भएका गाई बस्तुको व्यवस्थापन गर्न यो कान्जी हाउस बनाइएको हो ।’ उनले अहिले उक्त कान्जी हाउस प्रयोग विहीन बनाइएको बताए ।


Advertisment
Nabil box
Kumari

वीरेन्द्रनगरकै सबिता सिजापति पनि कान्जी हाउसलाई प्रयोगमा ल्याउनुपर्ने बताउँछिन् । ‘अन्यत्र कान्जी हाउस नबनेको अवस्थासम्म यो कान्जी हाउसको प्रयोग गर्नुपथ्र्यो,’ उनी भन्छिन्, ‘नगरपालिका गफ गर्न मात्रै व्यस्त भएको जस्तो देखिएको छ । थोरै लगानीमा पनि उक्त कान्जी हाउस सञ्चालन गर्न र व्यवस्थापन गर्न सकिन्छ । यतातर्फ नगरपालिकाको ध्यान जान जरुरी छ ।’ त्यस्तो गर्न सकेको खण्डमा पशु चौपायका कारण हुने सडक दुर्घटना न्यूनिकरण हुने र जनधनको क्षति हुनबाट जोगिने उनको तर्क छ ।

Vianet communication
Laxmi Bank

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले छाडा गाईबस्तुका कारण दुर्घटनाको जोखिम बढिरहेको बताए । ‘केहि समय अघि एक गाईको मृत्यू भएको थियो । एक व्यक्तिको पनि मृत्यू भएको थियो,’ उनले भने, ‘सडकमा गाई बस्तुका कारण समस्या भएको छ । दुर्घटना बढिरहेका छन् ।’ उनले नगरपालिकासँग सहकार्य गरेर एक दुइ पटक गाई बस्तु जंगलमा लगेर छोडेपनि अहिले फेरि आएको बताए । ‘हामीले गाईवस्तुको शरिरमा टल्किने स्टिकर टाँस्ने, गाईवस्तुलाई कान्जी हाउसमा राख्ने बारेमा नगरसँग कुरा गरेका थियौं,’ उनले भने, ‘तर अहिले उक्त कुरा ओझेलमा परेको मैले महसुस गरेको छु ।’

यता, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले उक्त कान्जी हाउसमा कबाड सामानहरु राखिएको बताए । ‘त्यो फोहोर होइन । नगरपालिकाले जम्मा गरेको कबाडी सामान हो ,’ उनले भने, ‘त्यो हिजोको नगर कार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको छ । अब हामी टेण्डर आव्हान गरेर हटाउँछौं ।’

नगरपालिकाले त्यहाँ गाई थुन्न खोजेपनि पशु अधिकारका कारण राख्न नसकिएको दाबी गरे । ‘एक त कान्जी हाउस सानो छ । नगरमा धेरै गाईहरु छाडा छन्,’ उनले भने, ‘त्यसका अतिरिक्त पशु अधिकार हनन हुने भन्दै पशु अधिकारकर्मीले भनेपछि त्यसको हामीले प्रयोग नगरेका हौं ।’ उनले नगरभरि रहेका छाडा गाईको तथ्यांक संकलन गरिरहेको बताउँदै ती गाईहरुलाई प्रदेश सरकारसँगको सहकार्यमा व्यवस्थापन गरिने बताए ।

‘हाल ४० ओटा गाईलाई वीरेन्द्रनगरमा रहेका नीजि कान्जीहाउसको जिम्मा लगाउने भनेका छौं,’ उनले भने, ‘यदि यो वर्ष गाईको व्यवस्थापन गर्न नसकेको आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले आफ्नै बजेटमा भएपनि गाईको व्यवस्थापन गर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x