×

NMB BANK
NIC ASIA

शहरी विकास राज्यमन्त्रीको रूपमा शपथ लिएर कार्यभार सम्हाल्ने क्रममा रामवीर मानन्धरले भनेका थिए, एक महिनाभित्र काठमाडौंको धूलो कम गर्छु । 

Muktinath Bank

उनी मंसिर ४ गते मन्त्री नियुक्त भएर ५ गते कार्यभार सम्हालेको डेढ महिना नाघेको छ । राज्यमन्त्री मानन्धर उपत्यकामा रिङरोडभित्र धूलो कम भइसकेको दाबी गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा मानन्धर काठमाडौं उपत्यकाभित्र बाँकी रहेका कालोपत्रे योजना कार्यान्वनको अनुगमनमा निकै खटिए । 


Advertisment
Nabil box
Kumari

‘काम अलिक छिटो–छिटो हुन्छ होला भन्ने सोचेको थिएँ, तर कतिपय कानूनी प्रक्रियाका कारण केही समय बढी लाग्ने देखीयो । अहिलेको स्थितिभन्दा केही फरक ढंगको स्थितिको सिर्जना हुँदैछ,’ राज्यमन्त्री मानन्धरले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

उनको दाबीअनुसार धूलो नै कम भइहाल्यो भनेर त नभनिहालौं तर, राजधानीको फोहोर व्यवस्थापनका सन्दर्भमा उनले लिएको पहलकदमी प्रशंसनीय छ ।

त्यसो त उनी अहिले मन्त्रीविहीन मन्त्रालयको राज्यमन्त्री छन् । समाजावादी पार्टीका मोहम्मद ईश्तियाक राईले राजीनामा दिएपछि मानन्धरले नै शहरी विकास मन्त्रालय सम्हालिरहेका छन् ।

उपत्यकाभित्रबाट दैनिक रूपमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन र धूलोको दीर्घकालीन नियन्त्रयण एकआपसमा अन्तरसम्बन्धित विषय हुन् । 

उपत्यकाभित्रको फोहोर व्यवस्थापनका लागि नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित बञ्चरे डाँडामा आधुनिक ल्यान्डफिल्ड साइट निर्माण भइरहेको छ । 

सुस्त बनेको ल्यान्डफिल्ड साइट निर्माणको कामलाई गति दिन डेढ महिनाको अवधिमा राज्यमन्त्री मानन्धरले ३ पटक स्थलगत अनुगमन तथा ताकेता गरिसकेका छन् ।

राज्यमन्त्री मानन्धर उपत्यकाका विभिन्न स्थानीय तहका मेयर तथा जनप्रतिनिधिहरूलाई लिएर शुक्रवार पनि बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइट पुगेका थिए ।

त्यसक्रममा स्थानीय बासिन्दाले फोहोरका कारण आफूहरूले भोगिरहेको सास्तीबारे गुनासो गरे । कहिल्यै नदेखिएका झिँगा तथा किराहरू गाउँमा आउन थालेको उनीहरूको गुनासो थियो ।

स्थानीय चक्रबहादुर बलामीले फोहोरका कारण प्राणघातक रोगहरू समेत फैलिएको बताए । आफ्ना ५५ वर्षीय बुवा क्यान्सर भएर बितेको र आफूहरू पनि जोखिममा रहेको उनको गुनासो थियो ।

सिसडोलका अर्का स्थानीय बलराम भुजेलले फोहोरका कारण आफ्ना बाख्रा र कुखुराहरू मरेको तर आफूहरूले क्षतिपूर्ति नपाएको गुनासो गरे ।

‘हामी क्षतिपूर्तिका लागि नगरपालिका धायौं, हेर्न आउँछन् तर केही भएको छैन, अहिले सरकार पनि आउँदैछ रे,’ भुजेलले गुनासो गरे ।

सरकारले गरेका प्रतिबद्धता कहिले पूरा हुन्छन् भन्दै स्थानीयले राज्यमन्त्री मानन्धरलाई प्रश्न गरे ।

जनताको समस्या सम्बोधन गरेर अगाडि बढ्छौं– राज्यमन्त्री मानन्धर

सञ्चारकर्मीहरू समेत लिएर सिसडोल पुगेका राज्यमन्त्री मानन्धरले स्थानीयको समस्या र गुनासो सम्बोधन गरेर मात्रै अघि बढ्ने बताए ।

स्थानीय जनसमुदायको प्रतिक्रिया र समस्या प्रधानमन्त्रीसमक्ष पुगोस् भनेर नै मिडियालाई बोलाएको मन्त्री मानन्धरको भनाइ थियो ।

स्थानीयलाई समस्या समाधानको विश्वास दिलाउँदै राज्यमन्त्री मानन्धरले भने, ‘मलाई विश्वास गर्नुस्, म पनि यहीँको बासिन्दा हुँ । म मन्त्री नहुँदा पनि भागेर जाने ठाउँ छैन, त्यसैले यहाँको समस्या सामाधान गरेर मात्रै अगाडि बढ्छु ।’

स्थानीयलाई थप विश्वस्त पार्न उनले थपे– ‘मेरो जिम्मेवारी भनेको स्थानीयको मागलाई सम्बोधन गरेर व्यवस्थापन गर्दै अगाडि बढ्ने हो । सिसडोलको फोहोरलाई हेर्दा अझैपनि आशंका गर्ने ठाउँ छ, तर मैले भएको समस्यालाई व्यवस्थापन गरेर अगाडि बढ्छु ।’

अनुगमनमा उक्त क्षेत्रका सांसद नारायण खतिवडा पनि सहभागी थिए ।

त्यसक्रममा स्थानीय अगुवाहरूले सरकारले सिसडोलमा फोहोर फालेबापत अस्पताल, विद्यालय र सिँचाइको विषयमा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने माग राखे ।

यसरी गरिनेछ फोहोर व्यवस्थापन

सरकारले नुवाकोटको बञ्चरे डाँडामा १ अर्ब ५६ करोड रुपैंया बिनियोजन गरेर जापानी मोडेलको सेमी एरोविक सेनेटरी ल्यान्डफिल्ड साइट निर्माण कार्य अगाडि बढाएको हो ।

१२ बर्षअगाडी नै उक्त साइटको निर्माण गरी उपत्यकाको फोहोर व्यवस्थापन गर्ने जनाएको सरकारले १२ वर्षपछि मात्रै निर्माण कार्य तीव्र बनाएको छ ।

ल्यान्डफिल्ड साइटको निर्माण कार्य २ चरणमा पूरा हुने र पहिलो चरणको काम माघ महिनामा सम्पन्न भई फागुनबाट फोहोर फाल्न शुरू गर्न सकिने शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख मणिराम गेलालले जानकारी दिए ।

प्रमुख गेलालका अनुसार सेल वान र सेल टू गरी फोहोर व्यवस्थापनका लागि २ भाग बनाइने र फोहोरबाट निस्कने लिचड (फोहोर पानी)लाई शुद्धीकरण गरेर मात्रै खोलामा मिसाइने छ । वैज्ञानिक विधि र प्रक्रियाको अवलम्बन गरिने हुँदा दुर्गन्ध समेत नफैलिने उनको दाबी छ ।

नुवाकोटको सिसडोलमा सरकारले ०६२ सालदेखि २ वर्षका लागि भनेर फोहोर फाल्न शुरू गरेकोमा १४ वर्षसम्म त्यसको विकल्प तयार भइसकेको छैन ।

सिसडोलमा क्षमताभन्दा बढी फोहोर फालिएपछि त्यस क्षेत्रमा स्वास्थ्य तथा वातावरणीय प्रभाव परिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x