कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
तिलोत्तमा नगरपालिकाले स्थानीय तहको निर्वाचनपछिको साढे दुई वर्ष (मध्यावधि) को कार्यप्रगति सार्वजनिक गरेको छ ।
प्रदेश ५ का १०९ स्थानीय तहहरुमध्ये मध्यावधि समीक्षा गरेर प्रगति सार्वजनिक गर्नेमा तिलोत्तमा पहिलो स्थानीय तह हो । मध्यावधी समीक्षा प्रगति सार्वजनिक गर्दै नगर प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधिहरुले आफूलाई शासक होइन, जनताको सेवक ठानेर काम गर्दा सफलता मिलेको बताए ।
निर्वाचनका बेला गरेका प्रतिबद्धतामध्ये ५० प्रतिशत पूरा हुने क्रममा रहेका र बाँकी तीस महिनामा शतप्रतिशत पूरा गरेर छाड्ने लक्ष्य रहेको बताए । ‘जनप्रतिनिधि मालिक होइन, जनताको सेवक हौं’ भन्ने मान्यतामा आधारित रहेर जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट काम गरेका छौं, जसले गर्दा नगरपालिकाले गर्ने निर्णय र विकास निर्माणमा सबै दलसहित नगरवासीको साथ र समर्थन बढेको छ,’ नगर प्रमुख घिमिरेले भने ।
नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई आत्मसात् गर्दै सन्तुलित र समन्यायिक विकासको अवधारणाअनुसार पाँच वर्षे आवधिक योजना र १५ वर्षे रणनीतिक योजनासहित एकीकृत नगर विकास योजना बनाएर काम गरेको घिमिरेले बताए ।
तिलोत्तमा नगरपालिकाले हालसम्म विभिन्न प्रकारका ५० वटा भन्दा बढी नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी गरेको, काठमाडौं बाहिर पहिलो पटक तिलोत्तमा लगानी सम्मेलन गरी कृषि, पर्यटन,उद्योग र सरसफाई क्षेत्रमा २२ वटा परियोजनामा १६ अर्ब लगानी प्रतिबद्धता ल्याउन सफल भएको घिमिरेले बताए ।
नगरपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेर बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका २५६७ विद्यार्थीलाई हरेक दिन २५ रुपैंयाँ बराबरको दिवा खाजाको व्यवस्था, जंक फुडलाई निरुत्साहित गरी घरमै बनेका स्वास्थ्यवद्र्धक खाजा प्रयोगलाई प्रोत्साहन गर्न कक्षा १ देखि ५ सम्मका सबै बालबालिकाहरुलाई टिफिन क्यारीको व्यवस्था गरेको छ ।
सबै सामुदायिक विद्यालयहरुमा एकै प्रकारको रंगरोगन, मावि तह सञ्चालन रहेका २० सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान, दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई मासिक तीन हजार रुपैंयाँ प्रोत्साहन भत्ता थप, नगर प्रमुखको पाँच वर्षकै पारिश्रमिकबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १/१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण, सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड, बस सेवा सञ्चालनका लागि ११ विद्यालयहरुलाई अनुदान, कम्तीमा ३२ इञ्चको टिभीसहित सबै विद्यालयका बाल विकास कक्षा व्यवस्थापन र कक्षा ८ को परीक्षा पूर्णतः एसईई मोडलमा सञ्चालन गरेको मध्यावधी समीक्षा प्रगतिमा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रअन्तर्गत नगरमा स्थायी बसोबास भएका व्यक्तिहरुले रक्तसञ्चार केन्द्रबाट रगत सेवा लिएमा वार्षिक १५ पोका बराबरको शुल्क बिलअनुसार शोधभर्ना, नगरलाई शून्य होम डेलिभरी बनाउन नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई प्रोत्साहन भत्ता, गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्यालसियम चक्की, स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाईका लागि प्रति व्यक्ति रु.३० हजार आन्तरिक स्रोतबाट प्रदान, स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरु गरेको नगर प्रमुख घिमिरले बताए ।
‘एक घर ः एक करेसाबारी; पकेट क्षेत्रमा व्यवसायिक तरकारी’ भन्ने नाराका साथ तरकारी पकेट क्षेत्र घोषणा, मकै र गहुँ पकेट क्षेत्र घोषणा, गहुँको बिउ ४० प्रतिशत अनुदानमा वितरण गरी २० प्रतिशत उत्पादनमा वृद्धि भएको र चालु आर्थिक वर्षमा पनि गहुँको बीउमा ४० प्रतिशत अनुदानलाई निरन्तरता दिइएको, दुग्ध उत्पादक किसानलाई प्रति लिटर दुधमा रु १ रुपैंयाँ अनुदानको व्यवस्था गरिएकोमा गत आर्थिक वर्षमा ३९ लाख ६० हजार लिटर दुधमा अनुदान सहयोग गरिएको, पशुपालक किसानले व्यहोर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिइएको र २२ वटा सिँचाइ बोरिङको डिमाण्ड चार्ज भुक्तानी गरिएको छ ।
भौतिक पूर्वाधारतर्फ पर्यापर्यटनको प्रवद्र्धनका लागि शंकरनगर वनवाटिकामा बहुउद्देश्यीय भ्यूटावर निर्माण, गत दुई आर्थिक वर्षमा कुल ३६ दशमलव ८८ किलोमिटर सडक कालोपत्रे र १४६ किलोमिटर सडक ग्राबेल, मोटरेवल एक पुल, २ किलोमिटर सडक ट्रयाक निर्माण, ६३ वटा कल्भर्ट, ९ सय ७५ वटा ह्युमपाइप व्यवस्थापन, २७ किलोमिटर सिँचाइ कुलो, ढल तथा नाली, ७ किलोमिटर तटबन्धन निर्माण र नयाँ विद्युतीकरण तथा पुराना पोल विस्थापनका लागि १२ सय ७० थान विद्युत् पोल तथा १८ वटा विद्युत् ट्रान्समिटर जडान गरिएको प्रमुख घिमिरेले बताए ।
वातावरण स्वच्छ राख्न ‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नाराका साथ हरेक महिनाको १ र १५ गते नगरस्तरीय नियमित सरसफाई अभियान, २०७६ साउन १ गतेबाट प्लाष्टिक झोला, गिलास र प्लेटको आयात–निर्यात, किनबेच, प्रयोगमा रोक,योगिकुटी–कोटिहवा सिक्सलेन सडक र बुद्ध सर्किटमा समुदायसँग मिलेर हरियाली प्रवद्र्धन, बेगनबेलीलाई सिटी फूल निर्धारण गरी त्यसको रोपणलाई प्रोत्साहन, अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण र शुन्य खुला पोलोथिन नगर घोषणाको तयारीमा रहेको नगर प्रमुखले बताए ।
नगरमा उद्यमशीलताको विकासका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरी लघु कर्जा प्रवाह,साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्न वडा नं. १० मा तिलोत्तमा औद्योगिक ग्राम निर्माण गर्न डिपिआर निर्माण, सिक्सलेन सडकमा बुद्धमूर्ति स्थापना, हरेक वडामा कम्तीमा एउटा पार्कको अवधारणा, वनवाटिका, बाउन्नकोटी, कुञ्जपार्क, सम्झना पार्कलगायतका पार्कहरुको स्तरोन्नति, सेमरीमा थारु होमस्टे सञ्चालन गरिएको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...