×

NMB BANK
NIC ASIA

चुनावी खेल

प्रदेश २ राष्ट्रियसभा निर्वाचन : नेकपा–राजपा ढुक्क, कांग्रेस–समाजवादीलाई अन्तर्घातको आश !

पुस २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा २ नम्बर प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धन जित्नेमा ढुक्क छ भने प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालको गठबन्धनलाई अन्तर्घातको आश रहेको छ ।

Muktinath Bank

प्रदेशमा अल्पसंख्यक, दलित, महिला र अन्य गरी ४ क्षेत्रका ४ सीटमा निर्वाचन हुँदैछ । निर्वाचनमा ८ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धन गरेर संयुक्त रुपमा उम्मेदवारी मनोनयन गराएका छन् भने नेपाली कांग्रेस र समाजवादी पार्टी (सपा) ले समेत अर्को गठबन्धन गरेर संयुक्त रुपमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।


Advertisment
Nabil box
Kumari

चुनावी अंकगणितमा नेकपा–राजपा अगाडि

Vianet communication
Laxmi Bank

राष्ट्रियसभा निर्वाचनका लागि २ नम्बर प्रदेशमा ३ सय ७९ जना मतदाता छन् भने कूल मतभार १० हजार ३२ छ । स्थानीय तहमा १३६ जना प्रमुख/अध्यक्ष तथा १३६ जना उपप्रमुख/उपाध्यक्ष गरेर २७२ जना मतदाता छन् । 
स्थानीय तहमा १ मतको मतभार १८ रहेकाले २७२ जना मतदाताको मतभार ४ हजार ८९६ छ । प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य मतदाता छन् । १ जना प्रदेशसभा सदस्यको मतभार ४८ रहेकाले प्रदेशसभा सदस्यको कूल मतभार ५ हजार १३६ छ ।

प्रदेशमा नेकपाका ३२ जना प्रदेशसभा सदस्य र ८३ जना प्रमुख/उपप्रमुखको कुल मतभार ३ हजार ३० हुन्छ । राजपाको २५ जना प्रदेशसभा सदस्य र ५४ जना स्थानीय तहको मतदाताको मतभार २ हजार १७२ छ । नेकपा–राजपा संयुक्त गठबन्धनको कूल मतभार ५ हजार २०२ हुन्छ । समाजवादी पार्टीका प्रदेशसभा सदस्य ३० जना र स्थानीय तहको ५२ जना मतदाताको कूल मतभार २ हजार ३७६ हुन्छ । नेपाली कांग्रेसका १९ जना प्रदेशसभा सदस्य र ८१ जना स्थानीय मतदाताको कूल मतभार २ हजार ३७० हुन्छ । कांग्रेस र सपा गठबन्धनको कूल मतभार ४ हजार ७४६ हुन्छ । कांग्रेस–सपा गठबन्धनको मतभार नेकपा–राजपा गठबन्धनभन्दा ४५६ मात्र कम छ ।

रिजवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजवादी पार्टीको पनि प्रदेश सभामा १ सदस्य सावित्रीदेबी साहको प्रतिनिधित्व छ । पार्टीको मतभार ४८ हुन्छ । पार्टीले प्रदेश सभामा समाजवादी पार्टीको नेतृत्वको सरकारलाई प्रायःजसो समर्थन गर्ने गरेकाले त्यो मत कांग्रेस र समाजवादी गठबन्धनतिर जान सक्ने सम्भावना देखिएको छ । हरिचरण साहले नेतृत्व गरेको नेपाली जनता दलले समेत स्थानीय तहमा २ सीट जितेको छ । जसको कूल ३६ मतभार हुन्छ । जनता दलको मत कुन गठबन्धनमा जाने भनेर खुलेको छैन । गठबन्धन बाहिरका दुवै दलको कूल मत ८४ रहेको छ ।

नेकपा–राजपा ढुक्क, कांग्रेस–समाजवादीलाई अन्तर्घातको आश !

गठबन्धनको हिसाबले मतदान भएमा नेकपा र राजपा गठबन्धनको ४ वटै सीटमा गणितीय हिसाबले जीत सुनिश्चित देखिन्छ । प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल राष्ट्रियसभा निर्वाचनमा जीत सुनिश्चित रहेको दाबी गर्छन् । ‘हाम्रो गठबन्धनको मत बढी रहेकाले हाम्रो गठबन्धनको ४ वटै सीटमा हामी जित्नेमा ढुक्क छौं,’ उनले भने ।

तर निर्वाचनमा कांग्रेस र सपा गठबन्धनको जीत हुने कांग्रेस संसदीय दलका नेता रामसरोज यादव दाबी गर्छन् । ‘प्रदेश सभाका अन्य पार्टीका सांसदले समेत हाम्रो गठबन्धनको उम्मेदवारलाई मतदान गर्नेछन्,’ यादवले भने, ‘हामी अन्य दलका स्थानीय तहको प्रमुखदेखि उपप्रमुख र प्रदेशसभा सदस्यसँग पनि निरन्तर सम्पर्क र संवादमा छौं ।’

चुनाव जित्न ४ वटा प्रदेशसभा सदस्यको ११२ र ५ वटा स्थानीय तहको ९० मतभार अन्तर्घात गराएर कूल २८२ मत थप्ने रणनीतिमा कांग्रेस गठबन्धन रहेको छ । २८२ मतभार अन्तर्घात गराएर गठबन्धन बाहिरका दलको भोट आफूतिर तान्न सके कांग्रेस–समाजवादी गठबन्धनको जीत हुने सम्भावना पनि छ ।

समाजवादी पार्टीका प्रदेश अध्यक्ष विजयकुमार यादव पनि कांग्रेस–समाजवादी गठबन्धनको जीत हुने दाबी गर्छन् । ‘अन्य पार्टीको मत समेत प्राप्त हुनेमा हामी ढुक्क छौं,’ प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका यादवले भने, ‘गणितमा नेकपा र राजपाको गठबन्धन जितेको जस्तो देखिएपनि त्यही गठबन्धनको मत हाम्रो गठबन्धनमा आउने छ ।’

नेकपाको प्रदेश सचिव सुमनराज प्याकुरेल भने आफ्नो गठबन्धन एकढिक्का रहेको र कुनै अन्तर्घात नहुने दाबी गर्छन् । ‘अन्तर्घात हाम्रो गठबन्धनमा हुने छैन, बरु उहाँहरूकै गठबन्धनबाट अन्तर्घात भएर हाम्रो उम्मेदवारलाई मत आउनेमा विश्वस्त छौं,’ राजपा संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भने, ‘हामीहरू गठबन्धनप्रति इमान्दार छौं र हाम्रो मत पूर्ण इमान्दारीका साथ गठबन्धनमा नै पर्नेछ । हाम्रो गठबन्धनको जीत सुनिश्चित छ ।’

राजपाका दुवै उम्मेदवार सप्तरी जिल्लाबाट रहेकाले अन्य जिल्लाबाट अन्तर्घात हुनसक्ने कतिपय राजपाका नेताहरू नै नाम नलेख्ने शर्तमा बताउँछन् । राजपामा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो र सदस्य शरतसिंह भण्डारीको भागबण्डामा दुवै जना सप्तरीका उम्मेदवार छनौट गरिएकाले राजपाभित्र अन्य अध्यक्ष मण्डलका सदस्य निकटका मतदाताले अन्तर्घात गर्न सक्ने सम्भावना बढेको छ । ‘उम्मेदवारका लागि थुप्रै आकांक्षीहरू थिए तर छनोटमा नपरेकाहरूले अन्तर्घात गराउन सक्ने सम्भावनालाई रोक्न सकिँदैन,’ राजपाका एक जना प्रदेशसभा सदस्यले भने ।

यी हुन् उम्मेदवारहरू

महिलातर्फ नेकपाबाट ५२ वर्षीया तुलसाकुमारी दाहालले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । उनी भक्तपुरको सूर्यविनायक–४ की मतदाता हुन् । महिला समूहमा नेपाली कांग्रेसबाट महोत्तरीको औरही नगरपालिका–१ की ४३ वर्षीया नगिना यादवले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।

अल्पसंख्यक कोटामा राजपा नेपालबाट सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का मतदाता ६४ वर्षीय शेखरकुमार सिंहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट धनुषाको सबैला नगरपालिका–१० का ५५ वर्षीय भोला पंजियारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

दलित कोटामा नेकपाको तर्फबाट सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४४ वर्षीय राधेश्याम पासवानले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । समाजवादी पार्टीबाट सर्लाहीको कविलासी नगरपालिका–६ का ३८ वर्षीय रामप्रित पासवान छन् । उनी हाल पनि राष्ट्रियसभा सदस्य हुन् भने सपाले उनलाई नै दोहोर्‍याएको छ । 

अन्य समूहमा आफ्नै दाजुभाइबीच प्रतिस्पर्धा हुनेछ । राजपाका तर्फबाट ६४ वर्षीय मृगेन्द्रकुमार सिंह यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने सपाबाट ६० वर्षीय अनिरुद्रकुमार सिंह यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दुवै जना दाजुभाइ सप्तरीको बोदे बर्साईन नगरपालिका–५ का मतदाता हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x