×

NMB BANK
NIC ASIA

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरुद्धमा बहुमत जिल्ला सभापतिहरू कांग्रेस मुख्यालय सानेपामा भेला भएका छन् । 

Muktinath Bank

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह लगायतका नेतासँगै ४६ जना जिल्ला सभापतिहरू भेलामा उपस्थित भएका हुन् । भेलामा देउवानिकट सभापतिहरू भने उपस्थित भएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश जिल्ला सभापतिले पुस ११ गते बसेको पार्टी केन्द्रीय समितिको बहुमतले विधानका कतिपय धाराहरू निलम्बन गरेको भन्दै त्यसलाई नसच्याए राम्रो नहुने चेतावनी पार्टी नेतृत्वलाई दिएका छन् ।


Advertisment
Nabil box
Kumari

सोमवार आफ्नो धारणा राखेका १४ मध्ये अधिकांश जिल्ला सभापतिहरूले वरिष्ठ नेता पौडेललाई सभापतिको एकलौटीका विरुद्ध उभिँदा खुट्टा नकमाउन आग्रह गरे । २ दिनका लागि बोलाइएको भएतापनि भेला थप केही दिन लम्बिन सक्ने नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले लोकान्तरलाई बताए ।

Vianet communication
Laxmi Bank

भेला शुरू हुनुभन्दा पहिलेको नाराबाजी 

सोमवार बिहान साढे ११ बजेलाई डाकिएको भेलामा जम्मा भएका पौडेलपक्षीय जिल्ला सभापति र कार्यकर्ताले पार्टी मुख्यालय सानेपामा नाराबाजी गरेका थिए । पार्टी चलाउन सभापति देउवा असक्षम भएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गत २० दिनदेखि पौडेलपक्षीय विद्यार्थीहरूले रिले अनसन गरिरहेका छन् । ३२ वर्षे उमेरहदको कार्यान्वयन गर्नुपर्ने भन्दै रिले अनसनमा बसेका विद्यार्थीलाई संस्थापन पक्षले उपेक्षा गर्दै आइरहेको छ । 

देउवाले राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउने तयारी गरेपछि आफूहरू अनसनमा बस्नुपरेको पौडेलपक्षीय विद्यार्थी नेता दिपक भट्टराईले बताए । सोमवार भएको नाराबाजीमा जिल्ला सभापतिका साथै २० दिनसम अनसनमा बसिरहेका विद्यार्थीहरू पनि सामेल थिए । 

सोमवार ४ दर्जन जिल्ला सभापतिसँगै मुख्यालयभित्र डेढ दर्जन कांग्रेस केन्द्रीय समिति सदस्यहरू पनि भेलामा उपस्थित थिए भने बाहिर सयको हाराहारीमा अन्य विद्यार्थी नेता तथा कार्यकर्ताहरू बसिरहेका थिए । 
महासमिति बोलाउ, ‘फेस’ गर्न तयार छौं !

धादिङ जिल्ला सभापति रमेश धमलाले महासमिति बैठकको निर्णय खारेज गर्ने अधिकार सभापति देउवालाई नभएको दाबी गरे । सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै धमलाले एकलौटी गर्न खोज्ने हो भने महासमितिको बैठक बोलाउन सभापति देउवालाई चुनौती दिए । 

‘पार्टीभित्र मनोमानी चल्दैन,’ धमलाले भने, ‘मनोमानी गर्ने हो भने महासमितिको बैठक बोलाए हुन्छ । हामी फेस गर्न तयार छौं । बहुमतका नाममा जे मन लाग्यो त्यो चल्दैन पार्टीभित्र ।’ 

धमलाले यो गुटगत भेला नभएको दाबी गरे । ‘धेरैले पौडेलपक्षीय सभापतिको भेला भनेर टिप्पणी गरेका छन् तर यथार्थ त्यो होइन । कांग्रेसलाई विधि र विधानसम्मत ढंगले चलाउने विषयमा हामी सबै एकमत छौं,’ उनले भने, ‘त्यसैले यो गुटगत भेला होइन ।’

'पार्टी कब्जा गर्ने नियत देखियो' 

रोल्पा जिल्ला सभापति अमरसिंह पुनले देउवाले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् । ‘सहमतिका लागि वार्ता चल्दाचल्दै एक्कासी विधानका धाराहरू निलम्बन गरेर बहुमतको दम्भ देखाइएको छ,’ पुनले भने, ‘महासमिति बैठकको निर्णय उल्ट्याउने अधिकार केन्द्रीय समितिलाई छैन । यो भनेको सरासर पार्टी कब्जा गर्ने नियत हो ।’

महाधिवेश जस्तो ठूलो उत्सवका लागि पार्टीलाई अल्पमत र बहुमतमा विभाजन गर्नु गलत रहेको पुनले टिप्पणी गरे । ‘बहुमत सिद्ध गरेर पार्टीको धारा निलम्बन गर्ने अधिकार कसैलाई छैन,’ उनले आफ्नो असन्तुष्टि पोखे । 

घेराबन्दी गरेका हैनौं : बद्री पाण्डे, केन्द्रीय सदस्य 

कांग्रेस केन्द्रीय समिति सदस्य बद्री पाण्डेले जिल्ला सभापतिहरूको भेला नेतृत्वलाई घेराबन्दी गर्न नभएको स्पष्ट पारेका छन् । पार्टीलाई विधिसम्मत अगाडि बढाउने प्रयासमा आफूहरू रहेको उनले दाबी गरे । 

‘यो भेला नेतृत्वलाई घेराबन्दी गर्न आयोजना गरिएको होइन,’ पाण्डेले भने, ‘पार्टीलाई विधिसम्मत ढंगबाट अगाडि बढाउन हामी सबै प्रतिबद्ध छौं । यो उहाँहरूले एकलौटी रूपमा निर्णय गर्नु गल्ति थियो भन्ने रियलाइज गराउनका लागि आयोजना गरिएको हो । उहाँहरूले बहुमतको दम्भमा गरेको निर्णय फिर्ता हुनुपर्छ ।’

पाण्डेले सभापति देउवाले आफूहरूलाई पेलेर अघि बढ्न खोजे राम्रो नहुने बताए । ‘पार्टीभित्र नेताहरू मिल्नुको विकल्प छैन,’ उनले भने, ‘बहुमतको दम्भले हामीलाई कहीँ पनि पुर्‍याउँदैन ।’

मध्यमार्गी जिल्ला सभापतिहरू पनि उपस्थित !

पौडेल पक्षले बहुमत सभापति आफ्ना पक्षमा रहेको दाबी गरिरहेपनि भेलामा कतिपय सभापतिहरूको धारणा मध्यमार्गी देखिएको छ । 

पाल्पा जिल्ला सभापति वीरबहादुर रानाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले गल्ती गरेको धारणा राखेका छन् । लोकान्तरसँग कुरा गर्दै रानाले दुवै पक्ष सच्चिएर जानुको विकल्प नरहेको बताए ।

‘निरन्तर केन्द्रीय समितिको बैठक बहिष्कार गर्नु पनि गल्ती नै हो,’ पौडेल पक्षले मंसिर २६ गतेदेखि शुरू भएको केन्द्रीय समिति बैठक बहिष्कार गर्नु र एकलौटी निर्णय गर्नु दुवै ठीक नभएको धारणा राख्दै रानाले भने, ‘एकलौटी रूपमा महाधिवेशनको घोषणा गर्नु पनि गल्ती हो । सभापतिले बहुमतको आडमा महासमितिले गरेका निर्णयहरू खारेज गर्नु हुन्थेन ।’

रानाले दुवै पक्ष मिलेर कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको बताए । ‘हामीले बैठकमा दुवै पक्ष सच्चिएर जानुपर्ने धारणा राखेका छौं,’ उनले भने ।

सोमवार पार्टी मुख्यालय सानेपामा नेपाल महिला संघकी केन्द्रीय महासचिव एवम राष्ट्रिय सभाकी सदस्य घना खतिवडा पनि झुल्किएकी थिइन् । सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएको बताइन् । 

‘बहुमतका आधारमा निर्णय गर्नु ठीक होइन,’ खतिवडाले भनिन्, ‘त्यसका साथसाथै निरन्तर बैठक बहिष्कार गर्नु पनि ठीक होइन । हामीले वरिष्ठ नेता पौडेललाई पनि मौखिक रूपमा सचेत गराएका छौं ।’

कांग्रेस मुख्यालय पौडेलको कब्जामा !

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरू यसअघि प्रायःजसो पार्टी मुख्यालयभन्दा बाहिर भेला हुने गर्दथे । जिल्ला सभापतिको भेला पनि पार्टी कार्यालयभन्दा बाहिरै हुने गर्दथ्यो तर यसपालि भने पौडेलले पार्टी केन्द्रीय कार्यालयमै भेला बोलाएर पार्टीको मूलधार आफू रहेको संकेत दिन खोजेका छन् । 

गत पुस १६ गते पनि पौडेलले यही अभ्यास गरेका थिए । पार्टी केन्द्रीय कार्यालयभित्रै एकातिर प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरिरहेका थिए भने पौडेलले आफ्नो कार्यकक्षमा डेढ दर्जन केन्द्रीय समिति सदस्यलाई बोलाएर केन्द्रीय समितिले बहुमतका आधारमा गरेको निर्णयविरुद्ध अघि बढ्ने रणनीति तय गरिरहेका थिए । 

केही दिनयता कांग्रेस मुख्यालय पौडेलमय भएको छ । बाहिर विद्यार्थीहरूको रिले अनसन चलिरहेको छ । पौडेलपक्षीय विद्यार्थीहरूले संस्थापन पक्षको कुनै शीर्ष नेता पार्टी कार्यालयभित्र छिर्न खोज्दा विरोधस्वरूप नाराबाजी गर्ने गरेका छन् । 

‘पार्टीको मूलधार वा संस्थापन पक्ष जे भनेपनि हामी हो तर उहाँ (सभापति देउवा) ले पार्टीको संस्थापन पक्ष आफू हो भनेर दाबी गरिरहनुभएको छ,’ पौडेल पक्षका एक केन्द्रीय समिति सदस्यले भने, ‘वास्तवमा उहाँहरू पार्टी फुटाएर हिँड्ने पक्ष हो । यसैले अब हामीले जे निर्णय गर्छौं, पार्टी केन्द्रीय कार्यालयबाटै गर्छौं ।’

उनले पार्टीभित्र आफूहरूको पनि त्यत्तिकै त्याग र समर्पण रहेको बताए । देउवाको एकलौटीले पार्टीको भविष्य नै खतरामा परेकाले आफूहरू बैठक बहिष्कार गर्नेदेखि लिएर जिल्ला सभापतिको भेला बोलाउने निर्णयसम्म पुग्नुपरेको दाबी गरे । 

फोनबाटै धारणा बुझेको भए भइहाल्थ्यो नि : प्रकाशशरण महत 

वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरूको भेला डाकेर गुटको शक्ति देखाउन खोजेको डा. प्रकाशशरण महतले आरोप लगाए । ‘यसबाट उहाँहरूलाई कुनै फाइदा भएको छैन,’ महतले लोकान्तरसँग भने, ‘आधाआधी जिल्ला सभापति भेला भएका छन्, तीमध्ये पनि धेरैले बैठक बहिष्कार गरेर वरिष्ठ नेताले गल्ती गरेको टिप्पणी गरिरहेका छन् । बरू उहाँहरू गुटको अभ्यासमा लिप्त हुनुहुन्छ भन्ने प्रस्ट भएको छ ।’ 

महतले कुनै पनि हालतमा केन्द्रीय समिति बैठकमा नआएपछि बाध्य भएर महाधिवेशनको कार्यतालिका ल्याउनुपरेको स्पष्ट पारे । ‘उहाँहरू कुनै पनि हालतमा बैठकमा सहभागी नहुने देखिएपछि के गर्ने त ?’ महतले प्रश्न गरे, ‘महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने त उहाँहरूकै माग हो नि ! त्यो ल्यायौं । अनि कहाँनेर गल्ती भयो, त्यो सच्याउन हामी तयार छौं नै भनिरहेका छौं । त्यता पनि नसुन्ने । अहिले जिल्ला सभापतिको भेला बोलाएर के गर्न खोजेको हो । धारणा नै बुझ्ने हो भने फोनबाट बुझेको भए भइहाल्थ्यो नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x