×

NMB BANK
NIC ASIA

इरान-अमेरिका तनाव

सुलेमानी हत्याको बदला लिन इरानले गर्ला अमेरिकाविरुद्ध युद्ध ? यस्तो छ सम्भावना

पुस २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले अघिल्लो साता इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सको कुद्स फोर्सका कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीच युद्धको स्थिति बनेको छ । इरानले यस हत्याको बदला लिइछाड्ने प्रतिज्ञा गरेको छ भने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लगातार आक्रामक ट्वीट गर्दै इरानलाई ध्वस्त पारिने चेतावनी दिएका छन् ।

Muktinath Bank

आफूलाई घात गर्नका लागि सुलेमानीले योजना बुनिरहेको र त्यसलाई रोक्न आफूले उनको हत्या गरेको भनी अमेरिकाले तर्क दिएको छ । तर केही विश्लेषकहरूले सुलेमानी भित्रभित्रै साउदी अरबसँग सम्बन्ध न्यानो बनाउने प्रयासमा लागेकोले अमेरिका झस्किएर उनलाई मारेको बताउँछन् । पश्चिम एसियामा पानी बाराबारको स्थितिमा रहेका इरान र साउदी अरब मिलेमा आफ्नो क्षेत्रीय प्रभुत्ववादमा आँच आउने अनुमान गरेर अमेरिकाले फुटाऊ र राज गरको नीतिलाई निरन्तरता दिन सुलेमानीलाई मारेको दाबी समेत गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिका र इरान युद्धोन्मुखको स्थितिमा रहँदा अन्य मुलुकहरूले भने संयम अपनाउन आह्वान गरिरहेका छन् । युरोपेली संघ लगायतले युद्ध रोक्नका लागि प्रयास गरेको भए पनि अमेरिका र इरान दुवैले उनीहरूको कुरा सुनेका छैनन् । यस्तो स्थितिमा युद्ध होला कि नहोला भन्ने विषयमा सर्वसाधारणहरू जिज्ञासु बनेका छन् । 


Advertisment
Nabil box
Kumari

युद्ध हुँदैन भनी केही विश्लेषकहरूले तर्क दिएका छन् । जस्तो, अमेरिकाबाट प्रकाशन हुने नेसनल इन्ट्रेस्ट अनलाइनमा नेभल वार कलेजका जेम्स होम्सले युद्ध चर्काउने किसिमका अभिव्यक्तिहरू आइरहेको भएपनि द्विपक्षीय युद्ध हुन नसक्ने बरू साइबरयुद्ध र आतंकवादीहरूलाई उपयोग गरेर ससाना प्रोक्सी युद्ध हुन सक्ने बताएका छन् । अमेरिका र इरानले विगत एक दशकदेखि एकअर्काविरुद्ध साइबरयुद्ध गरिरहेको र त्यसक्रममा सन् २०१० मा इरानको आणविक भट्टीमा स्टक्सनेट वर्म आक्रमण गरेको होम्स लेख्छन् ।

Vianet communication
Laxmi Bank

त्यसो त इरानले पनि अमेरिकी व्यापारिक प्रतिष्ठानहरूमा व्यापक मात्रामा साइबर आक्रमण गर्ने क्षमता आफूसँग रहेको प्रमाणित गरिसकेको छ । सन् २०१२ र २०१३ मा इरानले अमेरिकी बैंकहरूमा साइबर आक्रमण (ह्याकिङ) गरेर अप्ठ्यारो स्थिति ल्याइदिएको थियो । 

त्यसबाहेक इरानसँग गोप्य सूचनाको ठूलै भण्डार रहेको बताइन्छ । अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले जनाएअनुसार, अमेरिकाका सयौं प्राज्ञिक प्रतिष्ठानहरूमा इरानले निरन्तर आक्रमण गरेर सूचनाहरू हात पारेको छ । विशेषगरी जैविक, रासायनिक, रक्षा, अन्तरिक्ष र आणविक अनुसन्धान गर्ने विश्वविद्यालयका सूचना इरानले हत्त्याएको छ । अमेरिकाबाहेक साउदी अरबको तेल प्रशोधन केन्द्र र सरकारी कार्यालयमा समेत इरानले साइबर आक्रमण गरेको छ । 

त्यसैले होम्सका अनुसार, आगामी केही हप्ता र महिनाहरूमा इरानले पहिलेको भन्दा बढी उत्साहका साथ साइबर आक्रमण गर्न सक्ने सम्भावना छ । 

इरानले साइबर आक्रमणकै रणनीति अपनाउन सक्ने प्रमुख कारण भनेको हतियार युद्धको स्थितिमा इरानको तुलनामा अमेरिका निकै शक्तिशाली हुनु हो । अमेरिकाको वायुसेनासँग स्टेल्थ बम्बर तथा उच्चस्तरीय लडाकू विमान छ भने जलसेना पनि अत्याधुनिक तथा निकै प्रभावकारी छ । युद्धपोतहरू, क्षेप्यास्त्र प्रतिरक्षक तथा आणविक पनडुब्बीहरू अमेरिकासँग प्रशस्त छ । 

इरानसँग भने छोटो, मध्यम र लामो दूरीका क्षेप्यास्त्रहरू छन् । ती क्षेप्यास्त्रहरू पश्चिम एसियामै सबभन्दा धेरै र अत्याधुनिक छन् । अनि इरानी सेना पश्चिम एसियाकै सबभन्दा ठूलो सैन्यबल हो । तर अमेरिकाको तुलनामा त्यो निकै कम हो । 

संसारका विभिन्न मुलुकमा भएका हतियारको लेखाजोखा गर्ने ग्लोबल फायरपावर पावर इन्डेक्सको सन् २०१९ संस्करण हेर्ने हो भने युद्ध हतियार भएका मुलुकमा इरान १४औं स्थानमा आउँछ र आफ्ना क्षेत्रीय शत्रुहरू इजरायल र साउदी अरबभन्दा ऊ माथि छ । तर उक्त सूचकांकमा अमेरिका पहिलो, रुस दोस्रो र चीन तेस्रो स्थानमा छन् । त्यसैले पहिलो स्थानमा रहेको अमेरिकासँग १४औं स्थानमा रहेको इरानले सीधा युद्ध गर्ला भन्न अलि गाह्रो हुन्छ । 

त्यसमाथि इरानसँग भएका आयातित हतियारहरू पुरानो भएको बताइन्छ । रुससँग किनेको क्रुज मिसाइलहरू पुरानो भइसकेको र वायुसेनाले उपयोग गर्ने विमानहरू पनि पुरानो भएको बताइन्छ । अनि अतिरिक्त क्षति कम हुने गरी टार्गेटलाई ठहरै पार्ने ‘प्रेसिजन वेपन’ पनि इरानसँग छैन ।

त्यसैले इरानले सैन्य शक्तिमार्फत अमेरिकासँग बदला लिन खोजेमा अमेरिकाले आफ्नो सैन्यशक्तिको अधिकतम उपयोग गर्नेछ र त्यो इरानको भन्दा निकै शक्तिशाली हुनेछ । यसकारण इरानले यो जोखिम मोल्छ जस्तो लाग्दैन । यसले गर्दा सामाजिक सञ्जाल र अन्लाइन मिडियाहरूमा भनिएको जस्तो तेस्रो विश्वयुद्ध हुन सक्ने सम्भवना देखिँदैन भन्ने होम्सको तर्कसँग सहमत हुन सकिन्छ । तर प्रत्यक्ष आमनेसामने युद्ध नभएपनि एकअर्काको कमजोरी पत्ता लगाएर त्यसमा प्रहार गर्ने एसिमेट्रिकल वारफेयरको सम्भवनालाई पनि नकार्न सकिन्न ।

तर आमनेसामने भएर गरिने पूर्णकालीन (फूल स्केल) युद्ध हुन सक्छ भन्ने विषयमा पनि तर्कहरू आएका छन् । इरानको इस्लामिक रेभोल्युसन गार्ड्स कोर्प्सका डेपुटी कमान्डर जनरल अली फदावीले स्पष्ट चेतावनी दिँदै भनेका छन्, ‘अमेरिकीहरूले कठोर बदलाको प्रतीक्षा गरे हुन्छ । यो बदला इरान एक्लैले लिने हैन । विशाल भौगोलिक क्षेत्रलाई समेट्ने महान् प्रतिकार मोर्चा बदला लिनका लागि तम्तयार छ । यस क्षेत्रमा अमेरिकीहरू शून्य हुने स्थिति छिट्टै देख्न पाइनेछ ।’

यस्तो चेतावनीले इरान पश्चिम एसियामा अमेरिकी सैनिक तथा उसका लागि काम गर्नेहरूमाथि कठोर तरिकाले जाइलाग्ने संकेत दिन्छ । अमेरिकालाई पश्चिम एसियाबाट नलखेटी उसले विश्राम नलिने र युद्धका नियमहरूको उल्लंघन गर्न सक्ने छेकछन्द यसबाट पाइन्छ ।

प्रश्न उठ्छ, फदावीले संकेत गरेको प्रतिकार के हो ? इरानलाई युद्धमा सहयोग गर्न कुन कुन मुलुक सहभागी हुन सक्लान् ? इरानले परम्परागत युद्धमा अमेरिकालाई हराउन सक्दैन भनेर माथि नै लेखिसकिएको छ । साइबर आक्रमण मात्रले इरानको प्रतिशोध आकांक्षालाई सम्बोधन गर्न सक्दैन होला । त्यसैले युद्ध भएमा इरानको पक्षमा को आउन सक्छ ? 

इरानसँगको आणविक सम्झौता बचाउनका लागि प्रयास गरेको युरोपेली संघ यस विषयमा निरीह देखिन्छ । अमेरिकाविरुद्ध जान सक्ने हुती उसमा देखिँदैन भने इरानलाई आणविक सम्झौता उल्लंघन गरेर युरेनियम संवर्द्धन गर्नबाट रोक्ने नैतिक धरातल पनि उसमा छैन । पराप्रशान्तीय एकता (ट्रान्सएटलान्टिक युनिटी) को धङधङीमा रहेको युरोपेली संघले युद्ध भएमा अमेरिकालाई नै साथ दिने सम्भावना छ । 

उता चीन र रुसले इरानसँग केही दिनअघि ओमानको खाडीमा संयुक्त सैन्य अभ्यास गरेकाले युद्धमा इरानलाई साथ दिने संकेत पाइएको छ । इरान यस युद्धमा एक्लो छैन र उसका बलिया साझेदारहरू छन् भन्ने उक्त अभ्यासले देखाउँछ । दी एसिया टाइम्समा क्रिस्टिना लिनले गरेको विश्लेषणमा अमेरिकाका सेवानिवृत्त कर्नेल डग्लस म्याकग्रेगरको भनाइ उद्धृत छ जसमा उनले इरानसँग अमेरिकाले युद्ध गरेमा चीन र रुस पनि त्यसमा सहभागी हुने बताएका छन् । 

त्यसो त चीनले अहिले इरान र अमेरिका दुवैलाई शान्ति कायम गर्न अनि तनाव घटाउन आह्वान गरेको छ । युद्ध भएमा चीनलाई सडक पेटी पहल अगाडि बढाउन गाह्रो पर्छ किनकि उक्त पहलको महत्त्वपूर्ण केन्द्र इरान पनि हो । त्यसमाथि इरानी तेलको सबभन्दा ठूलो क्रेता चीन नै हो । इरान युद्धमा फसेमा तेलको मूल्यवृद्धि हुन्छ र चिनियाँ अर्थतन्त्रलाई असर पार्छ । सबभन्दा महत्त्वपूर्ण कुरा त पर्सियन खाडीमा अमेरिकी जलसेनाले कुनै बाधाअवरोध नगरोस् भन्ने सुनिश्चित गर्नका लागि पनि चीनलाई इरानको साथ आवश्यक छ । यस्तो महत्त्वपूर्ण साझेदारलाई सहयोग गर्न चीन नहिचकिचाउने देखिन्छ ।

चीन जस्तै रुस पनि इरान र अमेरिकाले युद्ध नगरून् भन्ने चाहन्छ । कासिम सुलेमानी रुसका विश्वासपात्र थिए त्यसैले रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले कुनै देशका सरकारी अधिकारीलाई अर्को देशमा गएर हत्या गरिँदा अन्तर्राष्ट्रिय कानून तथा तेस्रो मुलुकको सार्वभौमसत्ताको भद्दा उल्लंघन भएको भनी अमेरिकाको कडा आलोचना गरे तर यसको दुष्परिणाम अमेरिकाले भोग्नुपर्नेछ भन्ने किसिमको चेतावनी चाहिँ दिएनन् । आफ्नै छिमेकमा रहेको इरान युद्धको भुमरीमा पर्दा आफूलाई अप्ठ्यारो पर्ने आकलन गरेर पनि रुस युद्ध नहोस् भन्ने चाहन्छ । बरू पश्चिम एसियामा अमेरिकाको प्रभाव क्रमशः घटाउँदै जाने र उसलाई त्यहाँबाट हट्न बाध्य बनाउने इरानी प्रयासलाई रुसले समर्थन गर्नेछ ।

तर केही रुसी विश्लेषकहरूले तेहरानलाई मस्कोले प्रत्यक्ष सहयोग गर्ने सम्भावना रहेको बताएका छन् । एमके डट् रुमा प्रकाशित एक विश्लेषण अनुसार, अमेरिकाको सैन्य खर्च बढाउनका लागि रुसले विद्युतीय हतियार तथा अन्य उच्चस्तरका हातहतियार इरानलाई उपलब्ध गराउन सक्छ । त्यस्ता हतियारहरू एस–४०० क्षेप्यास्त्र हुन सक्छन् । अनि विगत केही वर्षयता मस्को र तेहरानले नियमित रूपमा उच्चस्तरीय सैन्य तथा जासूसी सम्पर्क बढाएका छन् । त्यसैले पनि युद्धको स्थिति बनेमा इरानलाई सैन्य सहयोग गर्न रुस हिचकिचाउने छैन कि भन्ने देखिन्छ । तर इरानका क्षेत्रीय शत्रुहरू साउदीअरब र इजरायलले भने अमेरिकालाई सघाउने छन् ।

त्यसैले लिनको निष्कर्ष सापटी लिँदै भन्नुपर्दा अमेरिका र इरानबीच युद्ध भएमा आणविक शक्तिसम्पन्न दुई थप राष्ट्र चीन र रुस त्यसमा सहभागी हुनेछन् र त्यो द्विपक्षीय नभई क्षेत्रीय युद्धमा परिणत हुनेछ । चीन र रुस जस्ता शक्तिशाली मुलुक युद्धमा सहभागी बनेपछि छेउछाउका अन्य मुलुक पनि अनायासै त्यसमा सहभागी हुनेछन् र यस युद्धले विश्वयुद्धको रूप धारण गर्ने सम्भावना रहन्छ । 

पढ्नुहोस्, यो पनि :

आक्रमणको सूचना पाएर पनि कसरी मारिए सुलेमानी ? यस्तोसम्म भएको थियो !

इरानका कासिम सुलेमानीको हत्या : संसारलाई युद्धको मुखमा धकेल्ने ट्रम्पको खतरनाक कदम

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x