×

NMB BANK
NIC ASIA

दानवीय व्यवहार

बोर्डिङका शिक्षकको कुटपिटले त्रास : ‘स्कूल जान्न, सरले फेरि कुट्नुहुन्छ कि ?’

पुस २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कम्प्युटर शिक्षकको निर्घात कुटाइबाट घाइते भएका तौफिक धुनिया विद्यालय जान सकेका छैनन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ स्थित ज्ञानदीप बोर्डिङ स्कूलमा ५ कक्षामा अध्ययनरत धुनियालाई गएको बुधवार कम्प्युटर शिक्षक शैलेन्द्र बरईले गृहकार्य नगरेको भन्दै निर्घाट कुटपिट गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार बिहान लोकान्तरसँग कुराकानीमा विद्यार्थी धुनियाले भने, ‘मलाई स्कूल जान मन छैन । फेरि सरले कुट्नुहुन्छ कि ? काठको ठेडीले (लठ्ठी) बाँया आँखा र ढाडमा हिर्काउनुभयो । शरीरका अन्य भागमा मलाई लठ्ठीले हानेमा डाम थिए । अहिले बिस्तारै हराउँदै गए । मलाई पिट्ने सर स्कूल नआए हुन्थ्यो । मलाई आँखामा लागेको चोट निको हुँदै गएको छ । म र मेरा हजुरबुवा अहिले प्रहरी थानामा हिँडेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तौफिकको घर सम्मरीमाई–६ पोखरहामा गाउँमा पर्छ । ‘सरले मसहित अन्य ५ जना साथीहरूलाई पनि नराम्रो गरी कुट्नुभएको हो । मलाई कुटेको दिनदेखि विद्यालय बन्द भयो । आइतवार विद्यालय खुल्यो । म स्कूल गइनँ, आज पनि जान्न । स्कूल जान डर लागेको छ,’ धुनियाले भने । धुनिया ५ कक्षामा अनुशासित विद्यार्थीमध्ये पर्छन् ।


Advertisment
Nabil box
Kumari

विद्यालयका प्रिन्सिपल सुरेन्द्र बरईले घटनाबारे बोल्न चाहेनन् । लोकान्तरकर्मीले उनीसँग कुराकानी गर्न खोज्दा एकछिनपछि फोन गर्नुहोस् है भन्दै फोन काटे । पछि उनले फोन नै उठाएनन् ।

Vianet communication
Laxmi Bank

ईलाका प्रहरी कार्यालय मर्चवारले आइतवार दिउँसो विद्यार्थी कुट्ने शिक्षकलाई पक्राउ गरेको छ । विद्यार्थीका हजुरबुवा महम्मद हुसेन धुनियाले कुटपिटपछि नाति धेरै डराउन थालेको बताए । उनले विद्यार्थी धुनियाको उपचार स्थानीयस्तरमा सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा गराएर घर ल्याइएको बताए । 

इप्रका मर्चवारका प्रमुख प्रहरी निरीक्षक पोषराज ढकालले शिक्षक बरईलाई पक्राउ गरेसँगै धुनिया परिवारलाई बोलाएर बालबालिका विरुद्धको अपराधमा जाहेरी दिएको लोकान्तरलाई जानकारी दिए । कुटपिटपछि ३५ वर्षीया शिक्षक बरई फरार थिए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । विद्यालयका प्रिन्सिपल लगायत अन्य विद्यार्थीसँग पनि बयान लिने ढकालले जानकारी दिए । बालबालिका सम्बन्धीको कसूर ऐन २०७५ अन्तर्गत घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने, अनैतिक व्यवहार गर्नेलाई करीब १ वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x